Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • विपीको प्रमुख कार्यसूची : ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’
विपीको प्रमुख कार्यसूची : ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’
नेपालकागज
नेपालकागज बुधबार, साउन ६, २०७८

काठमाडौँ । नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ ।

विपी  स्मृति दिवसको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित अन्तरसंवादका सहभागी वक्ताले निरङ्कुश राणा शासनविरुद्ध मोर्चा खडा गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि उहाँले पु¥याउनुभएको योगदान र प्राप्त उपलब्धिको समीक्षा गर्नुभयो ।

सो अवसरमा परराष्ट्र मामिलाका जानकार प्राध्यापक जयराज आचार्यले नेपालमा लोकतन्त्र  स्थापनाका लागि भएको सङ्घर्षमा विपीले आजीवन योगदान गर्नुभएको स्मरण गर्नुभयो । विपीको अन्तिम चार वर्षमा भएका भेटघाट र छलफल प्रजातन्त्र, राजनीति र साहित्य क्षेत्रका विषयमा कुरा गर्नुभएका प्राध्यापक आचार्यले नेपालका आदर्श र जीवनलाई प्रभावित तुल्याउने व्यक्तिका रुपमा विपी र प्राध्यापक यदुनाथ खनाललाई लिने गरेको बताउनुहुन्छ ।

प्राध्यापक आचार्य भन्नुहुन्छ, “विपीबाट २००७ सालको आन्दोलनको नेतृत्व भए तापनि १७ साल नेपालको इतिहासमा एउटा ठूलो दुर्घटनाको प्रमुख सिकार विपी र लोकतान्त्रिक प्रणाली भयो । त्यसपछि उहाँकै नेतृत्वमा ३० वर्ष सङ्घर्ष भयो, २०४६ सालको जनआन्दोलन पनि विपी जीवित नभए पनि त्यसको पछाडि उहाँकै प्रेरणा थियो ।”

विपी कोइराला प्रधानमन्त्री र पार्टी सभापतिमात्र होइन, एउटा प्रजातान्त्रिक सङ्घर्षको आदर्श प्रतीकका रुपमा जीवित रहिरहनुभएको छ । विसं २०१५ सालमा भएको आम निर्वाचनमा दुई तिहाइ मतका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरी जेल पठाएका थिए । मुलुकमा त्योे घटनालाई २०१७ सालको ‘कू’ को सङ्ज्ञा दिने गरिन्छ ।

विसं २००७ को क्रान्तिको उपलब्धि स्थापित गर्न २०१५ सालको आम निर्वाचनसम्मको अवधिमा विपीलाई ठूलो सङ्घर्ष गर्नुपरेको थियो । विपीकै समग्र योजनाअनुरुप राजारजौटा उन्मूलन, गुठी जग्गा रैकर, विर्ता प्रथा उन्मूलन, मोहियानी हक लागू, त्रिभुवन विश्वविद्यालय स्थापनालगायत नेपाली समाजमा आमूल परिवर्तन गर्ने दूरगामी कार्यक्रम अघि बढी रहेकै बेला १७ सालको घटना भयो ।

राजनीतिक अधिकार खोसिएपछि भारत निर्वाचनमा बसेर नेपालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि सक्रिय विपी २०३३ सालमा राष्ट्रिय मेलमिलापनको नीति लिएर स्वदेश फर्कनुभएको थियो । उहाँलाई क्यान्सर भएपछि तत्कालीन पञ्चायत सरकारले २०३५ सालमा उपचारका लागि विदेश जाने अनुमति दियो ।

त्यसपछि विकसित राजनीतिक घटनालाई विश्लेषण गर्र्दै बहुदल वा सुधारसहितको पञ्चायती व्यवस्था रोज्न दिन जनमत सङ्ग्रह घोषणा गरे तापनि पञ्चायतलाई टिकाउन जालझेल गरी निर्वाचनको परिणाम त्यसतर्फ भएको नतिजा सार्वजनिक गरियो । यो घटनालाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रुपमा लिने गरिन्छ । 

नेपालका समकालीन राजनीतिबीचमा अध्ययनशील, साहित्यकार, अनुभवी, प्रजातन्त्रप्रति प्रतिबद्ध विपीलाई अहिले राजनीतिमा देखिएको विश्वासको खडेरीले उहाँलाई झल्झली सम्झना गरेको छ । सडक, सञ्चार, शिक्षा नभएको तथा गरिबी र अन्धकारको चरम अवस्थामा पनि सबै जनतालाई निर्वाचनमा भाग लिने सुनिश्चिताले विपीको प्रजातन्त्रप्रतिको प्रतिबद्धलाई स्पष्ट गरेका कूटनीतिज्ञ आचार्य बताउनुहुन्छ ।

उहाँले नेपाली भाषाका प्रभावशाली साहित्यकार पनि स्थान प्राप्त गर्नुभएको छ । २०१७ सालको काण्डपछि विपीले ८ वर्ष जेलजीवन बिताउनुभयो । उहाँले अधिकांश उपन्यास त्यही समयमा लेख्नुभयो । राजा महेन्द्र जहाँ पुग्दा पनि पत्रकारले त्यस समयमा सोध्ने एउटै प्रश्न थियो, विपी कहिले जेलबाट छुट्नुहुन्छ रु महेन्द्रलाई विपी बिर्साउन सम्भव थिएन । विपी जेलमा होस् वा बाहिर जहाँ रहे पनि प्रजातन्त्रका लागि विपीको सङ्घर्षको गाथा सबैले नजीकबाट नियाँलिरहेका थिए । यसअघि अङ्ग्रेज विरुद्धको भारत छोड आन्दोलनमा अग्रमोर्चामा रही  योगदान पु¥याउनुभएका बिपीमा लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य प्रमुख एजेन्डा थियो ।

विसं १९७१ भदौ २४ मा जन्मनुभएका विपीको २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । उहाँको निधनप्रति शोक व्यक्त गर्न आङ्कलन गरिएभन्दा निकै धेरै नागरिक पशुपति पुगेका थिए । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी भन्नुहुन्छ, “विपीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नेको भीड पशुपतिदेखि पुतलीसडकसम्म रहेको र त्यसअघि यति ठूलो मानिसको सहभागिता कहिल्यै देखेको थिइनँ ।

फाउन्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपाली लोकतान्त्रिक आन्दोलनमा विपीको योगदान युगौँयुगसम्म ताजा रही रहने प्रतिक्रिया दिनुभयो । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारित विभागका उपप्राध्यापक जगत नेपालले मुलुकको प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलन र विपी एकअर्काको पर्याय रहेको धारणा व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्