Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस र नेपालको अवस्था  
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस र नेपालको अवस्था   अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : गरिबी निवारणमा भएको प्रयास र प्राप्त उपलब्धिको लेखाजोखा हुन आवश्यक
नेपालकागज
नेपालकागज आइतबार, असोज ३१, २०७८

- गंगालाल योगी 

प्रत्येक बर्ष झैँ अक्टोवर १७ मा अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस अन्य मुलुकमा झैँ नेपालमा पनि मनाइँदै गर्दा हाल सम्म गरिबी निवारणमा भएको प्रयास र प्राप्त उपलब्धिको लेखाजोखा हुन आवश्यक रहेको छ । यसै सन्दर्भमा गरिबी के हो यसका कारण र नेपालको प्रयासका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ ।

सन् २०२१ को गरिबी निवारण दिवसको नारा “Building Forward Together : Ending Persistent Poverty, Respecting all People and our Planet”  रहेको छ । ‘सबै जनासँगै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने’ भन्ने नाराकेन्द्रित छ, विश्व गरिबी निवारण दिवस ।
          
के हो गरिबी ?

मानवीय जीवन निर्वाहका लागि आवश्यक पर्ने न्युनतम आय प्राप्त हुन नसकेको अवस्था हो गरिबी । अर्थात् आधारभूत आवश्यकीय गास, बास र कपासको ब्यबस्थापन गर्न नसकिएको    कष्टपूर्ण, अभावपूर्ण विपन्नता हो गरिबी । तथापि यसलाई निरपेक्षतामा होइन सापेक्षतामा बुझ्नु पर्ने बिषय हो ।

किन भने गरिब मुलुकका लागि निर्धारित आधारभूत आवश्यकिय गरिबीका मानक  र सम्पन्न मुलुकको  गरिबिका मानक बीच फरक रहेको हुन्छ । उदाहरणका लागि मुगुको एउटा  व्यक्तिका  लागि गास, बास र कपास आधारभूत बस्तु हुन सक्छ । तर एक अमेरिकन व्यक्तिका लागि गास, बास कपास मात्र होइन एउटा कार, आइफोन, बर्षमा एक पटक बिश्वका रमाइलो स्थानमा परिवार सहितको भ्रमण लगायतका विषय आवश्यकीय रहन सक्छ । 

त्यसैले  निरपेक्ष गरिबी न्युनतम मानवीय आवश्यकता (गास,बास र कपास ) पुरा हुन नसकेको अवस्था हो भने सापेक्ष गरिबी रोग, भोग, अशिक्षा, कुपोषणबाट दिगो मुक्तिका लागि आवश्यक आय र उत्पादनशील साधनको अभाव, सिमितता वा बन्चितिको अवस्था हो । यो मानवीय र भौतिक प्रगतिसंगै परिवर्तन हुने बिषय पनि हो । त्यसैले सापेक्ष गरिबी न्यून मात्र गर्न सकिन्छ अन्त्य गर्न सकिदैन |

संयुक्त राष्ट्र संघिय सम्मेलन कोपन्हेगनले खाना, स्वास्थ्य, शुद्ध पानी, सरसफाई, आवास, शिक्षा र सुचनालाई आधारभूत आवश्यकता मानि सो नभएको अबस्थालाई गरिबी मानेको छ । नोबेल पुरस्कार बिजेता अमर्त्य सेनले मानवीय क्षमताको अभावका रुपमा गरिबीलाई लिएका छन त्यो क्षमता मानव अधिकार र स्वतन्त्रताबाट प्राप्त हुने भनि अधिकारवादीले अवधारणा राखेका छन् । त्यस्तै प्रख्यात अफ्रिकी नेता नेल्सन मन्डेलाले गरिबीलाई प्राकृतिक नभई दासता र रंगभेद जस्ता मानव निर्मित व्यवहारको उपजको रुपमा रहेकोले गरिबीलाई मानिसले नै अन्त्य गर्न सक्ने विषयका रुपमा लिएका छन |

