Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • स्वतन्त्र पहिचान जोगाएको सिन्धुलीगढी
स्वतन्त्र पहिचान जोगाएको सिन्धुलीगढी
पूर्णप्रसाद मिश्र
पूर्णप्रसाद मिश्र शुक्रबार, साउन १५, २०७८

   
सिन्धुलीगढी (सिन्धुली), १५ साउन (रासस)     
वरिपरिका डाँडाकाँडा, त्यसमाथिका हिमाल शृङ्खला देखिने सिन्धुलीगढी नाका भएर नेपाललाई कब्जा गर्न इष्ट इण्डिया कम्पनी आउँदैछ भन्ने सूचना पाएपछि नेपाली फौजले यहाँका बुट्यान र रुखमा लुकेर शत्रुमाथि आक्रमण गरे।     
     
 विसं १८२४ असोज महिनामा साम्राज्य फैल्याउँदै हिँडेको अङ्ग्रेज सेनाका सेनापति किनलकका नेतृत्वमा नेपालको राजधानी काठमाडौँ कब्जा गरी नेपाललाई पनि इष्ट इण्डिया कम्पनीको एउटा भाग बनाउने प्रमुख उद्देश्यले अघि बढेको इतिहासमा उल्लेख छ। यो सूचना पाएपछि नेपाली फौजल सिन्धुलीको यही डाँडामा विभिन्न गढीलगायत संरचना बनाएर एकाएक शत्रुमाथि धावा बोलेका थिए।     
     
आधुनिक हातहतियारले सुसज्जित दुई हजार ४०० फौजलाई त्यसको आधा सङ्ख्यामा रहेको नेपाली फौजले परास्त गरेको थियो । नेपालीले फौजले इष्ट इण्डिया कम्पनीलाई परास्तमात्र गरेन एक हजार ६०० अङ्ग्रेज सेनालाई सिन्धुलीगढीको जङ््गलमै इहलीला समाप्त पारिदिएका थिए। सिन्धुलीगढीको बाटो काठमाडौँ प्रवेश गरी नेपाललाई आफ्नो हातम लिने अङ्ग्रेजको योजना फेल भयो। अङ्ग्रेज सेनाका सेनापति किनलक सिन्धुलीगढीको जङ्गलमा भएको युद्धमा घाइते भएका थिए।     
     
नेपालको सार्वभौमिकता बचाउन सफल यो युद्धको इतिहास भावी पुस्तालाई जानकारी दिने उद्देश्यले सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण भएको छ। नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार उद्घाटन गर्नुभएसँगै आगन्तुकको भीड लाग्न थालेको छ। स्थानीयवासीलगायत बिपी राजमार्ग भएर यात्रा गर्नेको आकर्षक गन्तव्यस्थलका रुपमा यो ऐतिहासिकस्थल स्थापित हुने भएको छ।     
     
उद्घाटनकै दिन सङ्ग्रहालय अवलोकनका लागि पुग्नुभएका तेह्रथुमका रामचन्द्र बराल इतिहासको पानामा रहेको विषय प्रत्यक्षरुपमा अवलोकन गर्न पाउँदा खुसी लागेको बताउँछन्। ‘पहिले सिन्धुलीढीको नाम चले पनि हेर्न लायक कुरा केही थिएन, भग्नावशेष गढीमा एउटा अग्लो झण्डामात्र राखिएको थियो, अब सङ्ग्रहालय निर्माणसँगै तत्कालीन समयमा नेपाली सेनाले देखाएको शुरता र वीरताको इतिहास प्रत्यक्षरुपमा हेने पाउँदा धेरै मानिसको आकर्षणको केन्द्र बन्ने भएको छ’, उनले भने। 
     
उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश, युद्धका बेला प्रयोग गरिएको तोप, त्यसबेला नेपाली सेनाले प्रयोग गरेका भाँडाकुँडा, युद्धका बेला सूचना आदानप्रदान गर्न प्रयोग भएका बाजागाजाले धेरै आगन्तुकको ध्यानाकर्षण गरेको छ।     
     
अवलोकनकर्ता सङ्ग्रहालय हेरेपछि त्यसबेलाको इतिहास जीवन्तरुपमै आँखाअघि आएजस्तो लागेको बताउँछन्। लामो प्रतीक्षापछि सङ्ग्रहालय हेर्न पाउँदा खुसी लागेको सुनाउनुहुने स्थानीयवासी रमिला गुरुङ नेपाल कसरी सुरक्षित बनेको रहेछ भन्ने थाहा पाउन सङ्ग्रहालयले सहयोग गरेको बताउँछिन्।     
     
नेपाली सेनाको अग्रसरतामा नेपाल एकीकरणमा उपयोग गरिएका मार्ग, किल्ला र गढीको संरक्षण गर्ने नीतिअनुरुप यो सङ्ग्रहालय निर्माण गरिएको हो। एकीकरणका क्रममा उपयोग भएका यस्ता ऐतिहासिकस्थललाई संरक्षण गर्ने कामलाई प्राथमिकतामा राखिएको सेनाले जनाएको छ। यसलाई सरकारले पनि नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको छ।     
     
सङ्ग्रहालय उद्घाटन कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ऐतिहासिकस्थल संरक्षणलाई सरकारले प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता गरे। युद्धको २५३ वर्षपछि सङ्ग्रहालय निर्माण भएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापा देशका अन्य स्थानमा रहेका यस्तै स्थललाई पनि संरक्षण गरी पर्यटकीयस्थलका रुपमा विकास गरिने प्रतिबद्धता जनाए।     
     
सङ्ग्रहालय परिसरमा शालिक     
     
प्रधानसेनापति थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गर्नुभएको छ । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो। ऐतिहासिक युद्धस्थलमा निर्माण भएको शालिक १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको हो। नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो।     
     
सङ्ग्रहालय क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्ने कामलाई चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका दिएको नगर प्रमुख खड्गबहादुर खत्री बताउँछन्। अङ्ग्रेज सेनाका सेनापति घाइते भएको सिन्धुलीगढीको जङ्गलको भागमा उद्यान निर्माण गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने नगरपालिकाले जनाएको छ।     
     
अङ्ग्रेजलाई पनि पुर्खा हारेको सिन्धुलीगढी एकपटक घुम्नुपर्ने स्थल रहेछ भन्ने सन्देश दिने गरी यहाँ संरचना निर्माण गरिने उनको प्रतिबद्धता छ। संरचनालाई पुरातात्विक महत्वका साथ निर्माण गरिने पनि नगरपालिकाले जनाएको छ। रासस
 


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्