Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • थामियो पानी, थपियो कहर
थामियो पानी, थपियो कहर
नेपालकागज
नेपालकागज आइतबार, साउन १०, २०७८

महोत्तरी । गत मध्य असारसँगै शुरु भएको साताव्यापी मुसलधारे वर्षाले घर ढालेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर समस्या नै समस्याको भुमरीले रनभुल्ल हुनुहुन्छ ।

“घर ढलेर आकाशमुनिको बास बन्यो, बनीबुतो गरेर घरमा राखेको अन्नपात डुबानमा पर्दा जहान बालबच्चाको मुखमा माड लाग्ने बाटो खोसियो”, कापर बिरक्तिँदै भन्नुहुन्छ, “बर्खाकालमै छौँ, झुप्रो ठड्याएर बालबच्चा ओत्याउने र भोक कसरी टार्ने भन्ने चिन्ताले पिरोल्छ ।” साउन दोस्रो साता प्रारम्भसँगै पानी पूरै थामिएर टन्टलापुर घाम लाग्न थालेपछि कापरले भन्नुभयो, “पानी त थामिएजस्तो छ, तर हामी गरिबको कहर (कष्ट) थामिएन, यो त थपिँदै पो गयो ।”

मध्य असारपछिको साताभरि र साउन पहिलो साताको तीन दिनसम्म लगातार परेको मुसलधारे वर्षा महोत्तरीमा गत बुधबारयता थामिदै गएको छ तर त्यो मुसलधारे वर्षाको कहर भने कायमै हुँदा यहाँका कापरजस्ता बाढी, डुबानपीडित अझै सामान्य हुनसकेका छैनन् । जसका घर ढले, ठडिन सकेका छैनन् । अन्नपात सडेर, बगेर गयो । मध्य बर्खामा बास र गाँस खोसिँदा हिउँद लागुञ्जेलसम्म कसरी बाँच्ने भन्ने पिरोलो बढेको सो बस्तीकै मुसहरी टोलकी सुशीला सादा बताउनुहुन्छ । “हिउँद नलागी झुप्रो के ठड्याउन सकिएला र ?” सुशीलाकै  भनाइमा लय मिलाउँदै उहाँकै छिमेकी हेमकुमारी सादा भन्नुहुन्छ ।

गत असार १५ गते रातिदेखि असार २२ गतेसम्म मुसलधारे वर्षा भएको थियो । असार अन्तिम साता पनि छिनछिनमा पानी परिरहेको महोत्तरीवासी सम्झन्छन् । साउन लागिकन पनि गत मङ्गलबारसम्म चोटिलो वर्षा भएको थियो । पछिल्लो वर्षाको पानी र बाढीको ताण्डवले जिल्लाका ५०० भन्दा बढी घर डुबानमा परेका थिए । त्यसमध्ये २० घर लडेका जिल्ला दैवी प्रकोप उद्धार समितिले नै स्वीकार गरेको छ तर घर ढलेका पीडितसम्म राज्यका कुनै निकायको उपस्थिति नहुँदा यो सङ्ख्याभन्दा निकै बढी घर क्षति भएका बर्दिबास–१३ का बासिन्दा नेकपा (एमाले) बर्दिबास नगर कमिटीका अध्यक्ष उमेशसिंह दर्लामी बताउनुहुन्छ ।

मुसलधारे वर्षासँगैको बाढीले महोत्तरीमा २०० बिघाभन्दा बढी जग्गा कटान गरेको छ । बर्दिवास नगरपालिका–६, ७, ८, ९, १० , ११  र  भङ्गाहा नगरपालिका–१, २, ४ र ६ मा रातु नदीको बाढीले १५० बिघाको बाली र जग्गा कटान गरेको छ । त्यसैगरी जङ्घा, मरहा र बाँकेसहितका नदीले  गौशाला नगरपालिका–८, १० र ११ मा ५० बिघाभन्दा बढी जग्गा कटान गरेको त्यहाँका बासिन्दाले बताएका छन् । “खेतमा लगाइएको बाली बाढीले लग्यो, घरमा बाँकी अन्नपात छैन”, भङ्गाहा–५ सीतापुर धतियाटोलका शोभित खत्वे भन्नुहुन्छ, “गुजारा कसरी चलाउने होला, पापी पेट बाढी, पानी केही बुझ्दैन ।”

