Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ : प्रधानमन्त्री देउवा
शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ : प्रधानमन्त्री देउवा
नेपालकागज
नेपालकागज बुधबार, मंसिर १५, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिनुभएको छ । 
 
मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले  मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबीच सहकार्य गरी उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्ने उहाँको जोड थियो ।
 
प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोभिड–१९ को महामारीका कारण नेपाललगायत विश्व समुदायका सबै क्षेत्र प्रभावित भएको र यसमा पनि शिक्षा क्षेत्र अझ संवेदनशील र सतर्कता अपनाउनुपर्ने क्षेत्र भएकाले बढी प्रभावित भएको सबैलाई विदितै छ । यस्तो विषम परिस्थितिमा समेत अनलाइन तथा वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन क्रियाकलाप गर्दै परीक्षासमेत सञ्चालन गर्न यस विश्वविद्यालयले गरेको प्रयासहरु प्रशंसनीय छन् ।”
 
उहाँले कर्णाली प्रदेशको समग्र विकासका लागि विद्यमान प्राकृतिक सम्पदा, परम्परागत ज्ञान र सीपहरुको अध्ययन, अनुसन्धान तथा बजारीकरण गरी जनताको जीवनस्तर माथि उठाउन प्राविधिक र व्यावसायिक दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार शिक्षाको गुणस्तर वृद्धि गर्न, शैक्षिक योजना र कार्यक्रमहरूलाई अनुसन्धानमुखी बनाउन, सामाजिक विज्ञानका विभिन्न विधा तथा आयामहरूको समसामयिक अध्ययन अनुसन्धान गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री देउवाले समाज रुपान्तरणको प्रक्रियासँग प्राज्ञिक क्रियाकलापलाई जोड्न यस विश्वविद्यालयले तयार गरेका विभिन्न शैक्षिक योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्दै विश्वविद्यालयलाई ‘सेन्टर अफ एक्सलेन्स’का रूपमा विकास गर्न वर्तमान नेतृत्वलाई आवश्यक कार्य योजना बनाई अगाडि बढ्न आग्रह गर्नुभयो ।
 
शिक्षामा भएको लगानीबाट प्राप्त हुने उपलब्धिले हरेक मुलुकको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस विश्वविद्यालयले हाम्रो राष्ट्रिय शिक्षा नीतिले निर्दिष्ट गरेका स्थानीय तथा राष्ट्रिय आवश्यकताहरुलाई परिपूर्ति गर्ने र विश्व श्रम बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति उत्पादन गर्नु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।” 

प्रधानमन्त्री देउवाले उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी र पूँजी विदेश पलायन भइरहेको सन्दर्भमा यस विश्वविद्यालयले समयानुकूल योजना र पाठ्यक्रमहरू बनाई यसको प्रभावकारी कार्यान्वयनद्वारा स्वरोजगार सिर्जना गर्न सक्षम जनशक्ति उत्पादन गर्न निरन्तर प्रयत्नशील रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
 
उहाँले विश्वविद्यालयले भौतिक पूर्वाधारको यथोचित प्रबन्ध, शैक्षिक कार्यक्रमहरूको प्रभावकारी सञ्चालन र योग्य जनशक्ति व्यवस्थापन गर्दै आर्थिक तथा व्यवस्थापकीय सुशासन कायम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 


प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्