Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बर्दियामा हात्ती आतंकको ९ औँ दिन : बन कार्यालय बर्दिया चिर निद्रामा, जागाराम अवस्थामा स्थानीय 
बर्दियामा हात्ती आतंकको ९ औँ दिन : बन कार्यालय बर्दिया चिर निद्रामा, जागाराम अवस्थामा स्थानीय 
हरि गुरुङ
हरि गुरुङ बिहीबार, भदौ ३, २०७८

बर्दिया । जिल्लाको मधुवन नगरपालिकाको वडा नं.-१,२ र ३ मा हात्तीको आतंक बद्ढो क्रममा रहेको छ । करिब ९ दिन अगाडिदेखि दिनहुुँ जसो हात्ती गाउँमा पस्न लागेपछि स्थानीय त्रसित अवस्थामा रहेका छ्न ।

भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट खाता जैविक मार्ग हुदै मधुवन नगरपालिकाका विभिन्न वडामा हात्ती पस्ने गरेको छ। प्रत्येक दिन जसो हात्ती गाउँ पस्न लागेपछि यहाँका स्थानीयहरु रात रातभर जागाराम बस्ने अवस्था आएको छ । स्थानिय जनता रातभर नसुतेर जागाराम बसेको ९ दिन भैसकेको छ ।  

हात्ती गाउँ पस्न थालेपछि डर र त्रासले यहाँका बासिन्दाहरु घर बाहिर टर्च लाईटको साहरामा खुल्ला आकासमुनि समुह बनाएर बस्ने गरेका छ्न ।

स्थानीयहरुले बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बर्दियाले आफ्नो समस्यालाई हल्का रूपमा लिएको, मानिसको ज्यान जान सक्ने गम्भिर प्रकृतिको घटना दिनहुँ घटिराख्दापनी डिभिजन वन कार्यालय बर्दियाका अधिकारीहरुले केहि थाहा नपाएको जस्तो गरेर आफ्नो समस्यामा साथ नदिएको गुनासो गरेका छन ।

 

स्थानिय जनताहरुका अनुसार हात्ती दिनहुँजसो गाउँ पस्न लागेपछि सम्पूर्ण गाउँनै असुरक्षित भएको छ । सबैभन्दा कहालीलाग्दो अवस्था बाल-बालिकाहरुको छ । बालबालिकाहरुले हात्तीको डरले खाना खान समेत नपाएको यहाँँका स्थानीय अगुवाहरुको भनाइ छ । 

त्यस्तै मधुवन नगरपालिका वडा नं।-१ का वडा सदस्य दिल बहादुर चौधरीका अनुसार लाखौंँ रुपैयाको बजेट मानव-वन्यजन्तु द्वन्द न्युनिकरणकालागी डिभिजन वन कार्यालय बर्दियामा आउने गरेतापनी सो बजेट कहाँ-कसरी र कस्ले परीचालित गरेको छ भन्ने कुरा कसैलाइपनी थाहा नभएको बताउनुभयो ।  

टिका कुमारी मल्ल
मधुवन नगरपालिका वडा नं.-१ छोट्कि टडुवा निवासी पीडित

मधुवन नगरपालिका वडा नं.-१ छोट्कि टडुवा निवासी पीडित किसान टिका कुमारी मल्लले डिभिजन वन कार्यालय बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जबाट कुनै किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग - सहानुभुति नाआएको बताउनुभयो । कार्यालय  वा राज्यले हाम्रो समस्या कहिले पनि बुझेन या बुझ्न चाहेन हामीले पहिलेदेखि नै मेस वाईर फेन्सिङ्ग तार जाली माग गरेका थियौ तर अहिलेसम्म पनि पाएका छैनौँ । जंगली जनावरले हाम्रो धान बाली खाइदियो, हाम्रा छोराछोरी भोकै छन, ज्यान जोखिममा छ, के हामी यस देशका नागरिक होइनौँ र ? हामी बाँच्न पाउने अधिकार छैन र ?

