Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बर्दियामा वन्यजन्तुबाट पीडित परिवारहरुलाई गरियो राहत वितरण
बर्दियामा वन्यजन्तुबाट पीडित परिवारहरुलाई गरियो राहत वितरण
हरि गुरुङ
हरि गुरुङ बिहीबार, कात्तिक ११, २०७८

बर्दिया । ​बर्दियामा वन्यजन्तुको आक्रमणका घटना दिनानुदिन बढीरहेका छन । वन्यजन्तुको आक्रमणमा परि ज्यान गुमाउनेको संख्यापनी बढीरहेको छ । वन्यजन्तुको आक्रमणमा परि ज्यान गुमाएका स्थानियहरुको परीवारलाई बुधवार, कार्तिक १० गते एक कार्यक्रमका बिच राहत वितरण गरिएको छ ।

गत आर्थिक वर्षमा बर्दियाको खाता जैविक मार्ग अन्तर्गतका राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परि ७ जनाको निधन भएको थियो भने चालु आर्थिक वर्षमा २ जनाको निधन भएको छ । वन्यजन्तुको आक्रमणमापरी मृत्‍यु भएका ९ जनाको परिवारलाई डिभिजन वन कार्यालय बर्दियाको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा राहत स्वरुप प्रत्यक परीवारलाई ५० हजार रकम वितरण गरिएको हो ।

खाता सामुदायिक वन समन्वय समिती, मधुवन नगरपालिका वडा नं-३, खातामा भएको कार्यक्रममा पीडित परिवारहरुलाई राहत वितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल अधिकृत प्रवीण विडारी, विशिष्ट अतिथि मधुवन नगरपालिकाका नगर उप-प्रमुख शुवरानी थारु र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रविन कडरिया रहनुभएको थियो भने अतिथिको रुपमा राजापुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दयाशंकर थारु, समन्वय समिति खैरीका सचिव नारायण शाही, तराई भु-परिधी कार्यक्रम (ताल)का प्रतिनिधि माया योगी रहनुभएको थियो । 

राहत वितरण कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रविन कडरियाले पीडित परिवारलाई थोरै भएपनि राहत महशुस होस् भनेर सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, "नहुनुपर्ने घटना भइसक्यो यस प्रति हार्दिक समवेदना प्रकट गर्द्छु । पीडित परिवारलाई एउटा सानो सहयोग होस् र घरपरिवारमा टेवा पुगोस् भनेर हामीले सहयोग गरेका हौँ । मानव-वन्यजन्तु द्वन्दका घटनामा कमी आओस भनेर हामीले उपायहरु अबलम्बन गरिरहेका छौँ ।"

कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाका उपप्रमुख शुवरानी थारुले कुनै पनि घटना घटिसकेपछि राहत भन्ने कुरा जति धेरै भएपनि कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, "जीवन अमुल्य छ, जीवन जाँदाको पिडाला अली काम गरौँ भन्ने उदेश्यले राहत वितरण गरिएको हो । पीडित परिवारसंग म साथमा छु ।"

उपप्रमुख थारुले अगाडि थप्नुभयो, "वन जंगलका कुरा गर्दा वन्यजन्तुको पनि कुरा गरिन्छ तर वन जंगलको क्षेत्रफल कति ? त्यस वन क्षेत्रफलमा कति वन्यजन्तु रहन्छन् ? बढि भएमा अन्यत्र स्थान्तरण गर्नुपर्छ । हामीलाई वन्यजन्तु, वन जंगल र मानव सबैलाई बचाउनु छ। मानविय क्षति नहुने गरि वन्यजन्तु व्यवस्थापन गरिदिँदा राम्रो हुन्छ ।"

त्यस्तै, डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल अधिकृत प्रवीण विडारीले राहत एउटा सानो मल्हमपट्टी मात्रै भएको र पीडित परिवारलाई आफ्नो साथ सहयोग सदैव निरन्तर रहिरहे बताउनुभयो । नेपाल सरकारले २०६९ सालमा पीडितहरुलाई कसरी सहायता दिन सकिन्छ भनेर राहत निर्देशिका ल्याएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, "राहत  निर्देशिका परिमार्जित हुदै २०७८ संशोधन हुँदैछ । त्यस राहत निर्देशिकामा अहिले समाबेश नभएका कुरा पनि समाबेश हुन्छ । मानव र वन्यजन्तु सह-अस्तित्व स्विकार्दै अगाडि बढ्नु पर्नेमा अर्को विकल्प छैन ।"

कार्यक्रममा भनाइ राख्नेक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र कुनै जंगली वन्यजन्तुबाट मानवीय क्षति भएमा ५ लाख पाइने गरेको तर पहिला खैरीचन्दनपुर गाउँ विकास समिती हुँदा निकुञ्ज क्षेत्र भन्दा बाहिर मानवीय क्षति भएमा जम्मा २५ हजार मात्रै पाइने विभेदपुर्ण व्यवहार भएको तर अहिले चाँहि समान व्यवहार गरेकोमा आफू खुशी रहेको राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारुले बताउनुभयो ।

राहत वितरण कार्यक्रम खाता सामुदायिक वन समन्वय समिति मधुबन नगरपालिका वडा नम्बर ३ खाता बर्दियाका अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन खाता सब-डिभिजन वन कार्यालय सानोश्री बर्दियाका सहायक वन अधिकृत सन्तोष चौधरीले गर्नुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ११:१२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्