Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बाँके प्रहरीले ४ किलो सुन पक्राउ गर्‍यो, सुन किनेको कागजात भेटियो, सुन 'वैध' कि 'अवैध' : अब के होला ! 
बाँके प्रहरीले ४ किलो सुन पक्राउ गर्‍यो, सुन किनेको कागजात भेटियो, सुन 'वैध' कि 'अवैध' : अब के होला ! 
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शनिबार, भदौ १९, २०७८

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको राँझा बिमानस्थलबाट ४ किलो सुनसहित २ जनालाई पक्राउ गरेपछि रात नपर्दै सबै संचारकर्मीहरुलाई पत्रकार सम्मेलनमा बोलायो । ४ किलो सुन बरामद भएको कुरा आगो जसरी फैलियो । तर घटनाले अहिले नयाँँ मोड लिएको छ । सुनसहित पक्राउ परेकाहरुसंग सुन किनेको बिल भरपाई पनि भेटियो । अब भने जिल्ला प्रहरी कार्यालय बाँकेले सुन किनेको बिल भर्पाइ सक्कली हो या नक्कली भन्ने कुराको अनुसन्धान सुरु गरेको बताएको छ ।

बुद्ध ज्वेलरी वर्कशप प्राली मैतिदेवी काठमाडौँले सुन बिक्री गर्दा दिएको बिल 
"बिल सक्कली नक्कली पुष्टि भएको छैन"

शुक्रबार साँझ बाँके प्रहरीले ४ किलो सुन सहित २ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । विशेष सुचनाको आधारमा ४ किलो सुन सहित श्री एयरलाइन्सबाट नेपालगन्ज आएका झापा खादुनावारी गा.बि.स वडा नं. ६ बस्ने अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ लेटाङ गा.वि.स.वडा नं २ बस्ने २८ वर्षिय बुद्धिमान खातीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

बिल भर्पाइ भेटिएको थियो भने किन हतारमा पत्रकार सम्मेलन गरियो त ? उनिहरुको सुक्ष्म अनुसन्धान गरेर मात्र सबै तथ्यहरु सहित मिडियामा ल्याउनु पर्थ्यो नि । अब के होला ? भन्ने नेपाल कागजको प्रश्नमा उपरीक्षक अधिकारी यस्तो भन्नुहुन्छ - 

होइन प्रहरीले विशेष सुचनाको आधारमा ४ किलो सुन सहित २ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । हो उनिहरुसंग बिल लगायतका कागजातहरु भेटिएका छन । ति कागजातहरु नक्कली हुन या सक्कली भन्ने कुराको अनुसन्धान भैरहेको छ । अर्को कुरा ४ किलो सुन भनेको सानो परिमाण होइन यो निकै ठुलो परिमाण हो । उनिहरुले यो सुन जुत्तामा लुकाएर ल्याएका छन । यत्तिका तथ्यहरु भेटिएपछि प्रहरीले अनुसन्धान गर्नुपरेन? अब हामीले आजै उनिहरुलाई राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाउँदै छौँ । राजस्व अनुसन्धान कार्यालयलेपनी आफ्नो अनुसन्धान गर्छ । हामी छिट्टै तथ्य सार्वजनिक गर्छौँ ।

  शुक्रबार गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी 

काठमाडौँबाट बिमानमा सवार भएर झापा खादुनावारी बस्ने अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ लेटाङ बस्ने २८ वर्षिय बुद्धिमान खाती ४ किलो सुन लिएर नेपालगन्ज पुगे तर यो घटनाले काठमाडौँको एयरपोर्टको सुरक्षा फितलो छ भन्ने देखाएको छ । बाँके प्रहरीले ठुलो परिमाणमा सुन पक्राउ गरेपछि काठमाडौँ एयरपोर्टबाट ४ किलो सुन कसरी छिर्यो भन्ने प्रश्न उब्जेको छ ?

