Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्थापनाले नयाँ इतिहास सुरु भयो: राष्ट्रपति भण्डारी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्थापनाले नयाँ इतिहास सुरु भयो: राष्ट्रपति भण्डारी
नेपालकागज
नेपालकागज आइतबार, मंसिर २६, २०७८

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका नयाँ अध्यायहरु थपिँदै जाने बताउनुभयो ।

“हाम्रो मुलुकमा कर्णालीको विशिष्ट पहिचान छ”, उहाँले भन्नुभयो, “प्राचीनकालदेखि खस सभ्यताको आधार भूमिका रुपमा परिचित कर्णाली नेपाली भाषाको जननी बनेर गौरवशाली सिञ्जा सभ्यता विकास गरेको छ जसले विश्वसामु हाम्रो मौलिकता प्रवद्र्धन गरिरहेको छ ।”

गौरवशाली इतिहास बोकेको कर्णालीलाई थप प्रसिद्ध बनाउन प्रतिष्ठानको ठूलो भूमिका रहने उहाँको भनाइ थियो । मुलुकको ठूलो प्रदेश कर्णाली विकासका दृष्टिले अस्थायी रुपमा पछि परे पनि पवित्र एवं उर्वर भूमिको प्राकृतिक सम्पदाको अपार सम्भावनालाई सदुपयोग गर्न सकिए आर्थिक समृद्धि हुने र त्यसले समुन्नत प्रदेश रुपान्तरणमा सहयोग पु¥याउने राष्ट्रपति भण्डारीको दाबी थियो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “कर्णालीमा उत्पादित उच्च मूल्यका मह, जडीबुटी, हस्तकला, बहुमूल्य यार्सागुम्बा, कटुकी, सुगन्धित वनस्पति शिलाजित जस्ता वस्तुहरु विदेशमा कम मूल्यमा निर्यात हुने तर त्यसबाट उत्पादित औषधि नेपालीले महँगोमा किन्नुपर्ने बाध्यताबाट छुट्कारा पाउन प्रतिष्ठानले अनुसन्धान केन्द्र स्थापना गर्नुपर्दछ । यहाँ उपलब्ध बहुमूल्य जडीबुटीको पहिचान र उपयोग नेपालमै हुने वातावरण बनाउन सक्नुपर्दछ ।”

उहाँले पहाडी भेकको जुम्ली मार्सी धानको उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । चन्दननाथ ब्रान्ड पनि नेपाली बजारमा लोकप्रिय हुँदै गएकाले जुम्ली मार्सी धान उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीका अनुसार कर्णालीको भौतिक पूर्वाधारमा लगानी बढाएर ‘स्वर्गकी अप्सरा’ का नामले परिचित मुगुको राराताल, विश्व प्रसिद्ध धार्मिक–सांस्कृतिकस्थल मानसरोवरसम्म पहुँच र हिल्सा जोड्ने सडकमार्ग निर्माणमा जोड दिई अन्तर्राष्ट्रिय सीमा नाकालाई पूर्वाधारयुक्त र सुदृढ तुल्याउनुपर्दछ ।

लामो समयदेखि आफ्नै घर आँगनमा उच्चस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने सपना देखेका नागरिकको सपना पूरा भएकामा यसका लागि प्रयास गर्ने सबैलाई राष्ट्रपति भण्डारीले बधाईज्ञापन गर्नुभयो । उहाँले प्रतिष्ठान स्थापनाकालदेखि बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ गर्ने अवस्थामा ल्याउन योगदान पु¥याउने कर्णालीवासी जनता, विद्वत समुदाय, प्राज्ञिकजगत्, नेपाल सरकार र सम्बद्ध निकायलाई हार्दिक धन्यवादका साथै बधाईज्ञापन गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले रु ७६ करोड लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको पनि शिलन्यास गर्नुभएको छ । शैक्षिक कार्यक्रमको शुभारम्भ गरेपश्चात् आजदेखि एमबिबिएस, बी.फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतिष्ठानको स्थापनाले कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएकोे बताउनुभयो । उहाँले कर्णाली मात्र नभई प्रतिष्ठान सिङ्गो मुलुकको स्वास्थ्य अवस्थामा कोसेढुङ्गा साबित हुँदै गएको तर्क गर्नुभयो । प्रतिष्ठानका संस्थापक एवं पूर्वमन्त्री नरेश भण्डारीले पिछडिएको क्षेत्रको जीवनमा नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताउनुभयो । उहाँले सेतो हिउँमा एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना बोकेका कर्णालीवासीको व्यग्र प्रतीक्षा पूरा भएको जनाउनुभयो ।

प्रतिष्ठानका उपकुलपति रावलले कर्णालीका लागि फरक र विरलै दिन भएको भन्दै प्रतिष्ठानलाई यहाँ पु¥याउन योगदान पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको आयोजनामा दस्तावेज गर्न कार्यक्रमबाटै अपिल गर्नुभयो । उपकुलपति रावलले कर्णाली सुनको थाल भएकाले अब त्यो थाल थापेर कतै पनि अनुदान माग्नुपर्ने अवस्था नआउने बताउनुभयो ।

उपकुलपति रावलले प्रतिष्ठानका पहलकर्ता, सरकार, सरोकारवाला र स्थानीयको सहयोगले प्रतिष्ठान कोशेढुङ्गा सावित भएको बताउनुभयो । कर्णाली रोग, भोक र गरिबीको पर्याय नभई प्रतिष्ठानले मुलुकको स्वरुप बदल्न सहयोग पु¥याउने दाबी गर्नुभयो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा.श्रीकृष्ण गिरीले धेरै कठिन परिस्थितिमा कर्णालीमा जन्मिएको यो प्रतिष्ठानको महत्व भिन्नै रहेको जनाउँदै प्रतिष्ठानलाई शैक्षिक कार्यक्रम उपलब्ध गराउन प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले प्रतिष्ठान स्थापनाका लागि पहल गर्ने पहल समिति संयोजक तथा पूर्वमन्त्री नरेश भण्डारीसहितका जुम्लावासी, डा गोविन्द केसी, नेपाल सरकार र सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिष्ठानका संस्थापक रजिष्ट्रार श्याम लम्सालले स्थापना कालको स्मरण गर्दै राज्य र स्थानीयसँग गरिएको पहल र सबैको सहयोगले आज प्रतिष्ठान यहाँ पुगेको बताउनुभयो । उहाँले २५ शय्याको अस्पताल ३०० शय्यामा परिणतदेखि प्रतिष्ठान जीवित बनाइ राख्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्