Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • वन छेउमा झोपडी बनाइ बस्दै आएका परिवारको बिचल्ली: अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस
वन छेउमा झोपडी बनाइ बस्दै आएका परिवारको बिचल्ली: अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस
नेपालकागज
नेपालकागज आइतबार, मंसिर २६, २०७८

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ भेटघाँटफाँटाका ३५ वर्षीय लालका मल्ललाई बालबालिका हुर्काउन निकै सकस भएको छ । श्रीमानको मृत्यु भएपछि पाँच बालबालिकाको खर्च धान्न उहाँलाई निकै गाह्रो भएको छ । 

गत असोज महिनामा स्याउला काटनका लागि रुखमा चढेका लालकाका श्रीमान् ४० वर्षीय लोकबहादुर मल्ल खसेर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । घरको कमाउने श्रीमान्को मृत्यु भएपछि मल्लको परिवार बिचल्लीमा परेको छ । सानै उमेरका तीन छोरा दुई छोरीसहित आफ्नो साँझ बिहानको छाक टार्नका लागि उहाँलाई निकै समस्या परेको छ ।

घरको कमाउने एक्ला श्रीमानको मृत्युपछि दातृ निकायको सहयोगमा उहाँको दिनचर्या चलेको छ । एक दशकअघि मुगुको धनकोट गाउँपालिका– ९ बाट मल्लको परिवार सहज जीवनयापनको खोजीमा तराई झरेको थियो । “पहाडमा थोरै खेतबारी थियो”, लालकाले भन्नुभयो, “त्यसले वर्षभरी खान पुग्दैनथ्यो । छ दशक कटेका सासू ससुरालाई पहाडको जग्गाको जिम्मा लगाई तराईमा घरबासको व्यवस्था गर्नका लागि झरेका थियौं ।”

वन छेउमा झोपडी बनाइ बस्दै आए पनि श्रीमानले भारतमा गएर कमाएर ल्याएको पैसाले जीवन चलेको थियो । श्रीमानको मृत्युले बिचल्लीमा परेका छौं । पहाडमा उमेर ढल्किदै गएका सासू ससुरालाई सम्हाल्ने कोही छैन । यता बालबालिका कसरी पाल्ने भन्ने पिरलो छ ।” नागरिक सुशासन समाज नामक संस्थाले बालबालिकालाई लताकपडा र केही दिनका लागि रासनपानीको व्यवस्था मिलाएको थियो । त्यो सिद्धिएपछि साँझ बिहान के खाउ भन्ने पिरलो भएको उहाँले बताउनुभयो । “रोजगारी पाइए त्यसबाटै बालबालिकाको पालनपोषण गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “रोजगारी पनि पाउन सकिएको छैन । भोकभोकै मर्नुपर्ने अवस्था आइलागेको छ ।”

लालकाको मात्रै होइन, सोही बस्तीका बासमति सिंहको समस्या पनि उस्तै छ । छोरा बेपत्ता भएसँगै बुहारीको मृत्यु भएपछि नातिलाई पाल्नका लागि उहाँलाई सकस भएको छ । घरमा कमाउने कोही नहुँदा बस्तीकै बासिन्दा हारगुहार गरी मागेर जीविका चलाउदै आउनुभएको छ ।

बस्ती नजिकै रहेको बैजनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण चन्दले विद्यालयमा पढन आउनेमध्ये दुई दर्जन बढी बालबालिकाका अभिभावक नभएको बताउनुभयो । “बुबाले दोस्रो विवाह गरेर छाडेका, बुबाआमा दुवैको मृत्यु भएका, कमाउन भारतमा गएका अभिभावक नफर्केका असहाय बालबालिकाको सङ्ख्या २० भन्दा बढी छ”, उहाँले भन्नुभयो, “धेरै बालबालिका बाजेबज्यैको भरमा बस्दै आएका छन् । सबैको अवस्था निकै दयनीय छ ।”
 
प्रअ चन्दका अनुसार बस्तीका धेरै परिवारको जीविका आफन्तको सहयोगमा, मजदूरी गरेर, दातृ निकायले दिने राहत सामग्री र ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ताले धानिदै आएको छ । धेरै परिवार जग्गा पाउने आशमा पहाडबाट बसाइँ सरेर सामुदायिक वन छेउको जग्गामा बसेका छन् । वर्षौदेखि बस्दै आएका परिवारको समस्यालाई स्थानीय तहदेखि केन्द्रसम्म कुनै पनि निकायले नबुझिदिँदा ती परिवारलाई जीविका चलाउन निकै सकस परेको छ । 

पटक–पटक सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बसेको आरोपमा सामुदायिक वनका उपभोक्ता र वन कार्यालयका कर्मचारीले बस्ती हटाएर लैजानका लागि दबाबसमेत दिँदै आएका छन् । “धेरै पटक झोपडि नै भत्काइदिएका थिए”, स्थानीयवासी भागरथी विकले भन्नुभयो, “छाडेर जाउँ भन्दा अरु ठाउँ छैन । त्यसैले झोपडी भत्काए पनि त्यही ठाउँमा बस्न विवश भएका छौं ।” 
 
सरकारले खाने बस्ने र रोजगारीको व्यवस्था गरिदिए वन क्षेत्रमा बस्नुपर्ने बाध्यता छैन भन्दै उहाँले कुनै पनि निकायले नहेर्दा वन क्षेत्रको बसाइँलाई नै रोज्न विवश भएको बताउनुभयो । मर्ने बाच्ने ठाउँ नै यही रहेको उहाँको भनाइ छ । 


प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्