Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • प्रहरी चौकी कोठियाघाटको नवनिर्मित भवन मधुवन नगर प्रमुख केसीद्वारा उद्घाटन
प्रहरी चौकी कोठियाघाटको नवनिर्मित भवन मधुवन नगर प्रमुख केसीद्वारा उद्घाटन
हरि गुरुङ
हरि गुरुङ मंगलबार, असोज २६, २०७८

बर्दिया : बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर तीन स्थित प्रहरी चौकी कोठियाघाटको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नवनिर्मित भवन मधुवन नगर प्रमुख गणेश बहादुर केसी.(कृष्ण)द्वारा सम- उद्घाटन सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर के.सी.(कृष्ण),  विशिष्ट अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी बर्दियाका माधव प्रसाद शर्मा रहनुभएको थियो।

त्यस्तै, अतिथिहरुमा मधुवन नगरपालिकाका प्रशासकीय अधिकृत ओमकार शाह, जिल्ला प्रहरी प्रमुख बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्की, ३१ नं. गणका गणपति नर बहादुर रावत, ईलाका प्रहरी कार्यालय राजापुरका डिएसपी, मधुवन नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु साथै मनकारी हात भएका व्यक्तित्वहरुको पनि उद्घाटन समारोहमा उपस्थिति रहेको थियो।

प्रहरी चौकी कोठियाघाट बर्दियाको भवन निर्माणको परिकल्पना २०७८ साउन पहिको साताबाट शुरु भएको हो। भवनको ४९ दिनमा निर्माण सम्पन्न भएको हो भने खर्च १३ लाख ५० हजार भएको बताइएको छ। त्यस्तै झ्याल ढोका बाहेक भने प्राविधिक स्टेमेट अनुसार रु २९ लाख आएता पनि निर्माणमा चाहिने सामाग्री, प्रहरी श्रमदान, समुदायबाट नि:शुल्क श्रमदान जस्का कारण प्राबिधिक खाका भन्दा करिब आधा रकममा संरचना तयार भएको हो।

भवन निर्माणमा सहयोगी हातहरुलाई सम्मान प्रमाणपत्र साथै भवन निर्माणमा अहोरात्र खटिने प्रहरी कर्मचारीहरुलाई समेत  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले सम्मान गर्नुभएको थियो। भवन निर्माणमा अहोरात्र खटिने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्नुभएको थियो। 

पुरस्कृत हुने कर्मचारीमा प्र.स.नि. दिनेश कुमार चदारा, प्र.ह. सुरेन्द्र कुमार वर्मा, प्र.ह. सुरेन्द्र बहादुर थापा, प्र.ज.हरुमा राम बहादुर बिक, ललित वि.क., चेजुराम चौधरी र सुर्य परियार रहेका छ्न।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख उपरीक्षक ईश्वर कार्कीले भन्नुभयो, "हामी अभाव, असुरक्षा र कच्ची घरमा बसेता पनि आफ्नो कर्तव्य निर्वाह गरिरह्यौं। तर ४४ बर्ष पछि स्थानीय सरकारबाट जुन सहयोग  प्राप्त भयो, विशेषगरी बड्घर समुदायबाट अतुलनीय सहयोग प्राप्त भएको छ। साथै, ईलाका प्रहरी चौकी ढोढरी र प्रहरी चौकी कोठियाघाटका प्रहरी कर्मचारीहरुको समेत योगदान छ। नवनिर्मित भवन उद्घाटन गरिरहेको छौं। मधुवन नगरपालिकाका नगर प्रमुख, वडाका अध्यक्षहरु, निर्माण समिति अध्यक्ष र बड्घर लगायत सम्पुर्ण महानुभाबहरु प्रति जिल्ला प्रहरी कार्यालय बर्दियाका तर्फबाट मुरी मुरी आभार व्यक्त गर्न चाहन्छु। सहयोग निरन्तर रूपमा रहिरहनु पर्छ ।"

यसैक्रममा उहाँले अगाडि थप्दै भन्नुभयो, "सहयोग आदानप्रदानले नै समाजमा शान्ति सुरक्षा, अमनचयन गराउने क्रममा प्रहरीको मनोबलमा वृद्धि ल्याउँछ। जति उच्च मनोबल प्रहरीको भयो त्यति नै बढि सक्रियताका साथ कार्यमा जुट्न सक्छ्न। त्यो वातावरण पुर्वाधारका आधारमा बन्न सक्छ र प्रहरी चौकी कोठियाघाटले प्राप्त गरेको छ भने प्रहरीलाई अझ जिम्मेवार बनाएको महसुस गराएको छ। नेपाल प्रहरी नागरिक केन्द्रित भएर सेवा प्रदान गर्न निर्देशन दिन चाहन्छु । जसले जसरी सहयोग, योगदान  गर्नु भएको छ, सम्पुर्णमा जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी प्रमुखको हैसियतले वहाँहरुलाई आभार, सम्मान र धन्यवाद दिँदै बडा दशैको उपल्क्षयमा मंगलमय शुभकामना ।"

