Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • वन्यजन्तुबाट पीडितलाई सहयोग गर्दै नगर प्रमुख केसीले भने - 'म जनाताको आवाज हुँँ, गुन्जिरहनेछु'
वन्यजन्तुबाट पीडितलाई सहयोग गर्दै नगर प्रमुख केसीले भने - 'म जनाताको आवाज हुँँ, गुन्जिरहनेछु'
हरि गुरुङ
हरि गुरुङ सोमबार, साउन १८, २०७८

तस्बिर : राहत हस्तान्तरण गर्दै मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर के.सी(कृष्ण) 

बर्दिया । मधुवन नगर क्षेत्रमा बस्ने नगरवासीहरु लामो समयदेखी वन्यजन्तुबाट पीडित छन । मानव-वन्यजन्तु न्युनिकरणका बिभिन्न उपायहरु यहाँँ कार्यरत संघ-संस्था तथा स्थानिय निकायले अबलम्बन गरिरहेका छन तरपनी मानव-वन्यजन्तु द्वन्द बढीरहेकै अवस्था रहेको छ । यहाँँका स्थानियले लगाएका बाली जनावरले नष्ट गर्ने देखी आक्रमण गर्ने सम्मका घटनाहरु भैरहेका छन । धेरै नगरवासीहरु भण्डारण गरि राखेको अन्नबालि र घर जनावरले नष्ट गरिदिनाले र चौपाया मारिदिनाले पीडित छन ।

सामान्य लाग्ने तर विकराल समस्याको रुपमा बढ्दै गएको घटनाका पीडितहरुलाई सहयोग गर्ने अभियानमा लाग्नुभएको छ मधुवन नगरपालिका नगर प्रमुख गणेशबहादुर के.सी(कृष्ण) । मधुवन नगरपालिकाका नगर प्रमुखको विशेष पहलमा अहिले नगरपालिकाले पीडितहरुलाई सहयोग अभियान संचालन गरेको छ । 

नगर प्रमुख के.सी.(कृष्ण)ले नियम बमोजिम नगरपालिकाबाट आफुले ​पाउने सेवा-सुबिधा नलिएर-कटौती गरेर बचाएको रकमबाट स्थानियवासिहरुलाइ सहयोग गरिरहनुभएको छ भने यो सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै अभियान स्वरुप अगाडि लग्नुभएको छ । उहाँको अभियान केही समययता सुरु भएपछि मानव-वन्यजन्तु द्वन्दबाट पीडित भएका स्थानिय जनता लाभान्वित भएका छन । नगरप्रमुख के.सी(कृष्ण)ले जंगली हात्तीबाट पीडित बन्न पुग्नुभएका मधुवन नगरपालिका वडा नं.-१ निवासी रेशम थारुलाई बिहिवार घरमै गएर राहत रकम उपलब्ध गराउनुभएको छ । 

जंगली हात्तीले थारुको घरमा भण्डारण गरि राखेको अन्नबालि नष्ट गर्नुका साथै घर समेत भात्काइदिएको थियो । अती विपन्न रेशम थारुको घरको भित्तानै हात्तीले भत्काइदिएपछि भित्ता बिनाको घरमा थारुको परीवार सुत्न वाध्य हुनुभएको छ । थारुले राहत स्वरुप सहयोग रकम नगर प्रमुख केसी बाट बुझ्दै एक वाक्य मात्र भन्नुभयो, "अब म घरको भित्ता बनाउँछु र परिवारलाई सुरक्षित राख्छु ।"

तस्बिर : हात्तीले भत्काएको रेशम थारुको घर              

थारुको घरमा भण्डारण गरि राखेको चामल, धान, गहुँ र तोरी लगायतका अन्नबालि गेरुवा कर्णाली सामुदायिक वनबाट आएको जंगली हात्तीले नष्ट गरेको थियो । मधुवन नगरपालिका वडा नं.-१ का वडा अध्यक्ष प्रशुराम चौधरी र प्रहरीले गरेको मुल्यांकन अनुसार थारुको करिब ५० हजार रुपैयाँ बराबरको धन सम्पत्तिको क्षति भएको छ । आफ्नो सम्पत्ति क्षतिबाट आहत हुनुभएका रेशम थारुले छिटोछरितो राहत दिएकोमा नगरप्रमुख के.सी.लाई धन्यवाद दिनुभएको छ । मधुवन नगरपालिका नगरप्रमुख के.सी(कृष्ण)ले आफु स्वयं पीडितको घरमा उपस्थिति भै ब्यक्तिगत रु.१२ हजारको चेक राहत स्वरुप उपलब्ध गराउनुभएको हो ।
   
रेशम थारु त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । जंगली जनावरको त्रासमा यहाँँका स्थानियले दिन र रात बिताइरहेका छन । पछिल्लो समय जंगली हात्ती लगायतका जनावर वस्तीमा छिरेर जन-धनको क्षती गरेका घटना बढिरहेका छन । यस्ता घटनाका पीडितहरुलाई नगर प्रमुख केसीले सहयोग गर्दै आउनुभएको छ । 

उहाँले नेपाल कागजसंग कुरा गर्दै भन्नुभयो, " जनताको छोरालाई जनताले आज नगरप्रमुख बनाएर पठाए, मैले आज नगरे कहिले गर्ने? र मैले नगरे कस्ले गर्ने ? म जनताबाटै आएको हुँँ । म जनाताको प्रतिनिधि मात्र होइन प्रतिबिम्ब हुँँ, आवाज हुँँ गुन्जिरहने छु ।"


प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०९:५६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्