राजाराम थारु
मधुवन नगरपालिका वडा नं.-१ छोट्कि टडुवाका किसान

मधुवन नगरपालिका वडा नं.-१ छोट्कि टडुवाका किसान राजाराम थारु भन्नुहुन्छ, "आज ९ दिन भयो हात्ती आउन थालेको छ । यो बर्ष सबैभन्दा बढि अन्नबालि खाई नष्ट गरेको छ । दुखि किसान सधैभरि दुखि नै हुने भएका छौ । हामीलाई मेस वाईर जालि अनिवार्य चाहिएको छ जस्ले गर्दा हाम्रो अन्नबालि जोगाउन सकियोस सबैभन्दा मुख्य कुरा हाम्रो ज्यान जोगियोस ।" 

दिलमाया मल्ल
मधुवन नगरपालिका वडा नं.-१ छोट्कि टडुवा निवासी पीडित

मधुवन नगरपालिका वडा नं.-१ छोट्कि टडुवा निवासी पीडित किसान दिलमाया मल्ल भन्नुहुन्छ, "हाम्रो कुरा कसैले पनि सुन्दैन ।अझैसम्म कोहि पनि कार्यालयका सरहरु आउनु भएको छैन । हामी कस्तो अवस्थामा बाँचिरहेको छौ भन्ने कुरा हामीलाई थाहा छ । हामीहरु भोकभोकै बसेपनि हाम्रो समस्या बुझ्न कोहि आएको छैन । बर्खा भरि दुख गरि खेति गर्यो हात्ती, बंदेल आएर खाइदिन्छ । जंगली जनावरले खाए हामी राहत नपाउने तर जनावरलाई केहि हानि भए हामी जेल जाने त्यहि भएर हाम्रो माग मेस वाईर फेन्सिङ्ग तार जालिको आवश्यकता परेको छ । सबै भन्दा मुख्य कुरा हाम्रा नाबालक बच्चा-बच्चिको ज्यान जोखिममा परेको छ ।"

प्रशुराम चौधरी
अध्यक्ष
मधुवन नगरपालिका वडा नं.-१

मधुवन नगरपालिका वडा नं।-१ का वडा अध्यक्ष प्रशुराम चौधरी भन्नुहुन्छ, "हात्ती आतंक ९ दिन भै सक्दा पनि डिभिजन वन कार्यालय बर्दियाले वडा कार्यालयसङ्ग कुनै पनि समन्वय गरेको छैन । मधुवन नगरपालिका वडा नं.-१ र २ राष्ट्रिय वनमा पर्द्छ । हात्तीले घर भत्काउदा होस वा बाली खाँदा होस् वनका कर्मचारीले हामीसंग कहिल्यै समन्वय गर्दैनन, स्थानियको समस्या बुझ्दैनन । हामीले धेरैपटक अनुरोध गरिसक्यौँ समन्वयमा काम गरौँ भनेर तर वनले कहिल्यै वास्ता गरेन त्यसैले आज यहाँँका जनता त्रासमा बाँचिरहेका छन । धेरै अगाडि देखिनै हामीले मानव-वन्यजन्तु द्वन्द न्युनिकरणमा हातेमालो गर्दै हिँडौ भनेका हौँ तर वनले खासै चासो दिएन । डिभिजन वन कार्यालय बर्दियाले जिम्मेवारीपुर्वक यो समस्याको समाधानकोलागी आफ्ना कर्मचारी खटाईदिनुपर्छ ।"

दिल बहादुर चौधरी

मधुवन नगरपालिका वडा नं।-१ का वडा सदस्य

मधुवन नगरपालिका वडा नं।-१ का वडा सदस्य दिल बहादुर चौधरी भन्नुहुन्छ, "डिभिजन वन कार्यालय बर्दियाले राहत भन्दा पहिले ज्युज्यान, अन्नबालि बचाउन लाग्नु पर्यो । किन डिभिजन वन कार्यालय बर्दियाको उपस्थिति हुदैन यस्को खोजी निति तँपाइहरुले खोजिनिती गर्नुपर्‍यो । जनताहरुको आक्रोश बढ्दै गैइरहेको छ । वन्यजन्तु संरक्षण त गरियो हामीले के पायौं फाइदा ? बरु ज्यान हाम्रो गएको छ, अन्नबाली हाम्रो नोक्सान भएको छ । बर्ष भरि खाउला भनि लगाएको बाली हात्तीले खाई नष्ट गरिदिने गरेको छ । यस संचार माध्यमबाट भन्न चहान्छु छिटोभन्दा छिटो डिभिजन वन कार्यालय बर्दियाको ध्यान जावोस ।"

 

 


प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १४:४२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्