Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दियामा ग्याङ्गमा आएर कुटपिट गर्ने बाँकेका सुन्दरमान बढैयातालबाट पक्राउ
बर्दियामा ग्याङ्गमा आएर कुटपिट गर्ने बाँकेका सुन्दरमान बढैयातालबाट पक्राउ
नेपालकागज
नेपालकागज मंगलबार, फागुन १०, २०७८

बर्दिया । बर्दिया प्रहरीले ग्याङ्ग(समूह)मा आएर राती कुटपिट गरि फरार भएका एक युवकलाई पक्राउ गरेको छ ।

मिति २०७८।११।०६ गते राती करिब ११:३० बजेको समयमा १० देखि १२ जनाको ग्याङ्ग(समूह)मा आएका ब्यक्तिहरुले बर्दियाको बढैयाताल गाउँपालिका वडा नं- ६ मैनापोखरमा महेन्द्र सुनार र कृष्ण बि.क.लाई कुटपिट गरि फरार भएका थिए । 

उक्त सामुहिक कुटपिट घटनामा संलग्न बाँकेको बैजनाथ गाउँपालिका वडा नं-६ बस्ने सुन्दरमान बिश्वकर्मालाई ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बर्दियाको बढैयाताल गाउँपालिका वडा नं- ४ उत्तर भकारीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम बहादुर शाहिले जानकारी दिनुभयो ।

उहाँले नेपालकागजसंग फोन सम्पर्क गर्दै भन्नुभयो, "२ जना ब्यक्तिहरु घाइते हुनुभएको थियो, उहाँहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । गुन्डागर्दी र दादागिरी शैलीमा कुटपिट गरेको सुचना प्राप्त भएसंगै प्रहरीले तिब्र रुपमा खोजी कार्य अघि बढाएको थियो र फरार रहेका अभियुक्तहरुको खोजी कार्य जारी छ । जिल्लाको शान्तिसुरक्षामा प्रहरी कटिबद्ध भएर लाग्दै आएको थियो र लागीरहेको छ ।"

सामुहिक कुटपिटमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं - ६ मैनापोखर निवासी महेन्द्र सुनार र सोही गाउँपालिका वडा नं- ८ निवासी कृष्ण बि.क घाइते हुनुभएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले सामुहिक कुटपिटमा संलग्नहरुको खोजी कार्य गर्दा बाँकेका सुन्दरमान बिश्वकर्मालाई लुकिछिपी भागिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको निमित्त कार्यालय प्रमुख शाहिले जानकारी दिनुभयो ।

पक्राउ परेका सुन्दरमान बिश्वकर्मालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बर्दियाबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको तथा सो घटनामा संलग्न अन्य व्यक्तीहरुको खोजि कार्य तिब्र रुपमा अगाडी बढाईएको निमित्त प्रमुख शाहीले बताउनुभयो ।

एक फरक प्रसंगमा नेपालकागजकर्मीले तपाईं निमित्त कार्यालय प्रमुख भएपछि प्रहरी परिचालन र गस्तिमा बढोत्तरी भएको भन्ने हाम्रो स्रोतको भनाइ छ भन्दै राखिएको प्रश्नमा निमित्त प्रमुख कार्कीले भन्नुभयो, "होइन यस अघिका एसपी साब हुँदापनी प्रहरी परिचालन, गस्ती, शान्तिसुरक्षाको सवालमा कुनै कमि थिएन र म निमित्त भएपछि अँझै सुरक्षा सतर्कता बढाइएको भन्ने कुरा नभएर प्रहरीको प्रमुखमा म भएपनी नभएपनी सँधै चुस्तदुरुस्त भएर आफ्नो कर्तव्यपालनमा जनताको सुरक्षामा बर्दिया प्रहरी लागेको छ र लागिरहेको थियो । हेम शाही आएपछि मात्र शान्तिसुरक्षामा संबेदनसिलता बढ्यो भन्ने होइन, हिँजोका दिनमा म नहुँदा र हाम्रो एसपी साब हुँदा समेत प्रहरी दत्तचित्त भएर कर्तव्य पालना उत्तिकै संबेदनसिल भएर लागेको थियो र आजपनी छ । केही चोरीका घटना बढेको भन्ने जनगुनासो आएपछि प्रहरीले त्यस्ता चोर, लुटेरालाई कानुनी दायरामा ल्याएको छ भने अहिलेपनी त्यस्ता घटनामा संलग्न हुनसक्ने आँकलन भएका ठाउँमा निगरानी बढाएको छ ।"

पछिल्लो समय बर्दिया प्रहरीले जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा गस्ती तथा बन्दोबस्ती बढएको जिल्ला प्रहरी कार्यालय बर्दियाका हाम्रा स्रोतले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनको मिति समेत नजिकिएकोले बर्दिया प्रहरीले शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्ने समूह तथा तत्वहरुमा विशेष निगरानी बढाएको स्रोतको दाबी छ ।


प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १८:४७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्