बाँके प्रहरीले पाएको सफलतामा काठमाडौँ बिमानस्थलमा रहेको सुरक्षा तामझाम र सुरक्षा निकायको असफलता झल्किएको छ । तर विचारणिय पक्ष यो पनी छ कि करीब ४ किलो जती सुनको कागजात भेटिएको छ । कतै काठमाडौँ विमानस्थलको सुरक्षा हेर्ने प्रहरीले कागजात हेरेरै सुन लान दिएको हो कि भन्ने प्रश्न पनी उठ्छ तर बाँके प्रहरीले जुत्तामा लुकाएर ल्याएको दाबी गरेको छ । यदी सुनको बिल थियो र कानुनबाट बर्जित थिएन भने जुत्तामा किन लुकाइयो भन्ने प्रश्न पनी उठेको छ ।

त्यस्तै मिडियालाई प्राप्त कागजहरुमा प्यानमा कारोबार भएको देखिएको छ । करोडौँको कारोबार भ्याटमा हुनुपर्नेमा प्यानमा कसरी कारोबार भयो भन्ने जस्ता धेरै प्रश्नहरु अनुत्तरितनै छन । यो घटना जती सरल देखिन्छ त्यो भन्दा रहस्यमयी छ । सम्पत्ती शुद्धिकरण र राजस्व अनुसन्धान कार्यालयले गहन अनुसन्धान गर्नुपर्ने देखिन्छ ।  

काँचो सुन (६ थान बिस्कुट) ३ किलो ९९४ ग्राम सहित बाँके प्रहरीले सुन जस्तो देखिने १ थान तिलहरी, १ थान बाला, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम ) बरामद् गरेको जनाएको छ । सुन जस्तो देखिनेलाई पनी जोड्दा जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद् भएको छ ।

  
यस्तै सुन चाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाउद्दिन जसगडले बिल भर्पाइ हेर्दा कानुन सम्मत रुपमा सुन आएको देखिने तर बिल सक्कली हो या नक्कली त्यो भने प्रहरीले बुझ्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीले बरामद् गरेको सुन बिलमा देखिए अनुसार काँचो सुन (६ थान बिस्कुट) ३ किलो ९ सय ९३ ग्राम भन्दा अलिक बढी रहेको र यस्को शुक्रबारको मुल्य निर्धारण गर्दा ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैया बराबर आउने जानकारी दिनुभयो । 

उहाँले प्रहरीले बरामद् गरेको सुन बिक्री बुद्ध ज्वेलरी वर्कशप मैतिदेवी काठमाडौँले गरेको देखिएको बताउनुभयो । जसगडले प्रहरीले बरामद् गरेको सुन व्यापारीहरुले कानुन सम्मत ढंगले मगाएको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, " बिललाई मान्नेहो भने अवैध सुन होइन, प्रहरीले पहिला बिलको राम्ररी अनुसन्धान गर्नुपर्छ ।"

सुन त्यसरी व्यक्तिले ल्याउन पाउँछ त ? भनेर प्रश्न गर्दा उहाँले भन्नु भयो, "राष्ट्र बैंकले सबै व्यापारीहरुलाई बोलाएर काठमाडौँमा सुन दिने गर्दछ, हामीले भनिरहेका छौँ कि सुन व्यवसायिहरुको पसल फर्म सम्म ल्याइदिने गर्नु पर्‍यो । अहिले दसैं तिहार आउँदै छ बजारमा सुनको आवश्यकता छ त्यसैलेपनी व्यापारीले सुन किन्ने बेला भयो । बिल अनुसार सुन वैध छ ।"  

यस् बिषयमा बाँके प्रहरी र राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान अघी बढाएको प्रहरीले बताएको छ । घटनालाई सुक्ष्म अनुसन्धान गरेपछि सबै सत्य-तथ्य बाहिर आउने प्रहरीले बताएको छ । अब प्रश्न उठ्छ सुन वैध हो या अवैध यो भने केही दिनमै थाहा हुने प्रहरी स्रोतले बताएको छ ।

अन्तत: कतै बाँके प्रहरीले चाहिने भन्दा धेरै हतार त गरेको होइन ? पहिला भेटिएका कागजात सक्कली हो या नक्कली भन्ने पत्ता लगाएर मात्र घटनाको निचोड निकालेको भए अनुसन्धानको प्रभावकारीताको पक्ष बलियो देखिन्थ्यो । जिल्ला प्रहरी कार्यालय बाँकेले तत्कालिन समयमै काठमाडौँ प्रहरीसंग समन्वय गरेर कागजातको वास्तविकता बुझ्न सक्थ्यो तर प्रहरीले हतार गर्दा वास्तविकता हल्का रुपमा प्रस्फुटित भएको छ । अब कागजात सक्कली हो या नक्कली प्रहरीले छिट्टै सार्वजनिक गरेर भ्रम चिर्नुपर्ने देखिन्छ ।  
    


प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १३:४२
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्