Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • दुई वर्षदेखि खुला आकासमुनि पठन पाठन: विद्यार्थीहरु खुला आकासमुनि बसेर पढ्न बाध्य
दुई वर्षदेखि खुला आकासमुनि पठन पाठन: विद्यार्थीहरु खुला आकासमुनि बसेर पढ्न बाध्य
नेपालकागज
नेपालकागज मंगलबार, पुस २०, २०७८

सल्यान । जनता प्राथमिक विद्यालयको  छाना हावाहुरीले उडाएको दुई वर्ष पुग्दा पनि मरमत गरिएको छैन ।  छाना नभएपछि विद्यालयमा अहिलेसम्म खुला आकासमुनि पठन पाठन हुँदै आएको छ । 

शारदा नगरपालिका–१० पैयाखर्कमा अवस्थित सो विद्यालयको छाना २०७६ साल चैत ११ गते बेलुकी आएको हावाहुरीले उडाएको थियो । विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरु खुला आकासमुनि बसेर पढ्न बाध्य छन् । 

चैत÷वैशाखको टन्टलापुर घाममा होस् या असार÷साउनको बर्खे झरीमा होस् विद्यार्थीहरु छाना नभएको त्यही कक्षाकोठामा बस्दै आएका छन् । यसबाट शिशु कक्षा र कक्षा १ मा अध्ययनरत बालबालिका प्रभावित भएको छ । विद्यालयमा छाना नभएपछि पानी परेको दिन विद्यालय बन्द हुने गरेको विद्यालयका प्रधानाध्यापक डम्बर चलाउनेले जानकारी दिनुभयो । 

“विद्यालयको छाना हावाहुरीले उडाएको झन्डै दुई वर्ष पुग्न थालेको छ, मर्मत गर्ने पैसा विद्यालयमा भएन, अन्य समयमा जसोतसो पठनपाठन भइरहेको भए पनि बर्खामा समस्या भयो, कोरोनाका कारण केही समय विद्यालय बन्द भइरह्यो,” उहाँले भन्नुभयो । पानी परेको दिन र आकासमा बादल लागेको दिन बालबालिकाहरु पढ्न आउँदैनन् । शिशुकक्षा, कक्षा १ र कक्षा २ का विद्यार्थीहरुलाई सँगै राखेर पढाउने प्रयास गरे पनि प्रभावकारी नभएको उहाँको भनाइ छ ।

विसं २०३३ मा स्थापना भएको यस विद्यालयमा अहिले ६३ बालबालिकाले अध्ययनरत छन् । पर्याप्त विद्यालय भवन नभएको यस विद्यालयमा दरबन्दीका तीन, बालविकास शिक्षक एक र कार्यालय सहयोगी एकजना कार्यरत छन् । हावाले उडाएको विद्यालय भवनको छाना राख्न नसक्दा पानी परेको दिन शिशु कक्षा र कक्षा १ का विद्यार्थी विद्यालयमा पढ्न नआउने गरेको एक विद्यार्थीले बताउनुभयो ।

विद्यालयका प्रअ चलाउनले नयाँ छाना राख्नका लागि माग गरे पनि नगरपालिकाले बेवास्ता गरेको बताउनुभयो । “विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर नै नगरपालिकामा छाना मर्मतका लागि बजेट माग गरेका थियौँ, तर यहाँबाट हुँदैन, प्रशासनले रु दुइ÷चार हजार दिन्छ, उतै जानुहोस् भनेर फर्काइदियो,” उहाँले भन्नुभयो ।

यसैबीच, हावाले छाना उडाएको भवनको मर्मतका लागि शारदा नगरपालिका वडा नं १० ले रु तीन लाख विनियोजन गरेको छ । यसै वर्ष पुनर्निर्माण सम्पन्न गर्ने गरी रु तीन लाख विनियोजन गरेको वडाध्यक्ष रेशमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । भवनको छाना राख्नका लागि नगरपालिकामा धेरै माग गरे पनि बजेट विनियोजन नभएपछि वडामा रहेको बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

यसका लागि सम्झौता भइसकेको तर कामको सुरुआत नभएको विद्यालयले जनाएको छ । केही दिनमा नै कामको थालनी हुने जनाइएको छ । जस्तापाता राख्नका लागि नयाँ ट्रस्ट निर्माण, जस्तापाता खरिद, भुइँमा प्लास्टर लगायतका कार्य गर्न बजेट पर्याप्त नभए पनि जस्तापाता राखिए पठनपाठनलाई सञ्चालन गर्न सहजता हुने विद्यालयले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्