Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बुद्ध एयरको आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान सुरु : चौध घण्टाको यात्रा अब ३५ मिनेटमै !
बुद्ध एयरको आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान सुरु : चौध घण्टाको यात्रा अब ३५ मिनेटमै !
नेपालकागज
नेपालकागज आइतबार, साउन १७, २०७८

गण्डकी । पोखराबाट नेपालगञ्जसम्म  सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा ।

लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान भर्न थालेको छ । हवाई उडानबाट ३५ मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ । 

पहिलो चरणमा हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार तीनवटा उडान भर्ने योजनाका साथ आजदेखि उडान शुरु गरिएको उक्त संस्थाका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । 

गत वैशाख १८ देखि नै पोखरा–नेपालगञ्ज सिधा उडान थाल्ने योजना बनाइए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को असरले उक्त योजना सञ्चानमा ल्याउन कठिन भएकामा  हाल हप्ताका निर्धारित तीन दिन बिहान ९:१० बजे नेपालगञ्जका लागि उडान हुनेछ । त्यस्तै नेपालगञ्जबाट १०:०० बजेको उडानबाट यात्रुहरू पोखरा आउन पाउनेछन् ।

प्रत्येक उडानका लागि टिकटदर सस्तोमा चार हजार ९३५ रुपैयाँ छ भने अधिकतम रू सात हजार ६३५ छ । त्यस्तै मध्यमदरको टिकट पाँच हजार ५३५ रुपैयाँको छ । 

हाल १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पोखरा–नेपालगञ्ज उडान थालिएको जानकारी दिँदै उहाँले यात्रुको चापअनुसार उडान सङ्ख्याका साथै ठूला जहाजसमेत थप्न सकिने बताउनुभयो ।

पर्यटकीय नगरी पोखराबाट हवाई उडानमार्फत ३५ मिनेटमा नेपालगञ्ज पुग्ने पर्यटक त्यहाँबाट नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज,कर्णाली चिसापानी, रारालगायत स्थान पनि जानसक्ने भएकाले पर्यटन विकासमा समेत योगदान पुग्ने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

साविकको धवलागिरिका पर्वतलगायत स्थानबाट ठूलै सङ्ख्यामा नेपालगञ्जसहित बाँके, बर्दीयामा मानिस बसाइँ सरेका छन् । कास्कीकै तारकाङ, तप्राङलगायत स्थानबाट पनि उक्त क्षेत्रमा बसाइँ सर्नेको सङ्ख्या ठूलो छ ।

बसाइँ सरेर जानेहरूका साथै पर्यटकको रुपमा आवतजावत गर्न चाहनेहरूका कारण पोखरा–नेपालगञ्ज हवाई उडान गर्नेको सङ्ख्या बढ्ने विश्वास लिइएको स्टेशन म्यानेजर बरालले बताउनुभयो । 

पोखरालाई आधार बनाएर नयाँ गन्तव्यमा उडान भर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग गरिरहेकामा काठमाडौँपछिको दास्रो पर्यटन केन्द्र बनाउने प्रयासमा यहाँका पर्यटन व्यवसायी लागिपरेका छन् । 

यसअघि अघिल्लो वर्ष फागुनमा नाट्टा गण्डकी प्रदेश र नेपालगञ्ज बाँके च्याप्टरको संयोजनमा सीता एयरको जहाज चाटर्ड गरी हप्तामा तीनवटासम्म उडान थालिएको थियो ।

लगभग दुई महिना चाटर्ड गरी उडान गरिए पनि पुनः कोरोनाको दोस्रो लहरका कारण उक्त योजनामा असर परेको नाट्टा गण्डकी प्रदेशका सदस्य एवं हवाई उपसमिति संयोजक सन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।

बुद्धले नेपालगञ्जका साथै चाँडै नै विराटनगर र सिमरामा पनि उडान भर्ने तयारी गरेको छ । हाल पोखरा–काठमाडौँ दैनिक आठवटा उडान भरिरहेकामा  पोखरा–भैरहवा दैनिक दुई र पोखरा–भरतपुर दैनिक एउटा उडान भरिरहेको छ ।

पोखरा र नेपालगञ्जबीचको उडानसँगै बर्दीया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारासम्मको यात्रा गर्न भारतको लखनउ, कानपुर, दिल्लीसम्मका पर्यटकको चाप पोखरामा बढ्ने विश्वास लिइएको छ ।

यहाँका धार्मिक तथा पर्यटकीयस्थल विन्ध्यवासिनी, तालबाराही, नेपालगञ्जको बागेश्वरीलगायत तीर्थस्थल पुग्न चाहनेका लागि पनि यो उडान फलदायी बन्ने विश्वास लिइएको छ । 

कोरोनाका कारण भारतीय बोर्डर नखुल्दा आवतजावत रोकिए पनि अवस्था केही सहज भएसँगै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन पनि यो उडान बहुउपयोगी बन्ने नाट्टा प्रदेश अध्यक्ष सिग्देलको भनाइ छ ।

पोखरालाई आधार बनाएर काठमाडौंँसहित विभिन्न शहरबाट हाल दैनिक एक हजार ५०० यात्रु हवाई उडानबाट आवतजावत गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख विक्रम गौतमले बताउनुभयो ।

कोरोना कहरअघि पोखराबाट दैनिक ३० नियमित उडान हुने गरेकामा अहिले भने १० उडान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

यात्रुको स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिएको उल्लेख गर्दै उहाँले कोरोना कहर अघि पोखरालाई आधार बनाएर दैनिक पाँच हजारसम्म यात्रु हवाई उडानमार्फत आवतजावत गरिरहेको बताउनुभयो । 


प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १४:०२
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्