Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • गाईजात्रा : पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व, मृतकलाई स्वर्गमा पुग्न सहयोग पुग्ने मान्यता  
गाईजात्रा : पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व, मृतकलाई स्वर्गमा पुग्न सहयोग पुग्ने मान्यता  
नेपालकागज
नेपालकागज सोमबार, भदौ ७, २०७८

पोखरा । पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता मात्रै नभई कला संस्कृति र रीतिरिवाजले पनि उत्तिकै सम्पन्न छ । यस्तै सांस्कृतिक महत्व बोकेको पर्वका रुपमा पोखराका नेवार समुदायमा प्रचलित तायामचाः नृत्य पनि एक हो । 

यसलाई यहाँका नेवारी समुदायको मृत्यु संस्कारमा आधारित पर्वका रुपमा पनि लिइन्छ । कोरोना महामारीका कारण यहाँ गत वर्ष र यस वर्ष पनि धुमधामका साथ मनाउन नसकिएको यस गाइजात्रा पर्वको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको जानकारहरु बताउँछन् । 

सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजुका अनुसार नेवारहरू यस पर्वलाई  ‘साँपारु’ पनि भन्दछन् । भनिन्छ– राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकी महारानीलाई सान्त्वना दिन गाईजात्रा पर्वको थालनी गर्न लगाएका थिए ।

त्यसबेला शुरू भएको यो जात्रा आज पनि मृतक संस्कारमा आधारित भएरै चल्दै आइरहेको माकाजुले लेख्नुभएको पोखरामा केही जात्रा पत्र पुस्तकमा उल्लेख गरिएको छ ।

मान्यताअनुसार यस दिन धार्मिक कर्म ग¥यो भने मृतकलाई स्वर्गलोक प्राप्त गर्न सहज हुन्छ भन्ने जनविश्वास रहिआएको छ । यो दिन दिवङ्गत भएका आफन्तको गुणगान र उनीहरुप्रति श्रद्धाञ्जलिका साथै हाँसो, ठट्टा र व्यङ्ग्य गर्दै आनन्द लिने पनि गरिन्छ ।

धर्मशास्त्रमा उल्लेखअनुसार जसरी मर्नुअघि गाईको पुच्छर समातेर वैतरणी गरे स्वर्ग पुगिन्छ भन्ने शास्त्रीय मान्यता छ, त्यसरी नै मृतकलाई यस कार्यबाट स्वर्गमा पुग्न सहयोग पुग्न सक्दछ भन्ने आस्था रहिआएको उक्त पुस्तकमा उल्लेख छ । 

गाईजात्राको दिन (श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट) मृतकको सम्झनामा गाई निकाल्ने गरिन्छ । डोको भित्र मान्छे पसेर मृतकको फोटो सजाएर बाँसको लिङ्गलाई गाईको सम्झना गरिन्छ ।

यसरी सम्झना गर्दा आफ्नो घरमा मात्र नभई अरुको घरमा घटेको घटना पनि थाहा हुने सहानुभूति र सान्त्वनाको सञ्चारमा हुने गरेको पाइन्छ । 

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरामा नेवार समुदायको बस्ती शुरु भएदेखि नै यस पर्वको शुरुआत भएको हुनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन बाइसेचौबिसे राजा सिद्धिनारायाण शाहले विसं १८२५ अगाडि नै भक्तपुरबाट २६ घर नेवार ल्याए विन्ध्यवासिनीदेखि गणेश टोलसम्म बस्ती बसाए जसलाई २६ कुरिया नामकरण गरियो ।

पछि बगाले टोल, रामकृष्ण टोल, गणेश टोल, भीमसेन टोल, मोहरिया टोल लामाचौतारा हुँदै नाम परिवर्तन हुँदै आयो । त्यसयता नै पोखरामा यस पर्व मनाउन थालिएको हुनसक्ने उहाँको अनुमान छ ।  

यस पर्वको शुरुआतका सन्दर्भमा संस्कृतिकर्मी श्रेष्ठ भन्नुहुन्छ, “मृत्यु संस्कारमा आधारित यस पर्व राजा प्रताप मल्लले आफ्नी रानीलाई सान्त्वना दिने उद्देश्यका साथ यस्ता घटना अरुको पनि हुन्छन् भनेर देखाएर रानीको मन भुलाउन प्रारम्भ गरेको पाइन्छ ।”