त्यस्तै, निमित्त जिल्ला प्रमुख अधिकारी बर्दियाका माधव प्रसाद शर्माले पनि आफ्नो भनाइ राख्नुभएको थियो। उहाँले भन्नुभयो, "आज हाम्रो लागी खुशीको क्षण रूपमा रहेको छ। ४४ बर्ष अगाडि स्थापना भएको प्रहरी चौकी कोठियाघाटले खरको झुपडीबाट सेवा दिदै आएको थियो भने अब पक्की भवनदेखि सेवा प्रदान गर्नेछ। दृढ शक्ति भएका सहयोगी हात, मन भएका मिलेर छोटो समयमा धेरै ठुलो काम पनि गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणको रूपमा अनुभुती गर्न पाइयो । ईच्छा शक्ति भए जे पनि सकिन्छ असुरक्षितमा रहेको चौकी जस्ले शान्ति सुरक्षा, विपत ब्यवस्थापन, जंगली जनावरहरुबाट हुन सक्ने क्षति, चोरी तस्करी लगायतका कुराहरुको नियन्त्रणका लागि खटिएको जनशक्ति आफै कसरी सुरक्षीत हुने खालको गिरेको मनोबलमा बसेको अवस्था हिजोका दिनसम्म थिए । भने, अबदेखि उच्च मनोबलका साथ बस्नका लागी प्रेरणा दिएको छ।जसरी भवन निर्माण भएको छ त्यसैगरी  शान्ति सुरक्षा, अमन चयन कायम गर्नाका लागी विकास निर्माणका लागी  शान्ति सुरक्षा एकै सिक्काका पाटा हुन । समाजमा नराम्रा घटनाहरु घट्छन त्यस्लाई न्यूनीकरण गर्न संरचना र उच्च मनोबल भएको जनशक्तिले महत्त्वपूर्ण भुमिका पुरा गर्ने छ साथै भारतीय सिमाबाट हुन सक्ने गैरकानुनी गतिविधिहरु हुन सक्छ्न त्यस्लाई नियन्त्रण गर्नाका लागी यस्ले महत्त्वपूर्ण भुमिका खेल्ने आसा, भरोसा र अपेक्षा गरेका छौँ ।"

उद्घाटन कार्यक्रममा बोल्ने क्रममा मधुवन नगरपालिका नगर प्रमुख गणेशबहादुर के.सी.(कृष्ण)ले भन्नुभयो, "हामीहरुले विकास निर्माणका काम गरेका छौँ । विकास निर्माणका काम सङ्ग सङै जब शान्ति सुरक्षा रहदैन त्यहाँ शान्ति सुरक्षा भएन भने नागरिकहरु त्यहाँ बसोबास गर्ने स्थिति रहँदैन।त्यस कारण मुलभुत कुरा पहिलो शान्ति सुरक्षा जरुरी छ। भवन निर्माणले पक्कै पनि ४४ बर्ष अगाडिको हाम्रो प्रहरी साथीहरू खरको छानोमुनि बसेर आम नागरिकलाई सेवा प्रवाह गरिरहनु भएको थियो र अहिले यो देश बद्लिदो समयानुसार ठुलो बलिदान पछिको संघीयताले एउटा उदाहरण पनि पेश गर्यो । ४४ बर्षसम्म गर्न नसकेको काम संघीयले गर्नु पर्ने कामहरु स्थानीय सरकारले संविधान २०७२ ले अधिकार प्राप्त गर्यो त्यो अधिकार गाउँ स्तरसम्म बजेट आउने बाटो तयार गर्यो। मधुवन स्थानीय सरकारले शसस्त्र प्रहरी बलको भवन निर्माण समेत गरेको छ। हामीले गरेको सहयोग आम नागरिकका लागी स्थापित हुनेछ।"

उहाँले अगाडि थप्नुभयो, "प्रहरी मेरो साथी भन्ने मुल नाराले आत्मसात गर्दै यहाँका विकृति विसंगति, तस्करी र नेपाल सरकारले वन्देज गरेका क्रियाकलापहरु प्रति अंकुश बढ्नेछ भन्ने कुराको विश्वास व्यक्त गर्न चाहन्छु । भोलिका दिनमा पनि त्यस्ता खालका राम्रा काममा स्थानीय सरकार सहयोग सुझावका आधारमा हामी अगाडि बढ्ने छौ। हामी एक्लै केहि गर्न सक्दैन सबै मिलि देश, समाजलाई अगाडि बढाउन र गन्तव्य पनि एउटै भएकोले हातेमालो गर्न जरुरी छ भन्दै हाम्रो घर आँगनमा आई पुगेको बडा दशै, शुभ दिपावलि तथा छट पर्वको उपलक्ष्यमा देश विदेशमा रह्नुहुने र आफ्नो आर्थिक अवस्था हेरि चाड पर्व मनाउन हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु।"


प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्