गरिबी बहुआयामिक, बिभिन्र बिषयसंग अन्तर सम्बन्धित बिषय समेत भएकोले यसमा सरकारको एक्लो प्रयासले मात्र काम गर्न नसक्ने भएकोले चालु पन्ध्रौँ पन्चबर्षिय योजनाले सरकारी, सहकारी, सामुदायक, निजि र गैर सरकारी क्षेत्र एवं साझेदार निकाय बिचको एकीकृत समन्वयात्मक सहकार्य र समन्वयमा जोड दिएको छ । साथै गरिबीलाई परम्परागत सोच भन्दा फरक आयमुलक, मानवीय र सामाजिक वन्चितिकरण गरि तीन भिन्न आयामबाट हेर्ने रणनीति लिएको छ ।       

गरिबीको मापन 

गरिबी बहुआयामिक बिषय भएकोले यसलाई मापन गर्ने सर्वमान्य विधि छैन । तथापि मुलुक अनुरुप रहने आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक प्रणाली त्यसमा जनताको पहुच एवं  सहभागिताका आधारमा मुलुक पिच्छे फरक हुने देखिन्छ । यसलाई बिश्व बैंकले अतिकम बिकसित राष्ट्रका लागि दैनिक १ अमेरिकन डलर र मध्यम आय मुलुकका लागि २ अमेरिकन डलर प्रति दिन कमाइ हुन् नसक्ने अवस्थालाई गरिबीमा मापन गरेको छ । नेपाल तेस्रो जीवनस्तर सर्वेक्षण २०६८ ले प्रति व्यक्ति बार्षिक रु १९२६१| भन्दा कम आय स्तरलाई गरिबीको मापन गरेको छ । बिश्व स्वास्थ्य संगठन र विश्व खाद्य संगठनले करिव २१०० -२७०० क्यालोरी शक्ति प्रति दिन प्राप्त हुन नसकेको अवस्थालाई गरिबको रुपमा मापन गरेको छ |

नेपालको प्रयास 

२००७ सालमा प्रजातन्त्र आए पश्चात २००८ सालबाट बजेटको शुरुवात भएता पनि नियोजित विकासको थालनी २०१३ सालबाट भएको पाइन्छ । २०१३ सालको प्रथम पन्चबर्षिय योजना काल देखि नै प्रत्यक्ष वा परोक्ष रुपमा गरिबी निवारणका प्रयास भएता पनि सातौ योजना अवधिकाल (०४२-०४७)मा आधारभूत आवश्यकता पुरा गर्ने मत्वकांक्षी उदेश्य सहित सो प्राप्तिका लागि १५ बर्षे कार्ययोजना बनेको  पाइन्छ । 

सो अनुसार आठौँ र नवौँ योजनासम्म सबै नेपालीहरुलाई आधारभूत आवश्यकता पुरा गर्ने गरि मध्यम स्तरीय जीवनयापन स्तरमा पुर्याउने उदेश्य लिएको पाइन्छ । आठौ योजनाले परिलक्षित गरेको तीन उदेश्य मध्ये एउटा महत्वपूर्ण उदेश्य गरिबी निवारण रहेको र नवौ योजनाको एक मात्र उदेश्य गरिबी निवारणलाई लिएको पाइन्छ ।

साथै गरिबी निवारणमा प्रत्यक्ष योगदान दिने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखी प्रभावकारी अनुगमन र मुल्यांकन प्रणालीलाई आत्म साथ गरेको पाइन्छ । एवं प्रकारले हाल संचालित पन्ध्रौँ योजना कालसम्म (२०७७-०८१ ) गरिबी निवारणका लागि बिभिन्न रणनीति एवं ५० भन्दा बढी कार्यक्रमहरु संचालित रहेका छन् । साथै गरिबी र पछौटेपन देश बिशेषको मात्र समस्या नभई विश्वकै समस्याका रुपमा रहेको हुनाले संयुक्त राष्ट्र संघ एवं दातृ निकायले समेत बिभिन्न अन्तर्राष्ट्रिय मन्चमा गरिबी निवारणका लागि एकै आवाजमा कुरा उठाएको पाइन्छ ।  