श्रेष्ठले  ख्याली बनाई हसाउने प्रयत्न गरेको, एउटा मनोवैज्ञानिक समस्या समाधानको उपाय खोजी पनि यस पर्वमा जोडिएको साथै अर्कातर्फ यस पर्वले वर्षभरि शहरमा कति मानिसको मृत्यु भयो भनेर तथ्याङ्क सङ्कलन गर्न पनि सहज हुने गरेको बताउनुभयो । 

पछिल्लो समय प्रविधिको प्रयोग र अनेक उत्सव महोत्सवले गाइजात्राको महत्वलाई घटाए पनि ऐतिहासिक सांस्कृतिक पक्षबाट हेर्दा यो पर्वको महत्व निकै रहेको उहाँको भनाइ छ । यसरी शुरू भएको यो महत्वपूर्ण जात्राका दिन पोखरामा सक्नेले मृतकको सम्झनामा रामायण प्रदर्शनसमेत गर्ने परम्परा रहिआएको छ ।

रामायण प्रदर्शन मा भगवान् रामको जीवन झल्काउने गरी झाँकी प्रदर्शन गरिन्छ । प्रदर्शनमा विशेषगरी आफ्नै सन्तानलाई राम, लक्ष्मण र सीताको भेष धारण गर्न लगाइन्छ । अर्कातिर हनुमान, जाम्बवान, नारद, राधाकृष्ण, शिव, पार्वती आदिका झाँकी बनाएर भजन कीर्तन गर्दै नगर परिक्रमा गराइन्छ । यसरी प्रदर्शन गर्नाले मृतकले स्वर्गमा स्थान प्राप्त गर्दछन् भन्ने जनविश्वास रहेको छ । 

नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार गाइजात्रा अर्थात् तायामचाः प्रतियोगिता विसं २०५२ बाट निरन्तररुपमा गरिँदै आइएको छ । त्यसअघि विभिन्न अवसरमा गाईजात्रा देखाउँदै आए पनि २०५२ सालदेखि निरन्तर प्रतियोगिता हुँदै आएकामा गत वर्ष र यस वर्ष कोरोनाका कारणले प्रतियोगिता भएन ।

मृतकका घरमा गाई निकाल्ने कार्य भने हुँदै आएको छ । यस पर्वमा चार परी र एक जोकर नचाइन्छ भने झ्याली, खिं र शहनाई बजाइन्छ । पोखरामा प्रदर्शन गरिने यो तायामचा हेर्न गाउँगाउँबाट पनि मानिस आउने गरेको पालिखेको भनाइ छ ।

“लोप हुँदै गएको यो संस्कृतिलाई बचाउन हरेक वर्ष प्रतियोगितात्मकरूपमा आयोजना गर्दै आएकामा कोभिड– १९ को महामारीका कारण गत वर्ष र यस वर्ष निरन्तरता पाउन सकेन”, पालिखेले भन्नुभयो ।

निकै पुरानो इतिहास बोकेको कास्कीमा प्रचलित विभिन्न पर्वमध्येको एक गाईजात्रा पर्व अर्थात् तायामचा पनि हो । उहाँका अनुसार पहिला पाँच सात टोलमा मात्र हुने यो प्रतियोगिता पछिल्लो समय ३३ वटा टोलमा हुँदै आएको थियो ।  

नयाँबजार सांस्कृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ धार्मिक परम्परा र व्यङ्ग्यात्मकरूपमा यो नाचको महत्व दर्शाउनु हुन्छ । उहाँका अनुसार मान्छेलाई सिङ बनाई महिलाका लुगा दुपट्टा, तास, ढाका र अन्य चोलो डोकोमा बेरी गाईलाई पूजा गर्दै बजार परिक्रमा गराइन्छ ।

नृत्यमा चारजना परी र एक जना नाङ्गेच्यालाई बाजाको तीन तालमा नचाउने गरिन्छ । नेपाली संस्कृति संरक्षणका लागि हुँदै आएको यस्ता गाईजात्रा पर्वले नयाँ पुस्तालाई यसको ऐतिहासिक सांस्कृतिक महत्व बुझ्न अवसर मिल्दै गएको उहाँको भनाइ छ । 


प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्