Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बर्दियामा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर स्वास्थ्य मन्त्री थारुद्वारा उद्घाटन, शिविर मंसिर २९ गतेसम्म संचालनमा आउने
बर्दियामा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर स्वास्थ्य मन्त्री थारुद्वारा उद्घाटन, शिविर मंसिर २९ गतेसम्म संचालनमा आउने
हरि गुरुङ
हरि गुरुङ बुधबार, मंसिर २९, २०७८

बर्दिया । जिल्लाको मधुवन नगरपालिका वडा नं.-६ मा रहेको सानोश्री सामुदायिक आँखा उपचार केन्द्रद्वारा संचालित निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले २८ गते मंगलबार उद्घाटन गर्नुभएको छ।

२०७४ सालमा स्थापना भएको सानोश्री सामुदायिक आँखा उपचार केन्द्रले हालसम्म ओ.पी.डी. सेवा १८,९०९ जनालाई दिएको छ भने त्यस मध्य मोतिबिन्दुका रोगी ५९२९ जना पत्ता लागी सकेकोमा २४३२ जनाको सफल उपचार गरिसकेको छ। निशुल्क आँखा शिविर मंसिर २९ गतेसम्म संचालन हुनेछ ।

यो उपचार केन्द्र जिल्लाको मध्य भागमा पर्ने भएकोले उपचारका लागी सहज भएको छ। उपचारका लागी छिमेकी राष्ट्र भारतबाट समेत बिरामीहरु आउने गरेका छ्न । उपचार केन्द्रलाई जिल्ला समन्वय समिति बर्दिया र मधुवन नगरपालिकाले १ करोड बराबरको उपकरण सहयोग गर्ने भनि निर्णय समेत गरेको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले मानव शरीरको महत्त्वपूर्ण पाँच अङ्ग मध्य आँखा पनि एक भएको बताउँदै भन्नुभयो, "सामाजिक, मानव सेवाको रूपमा जुन कार्य गर्नुभएको छ, सर्व प्रथम त्यसका लागी लुम्बिनी प्रदेश सरकार र ब्यक्तिगत तर्फबाट मुरी मुरी धन्यवाद दिन चाहन्छु । राज्यको तर्फबाट आधारभुत उपचार निशुल्क गर्ने र हरेक नागरिकलाई स्वस्थ बनाउने र स्वस्थ जनशक्ति निर्माण गर्ने संबैधानिक दायित्व छ । यो दायित्व संघ, प्रदेश र स्थानीय सरकारले पुरा गर्दै आईरहेको अवस्था छ तर पनि अधुरो अपुरो भैरहेको छ । लुम्बिनी प्रदेश सरकारले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउने निति अपनाएको छ ।"

उहाँले अगाडि भन्नुभयो,  "सात वटै प्रदेशमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउने हाम्रो लुम्बिनी प्रदेश एक मात्रै हो । लुम्बिनी प्रदेशका नागरिकहरुलाई आफ्नै प्रदेश भित्र उपचार हुने गरि विशेषज्ञ सेवा सहितको अस्पताल निर्माण गर्ने टेण्डर प्रक्रिया अगाडि बढि रहेको अवस्था छ । हरेक जिल्लामा ५० शैया वृद्धि गरेर त्यहाँ पनि विशेषज्ञ सेवाहरु दिन सक्ने गरि राज्यको दायित्व अन्तर्गत पर्ने आधारभूत स्वास्थ्य सुविधाहरु नागरिकलाई दिने गरि अस्पताल सुदृढ गर्ने र भौतिक पुर्वाधारहरु निर्माण गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने गरि प्रदेश सरकार अगाडि बढेको छ ।"

कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारु विशिष्ट अतिथिका रूपमा लुम्बिनी प्रदेश सांसद कुल प्रसाद पोख्रेल, जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु विशेष अतिथिका रुपमा मधुवन नगरपालिकाका नगर उप-प्रमुख शुवरानी थारु, वरिष्ठ नेत्र चिकित्सक बिद्या प्रसाद पन्त अतिथिका रूपमा संस्थाका आजिवन सदस्य तथा नेपाली कांग्रेस मधुवन नगर समिति सभापति डम्बर के.सी., सल्लाहकार तथा ने.क.पा. एमाले मधुवन नगर कमिटी अध्यक्ष दुर्गा वलि, ने.क.पा माओवादी केन्द्र मधुवन नगर कमिटि अध्यक्ष हरिहर चौधरी, ने.क.पा. एकीकृत समाजवादी मधुवन नगर कमिटी अध्यक्ष दुर्गा बहादुर रिमाल, मधुवन नगरपालिका वडा नं.-६, ७ भक्त बहादुर सुनार, राजेन्द्र हमाल, नेपाल पत्रकार महासंघ बर्दिया शाखा कोषाध्यक्ष सितल थापा, शसस्त्र प्रहरी बल बेश क्याप सानोश्री स.प्र.नि. अर्जुन प्रसाद ढकाल, ईलाका प्रहरी कार्यालय सानोश्रीका प्र.ना.नि. गगन गिरी लगायत उपचार्थ बिरामीहरुको उपस्थिति रहेको थियो भने नेपाल नेत्र ज्योति संघ बर्दिया शाखाको आयोजनामा dak foundation PEF को आर्थिक सहयोगमा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रमको सभापतित्वमा सानोश्री आँखा उपचार केन्द्र मधुवन नगरपालिका वडा नं.-६ का सभापति गोपालप्रसाद पौडेल हुनुहुन्थ्यो भने स्वागत मन्त्ब्य नेपाल नेत्र ज्योति संघ बर्दियाका उप-सभापति लोक मणि आचार्यले गर्नुभएको थियो।


प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ११:२३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्