सन् २००० मा संयुक्त राष्ट्र संघले सहश्राब्दी बिकास लक्षका रुपमा र सन् २०१५ (२०३०सम्म पुरागर्ने गरि ) मा विश्वमा शान्ति र समृद्धिका लागि विश्व एकताबद्धता र सहकार्यका लागि सदस्य राष्ट्रहरुका  माझ व्यक्त दिगो बिकासका लक्ष प्राप्त गरि बिश्वबाट गरिबी निवारण सहित दिगो बिकासका लक्ष हासिल  गर्न सदस्य राष्ट्रहरुलाई प्रतिबद्धता जाहेरका लागि आह्वान गरेको छ । जस्लाई नेपालले समेत अनुमोदन गरि सो अनुरुपका कार्यक्रम एवं रणनीति तय गरि तीनै तहका सरकार बीच सहकार्य हुने गरि कार्यको थालनी गरेको पाइन्छ ।

गरिबी निवारण नहुनुको कारण 

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरबाट गरिबी निवारणका लागि प्रयास गरियता पनि चौधौ योजनाको अन्त्य सम्म निरपेक्ष गरिबी १८.७% र बहुआयामिक गरिबी २८.६% रहेको पाइन्छ । साथै आयमुलक गरिबी भन्दा सामाजिक, मानवीय गरिबी झन बढ्दो देखिन्छ ।

यसका कारणहरु मुख्य गरि न्यून स्तरको आर्थिक वृद्धि, गरिबको स्पष्ट पहिचान हुन नसक्नु, गरिबीका कार्यक्रमहरु बीच समवन्य नहुनु र क्षमता विकासमा भन्दा वितरणमा जोड दिनु, साधन स्रोतको प्रभावकारी उपयोग नहुनु, कृषि क्षेत्र निर्वाहमुखी मात्र हुनु, बढ्दो भ्रष्टाचार र राजनीतिक स्थिरता नहुनु, बैदेशिक रोजगारीबाट प्राप्त आर्थिक, सामाजिक विप्रेशनको उपयोग अनुत्पादन क्षेत्रमा हुनु, बौद्धिक पलायन रोक्न नसक्नु साथै दक्षता र शिप अनुसारको रोजगारी हुन् नसक्नु, पुँजीगत खर्च कम हुनु साधारण खर्चमा वृद्धि हुनु, कार्यक्रम कार्यान्वयनमा संस्थागत समन्वयन नहुनु, अनुगमन मूल्यांकन प्रभावकारी नहुनु रहेका छन् ।
   
अन्तमा : सम्विधानको प्रस्तावनामा उल्लेखित संघिय लोकतान्त्रिक गणतन्त्रामक शासनका माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने अपेक्षा राखेको र मौलिक हकका रुपमा शिक्षा, स्वास्थ्य, श्रम,वरोजगारी, खाद्य, आवास, सामाजिक न्याय र सुरक्षा लगायतको ब्यबस्था रहनु र तीनै तहका सरकारलाई प्राप्त एकल एवं साझा अधिकार सुचि अनुरुपका विषयको कार्यान्वयनका लागि आ-आफना कानुनि एवं संरचनागत आधार तय हुनु सुखद पक्ष रहेता पनि पछिल्लो समयमा देखिएको राजनैतिक अस्थिरता, केन्द्र, प्रदेश र स्थानीय तहमा देखिएको बेतिथी र भ्रष्टाचार, सार्वजनिक प्रशासनमा सुधार हुन नसक्नु बिकासमा राजनीति आवरण देखिनुको कारण गरिबी निवारणको राष्ट्रिय लक्षमा बाधा पुग्ने आशंका रहेकोले सुधार हुनु आवश्यक छ ।

लेखक - गंगालाल योगी 
लेखक योगी ईलाका प्रशासन कार्यालय गोटीखेल ललितपुरमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।


प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १०:१८
#बिचार
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्