Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै बाँके अस्पतालका शैया, लुम्बिनीमा ४० प्रतिशत रहेको सङ्क्रमणदर २६.३ प्रतिशतमा
घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै बाँके अस्पतालका शैया, लुम्बिनीमा ४० प्रतिशत रहेको सङ्क्रमणदर २६.३ प्रतिशतमा
नेपालकागज
नेपालकागज बुधबार, जेठ १२, २०७८

फाइल तस्बिर 

घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै बाँके अस्पतालका शैया, लुम्बिनीमा ४० प्रतिशत रहेको सङ्क्रमणदर २६.३ प्रतिशतमा

रुपन्देही (रासस) । कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएको छ । अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमणदर ह्वात्तै घटेर २६.३ प्रतिशतमा पुगेको छ । 

स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालका अनुसार सङ्क्रमित हुनेमा २५ देखि २९ वर्षका धेरै छन् । यो उमेर समूहका करीब १३ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसपछि ३० देखि ३४ वर्षका १२ प्रतिशत, ३५ देखि ३९ र २० देखि २४ वर्षका १० प्रतिशत सङ्क्रमित छन् । सबैभन्दा कम ७० देखि माथि र १० वर्षभन्दा कम उमेर समूहका छन् । यो उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकामा सङ्क्रमणदर झण्डै दुई प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशमा सङ्क्रमणदरसँगै मृत्यु दरसमेत घटेको छ । स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो ।

कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा उपचारका लागि सहज भएको छ । अघिल्लो हप्तासम्म भरिभराउ रहेका लुम्बिनीका अस्पतालमा बिस्तारै बिरामीको चाप कम हुँदै गएको छ ।

रुपन्देहीका अस्पतालमा श्यया खाली नभए पनि अक्सिजनको सहज आपूर्ति र बिरामीको चाप केही कम भएकाले उपचार सहज बन्दै गएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा नन्दु पाठकले बताउनुभयो ।

खाली हुँदै बाँके अस्पतालका शैया

कोरोना सङ्क्रमणदर घटेसँगै यहाँका अस्पतालका श्यया खाली हुँदै गएका छन् । एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा श्यया नपाएर बिरामीलाई बरण्डामा राखेरसमेत बिरामी गर्नुपर्ने अवस्था रहेकामा अहिले सबै अस्पतालका शैया खाली हुँदै गएका छन् ।

दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित भर्ना हुने बाँकेमा सङ्क्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी बाँकेका अस्पतालमा उपचारका लागि आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण दर घटेसँगै पश्चिम नेपालमै कोरोना उपचार केन्द्रका रुपमा रहेका नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालका कोभिड कक्षकै श्ययासमेत खाली भएका छन् । 

मङ्गलबार भेरी अस्पतालको कोभिड वार्डमा ३०, नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा २८, वेस्टर्न अस्पताल नेपालगञ्जमा १३, युनाइटेड अस्पताल नेपालगञ्जमा पाँच गरी ७६ श्यया खाली भएका वलीले जानकारी दिनुभयो ।

कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा ३६१ कोभिड श्ययामा मङ्गलबार २८५ व्यक्ति उपचाररत छन् भने ७६ श्यया खाली छन् ।

बाँकेमा अहिले सङ्क्रमितभन्दा कोरोना जितेर घर फर्किनेको सङ्ख्या धेरै छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञाको एक महिनापछि बाँकेमा सङ्क्रमण र मृत्युदर घट्दै गएको छ ।

दैनिक १० जनाभन्दा धेरैको मृत्यु हुँदै आएकामा केही दिनयता मृत्युदरसमेत न्यून भएको छ । अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेका बताइएको छ । 

यसैबीच कोरोना सङ्क्रमणबाट यहाँ हालसम्म ५४० जनाको मृत्यु भएको छ । कोरोना महामारी सङ्क्रमणको एक वर्षको अवधिमा उपचारका लागि यहाँस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा धेरै बाँकेका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हालसम्म कोरोना सङ्क्रमणका कारण बाँकेका २८१ र अन्य जिल्लाबाट उपचारका लागि यहाँका अस्पतालमा भर्ना भएका २५९ गरी ५४० जनाको मृत्यु भएको हो ।

पछिल्लो पटक आज बिहान उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना सङ्क्रमितको मृत्यु भएको छ । (रासस)


प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १५:४६
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्