Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दियामा टिप्पर आतंक: दुई जना मार्ने चालकलाई कडा कारबाहीको माग गर्दै आन्दोलन
बर्दियामा टिप्पर आतंक: दुई जना मार्ने चालकलाई कडा कारबाहीको माग गर्दै आन्दोलन
हरि गुरुङ
हरि गुरुङ बुधबार, माघ १९, २०७८

तस्विर- घटना घटाएको टिप्पर 

बर्दिया । बर्दिया जिल्लामा टिप्परको आतंक बढेको भन्दै यहाँँका जनता आन्दोलित भएका छन । बढैयाताल गाउँपालिकाका स्थानियहरुले आन्दोलन गर्दै बर्दिया नेपालगन्ज सडक बन्द गरेका छन । बर्दियाको मैनापोखर देखी भोलागौडीका बिभिन्न ठाउँमा स्थानियहरुले आन्दोलन स्वरुप सडक बन्द गरेका छन । गणेशपुरबाट लक्षमणा हुँदै बैकल्पिक बाटो प्रयोग गर्दै लामो तथा छोँटो दुरिका सवारीसाधन बर्दियाबाट सञ्चालन भइरहेका छन ।

जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.-३ सतपतियामा टिप्परले सोमबार, माघ १७, २०७८ गते करिब ८ बजे ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ भने तिन जना गम्भीर घाइते भएका छन । सोमबार बेलुका ८ बजेको समयमा सुर्खेतबाट जमुनी बर्दियातर्फ आउदै गरेको भे १ क १४९५ नम्बरको टिप्परले सतपतियामा घरको आँगनमा आगो तापी रहेका ५ जनालाई एकै साथ ठक्कर दिएको थियो ।

उक्त घटनामा बढैयाताल गाउँपालिका वडा नं.३ बस्ने ४५ वर्षिय सोम बहादुर विकको घटनास्थलमै मृत्‍यु भएको थियो भने अर्का सोही ठाउँका ४५ वर्षिय रामु थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको थियो ।

घाइते भएका बढैयाताल गाउँपालिका वडा नं.३ कै ३५ वर्षिया प्रमिला चौधरी, सोही ठाउँकि ४० वर्षिया चमेलिया थारु र टिप्पर सह-चालक सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं.-११ बस्ने १९ वर्षिय लक्षमण सुनारको नेपालगन्ज नर्सिङ्ग होममा उपचार भईरहेको छ ।

यहाँँका स्थानिय वासिन्दाको माग र आन्दोलित हुनुको कारणबारे हामीले कुराकानी गरेका छौँ । नेपालकागजसंग कुरा गर्दै स्थानियहरु यस्तो भन्छन...    

भिमसेन थारु 
मृतक रामु थारुका काका

हामी सबै जना साझपख आगो तापीरहेका थियौ मलाई पिसाब लागेर पिसाब फेर्न गए, आउदा घटना घटिसकेको थियो, एक जनाको ज्यान गई सकेको थियो भने मेरो भतिजो रामु थारु छटपटाई रहेको थियो । अर्कोतिर बुहारी पनि घाइते भएका थिए । अब के गर्ने त घटना घटिसक्यो अब उचित न्याय सहितको क्षतिपूर्ति र सम्पुर्ण घाइतेलाई उपचार गरिदिनु पर्यो ।

टिप्परले ठक्कर दिएर ज्यान गयो र घाइते भएका छन । के अब हामी बाटोघाटो घर आँगनमा समेत यि टिप्परबाट सुरक्षीत छैनौं त ? जबसम्म उचित न्याय हुदैन र कारबाही हुदैन तबसम्म बन्द भएको बाटो पनि खुल्दैन । हामीलाई उचित क्षतिपूर्ति र घाइतेलाई उपचार हुनुपर्‍यो । हामी गरीब छौँ । हाम्रो परिवार उजाडियो । दुर्घटनाका घाइतेहरु अपांग हुने अवस्थामा पुगेका छन । अब तँपाइ भन्नुस् हामीलाई सरकारले न्याय दिनु पर्‍यो कि परेन ?

चित्र बहादुर जिसी 
स्थानिय 

टिप्परको ज्यादती अति नै छ । नेपाल सरकारले मान्छे मार्न छुट दिएको हो वा विमा छ भनेर आतंक मच्चाएको हो । बाटोघाटोमा हिड्न समेत गाह्रो भएको छ । अब हुँदा हुँदा आफ्नै घर आँगनमा समेत बस्न नपाईने भो, घरमै आएर ठक्कर दिन थाल्यो । प्रहरी प्रशासनले के गरिरहेको छ, हामीले बुझ्न् सकेका छैनौं ।

मिडिया मार्फत भन्न चहान्छु कि सरकारले हत्यारालाई कानुन अनुसार कडा कारबाही गरोस, ज्यान लिने र पैसा दिएर उन्मुक्ति दिने अब हुनुहुँदैन, अब त्यति मात्रै हैन हदैसम्म सजाय र पीडितले उचित क्षतिपूर्ति पाउनु पर्छ र घाइतेलाई आजिवनसम्म उपचार हुनुपर्छ यो हाम्रो माग हो र जबसम्म हाम्रो माग पुरा हुदैन तबसम्म बाटो सुचारु हुन दिने वाला छैनौं । हेक्का राखे हुन्छ आइन्दा अब यस्ता घटना टिप्परले घटाएमा हामी आँफै सजाय दिन वाध्य हुनेछौँ ।

रामभरोसे थारु
स्थानिय 

टिप्परहरु गाउँघरमा अति तिब्र गतिमा गुडाउनाले घटना हुनुको मुख्य कारण हो भने अर्को कारण मादक पदार्थ सेवन गरी गाडि चलाउनु हो । यो घटना भोलागौडि देखि ३ किलोमीटर दक्षिणमा पर्छ । यो टिप्पर भोलागौडि देखि नै अनियंत्रित हुदै आईरहेको थियो भन्ने सुनिएको छ ।

मृत्यु र घाइते भएका ब्यक्तिहरु बाटोदेखी करिब ३० फिटको दुरीमा आफ्नै घरआँगनमा साँझपख आगो तापी रहेको अवस्थामा टिप्परले ठक्कर दिएको हो । टिप्परले ठक्कर दिएपछि ड्राइभर फरार रहेपनि प्रशासनका अनुसार ड्राइभर सम्पर्कमा आएको सुनिएको छ। टिप्परलाई कन्ट्रोल गर्न प्रशासनले पहल गर्नुपर्यो र पीडित पक्षलाई सहि किसिमको न्याय दिनुपर्यो । चालकलाई कडा कारबाही गर्नुपर्‍यो ।

घनश्याम थारु
स्थानिय 

हाम्रो गाउँ सतपतियामा आफ्नै आँगनमा बसेर आगो तापीरहेको अवस्थामा टिप्परले ठक्कर दिएर ज्यान गयो र घाइते भएका छन । के अब हामी बाटोघाटो घर आँगनमा समेत यि टिप्परबाट सुरक्षीत छैनौं त ?

जबसम्म उचित न्याय हुदैन र कारबाही हुदैन तबसम्म बन्द भएको बाटो पनि खुल्दैन । जबसम्म मृतकलाई उचित क्षतिपुर्ती र घाइतेलाई सन्चो नहुँदासम्म उपचार गर्ने सहमति हुँदैन तबसम्म बाटो खुल्दैन । 


प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १२:३७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्