जिल्लाका नदीले सिरानमा कटान र मध्य तथा दक्षिणी क्षेत्रमा डुबान गर्दै आएका छन् । यसपालि बर्दिबासका कृष्णपुर, मनहरिपुर, हाथीलेट, पशुपतिनगर, खयरमारामा जग्गा कटान भएका छन् । त्यसैगरी  भङ्गाहा नगरपालिकाका रामनगर, पलार, सिङ्ग्याही, कविलाशा, जमुनिंया र हतिसर्वासहितका बस्ती र गौशाला नगरपालिकाका बेलगाछी, भाण्टाबारी, पडरिया, लक्ष्मीनियाँ र भरतपुरसहितका ठाउँमा  कटान बढाएको हो । रातु नदीको बाढीले बलवा नगरपालिका–११ भगवतीपुरमा पनि २० बिघा जग्गा कटान गरेको सो बस्तीकै मुसहरीटोलका उत्तिम माझी मुसहर बताउनुहुन्छ । “बर्दिबास, भङ्गाहा र हाम्रो नगरपालिका (बलवा)को सिरानसम्म कटान हुने गरेको छ”, वर्षौँवर्ष बाढी र डुबानको कहर खेप्दै आएका ६५ वर्षीय मुसहर भन्नुहुन्छ, “यहाँभन्दा दक्षिणचाहिँ नदीको सतह भरिँदै गएको हुँदा डुबान समस्या हुने गरेको छ ।”

डुबानले सबैभन्दा बढी जिल्लाको सुदूर दक्षिणको जलेश्वर नगरपालिका क्षेत्र प्रभावित हुने गरेको छ । यसपालि मध्य असारअघि पानी नभएर र त्यसयता डुबानले गर्दा अपेक्षित धान रोपाइँ हुन नसकेको किसान बताउँछन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पानी मत्थर भएपछि रोपाइँ बढे पनि मध्य र दक्षिणवर्ती भेगमा डुबानले राम्रो रोपाइँ हुन नसकेको जलेश्वर नगरपालिकाको पिगौना बस्तीका महेन्द्र साहको भनाइ छ ।

रोपिएको धानको रोपो पनि वर्षासँगैको बाढीको पानी रोपोमा पसेर गह्रा टन्न भरिँदा गल्न लागेको किसानले बताएका छन् । अब रोपाइँका लागि बीउ पनि नहुँदा धेरैजसो खेत हिउँदसम्म बाँझै बस्ने साहको चिन्ता छ । पानी थामिएसँगै एकपछि अर्को कहर थपिँदै जाँदा बाढी र डुबान पीडित रनभुल्ल परेका हुन् ।

जिल्लामा यसपटक अहिलेसम्म वर्षाले गत वर्षको झैँ नोक्सान नपु¥याए पनि बर्खाकाल अझै निकै बाँकी रहेको हुँदा सर्वसाधारण सम्भावित बाढीको कटान र डुबान चिन्ताले पिरोलिएका छन् ।

जिल्लामा विसं २०७६ को बाढीले नौ जनाको मृत्यु भएको थियो भने ४० हजार जनसङ्ख्या डुबानबाट प्रभावित भएका थिए । त्यसैगरी गत वर्ष २० वटा बस्तीमा बाढीको पानी पसेर नोक्सान गरेको थियो ।

सर्वसाधारणमा बाढीको पूर्वसूचना प्रणालीबारे जानकारी बढ्दै गएको र यसबारे चासो राख्न थालेका हुँदा गत वर्ष र यसपालि मानवीय क्षति भने हुन छाडेको बलवाकै धमौरा बस्तीका हासिम कवारी बताउनुहुन्छ । “खोलामा बाढी बढेको खबर आउने गरेको छ, त्यसैले सचेत हुन पाइन्छ”, कवारीले भन्नुभयो ।

जिल्लामा पूर्वपश्चिम राजमार्गको रातु पुल नजिक र सरपल्लोमा बाढी सूचनायन्त्र जडान गरिएका छन् । बाढी बढ्नासाथ सञ्चार सञ्जालहरुबाट यसबारे सबैतिर जानकारी पुग्दा पूर्वसजगताले मानवीय क्षति रोकिएको बर्दिबास–६ कृष्णपुरका बासिन्दा सामाजिक कार्यकर्ता निल लुम्रे बताउनुहुन्छ ।

जिल्लामा बर्सेनि बाढीले गर्ने नोक्सानी धेरैजसो मानव सिर्जित समस्या भएको चुरेविज्ञ जिल्लाकै भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंह बताउनुहुन्छ ।

वनजङ्गलको बढ्दो विनाश, चुरे पहाडी शृङ्खलामा बढ्दो उत्खनन  र यहाँका नदी र नदीउकास जग्गामा नदीजन्य पदार्थ (बालु–ढुङ्गा) को अनियन्त्रित दोहनले सिरानतर्फ नदीको सतह गहिरिँदै गएको र क्रमशः तलतिर सतह उकासिँदै गएकाले उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रमा डुबान बढेको डा सिंहको भनाइ छ । यसबाहेक अतिवृष्टि, अनिकालजस्ता समस्या पनि यसै कारणले बढेको उहाँ बताउनुहुन्छ ।

बाढीबाट हुने नोक्सानी रोक्न प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहन रोक्न तीनै तहका सरकारले प्रभावकारी संयन्त्र बनाउने र नदीहरुमा तटबन्ध निर्माणको कामलाई गति दिए खास उपलब्धि हात लाग्ने विज्ञ बताउँछन् ।
 


प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्