Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दिया हत्याकाण्ड : मधुवनको ओरालीबजारको जंगलबाट दुई अभियुक्त पक्राउ
बर्दिया हत्याकाण्ड : मधुवनको ओरालीबजारको जंगलबाट दुई अभियुक्त पक्राउ
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी बिहीबार, कात्तिक ३०, २०८०

सन्दिप नाथ योगी, (बर्दिया)गुलरिया । बर्दियामा वरुण घिमिरेको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई तत्कालै पक्राउ गरेको थियो । तर मुख्य अभियुक्तहरू लुकेकाले पक्राउ परेका थिएनन तर २ जना अरु पक्राउ पर्नेमा थपिएका छन् । पक्राउ पर्नेमा सुलभ थापा र दिपेश रहेका छन । अब अर्का अरोपित सुरेश थापाको व्यापक खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दियो ।

लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका–६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी निर्मम तवरले हत्या गरिएको थियो । 

घटना घटेको केही समयमै प्रहरीले लिएको एक्सनका कारण ८ जना तुरुन्तै पक्राउ परेका थिए भने घटनामा संलग्न फरार रहेका ३ जनाको खोजी कार्य जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले विभिन्न लुक्न सक्ने ठाउँहरूमा गरेको थियो । यसै क्रममा मुख्य अभियुक्त सुलभ थापा र दिपेशलाई डिएसपी तुल्सी राम अर्यालको कमान्डमा रहेको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ पोलिस) एसपी सुधीर राज शाही, जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुल्सी राम अर्याल आफै घटनाको अनुसन्धान र फरार आरोपितलाई खोज्न फिल्डमा खटिएका थिए ।

मुख्य अभियुक्त सुलभ थापा र उनका साथमा रहेका दिपेसलाई मधुवन नगरपालिका वडा नम्बर ३ ओराली बजारको जंगलबाट २९ गते बुधबार बिहान करीब ११ बजे बर्दिया प्रहरीको अथक प्रयासले नियन्त्रणमा लिइएको छ ।

एसपी, डिएसपीले यो घटनालाई गम्भीरताका साथ लिँदै आफै फिल्डमा उत्रिएका थिए । भाग्न सक्ने सम्भावित नाकामा प्रहरीले कडाइ गरेको थियो ।

सुलभ थापा र दिपेशलाई डिएसपी तुल्सी राम अर्यालको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । अब घटनामा संलग्न  अन्यको पनि व्यापक खोजी भइरहेको डिएसपी अर्यालले बताउनुभयो ।

एसपी सुधिर राज शाहीका अनुसार अनुसन्धान भइरहेकाले पक्राउ पर्नेहरुको नाम गोप्य राखिएको बताउनु भयो । उहाँले भन्नुभयो, "बर्दियाको शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता हो । अन्य फरार अभियुक्त पनि केही समयमा पक्राउ पर्छन।"

अहिले सम्म प्रहरीले १० जनालाई नियन्त्रणमा लिइसकेको अवस्था छ । अनुसन्धान चलिरहेकाले नाम सार्वजनिक गरिएको छैन ।

स्रोतले दिएको जानकरी अनुसार सुलभ थापा र दिपेश ओराली बजार धनौरा नाका हुँदै उत्तर प्रदेश भारतको बिछिया पुगेका थिए । नेपाल प्रहरीको समन्वय र सहकार्यमा सुलभलाई पक्राउ गरिएको हो । 

अभियुक्तहरूलाई हिजो २९ गते बुधबार पक्राउ गरिएको हो । डिएसपी तुल्सी राम अर्यालले नेतृत्व गरेको टिमले ती २ अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुल्सी राम अर्यालका अनुसार जंगलमा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।

विश्वस्त प्रहरी स्रोतका अनुसार सुलभ थापा र दिपेशलाई जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूको टिमले भारतमै पक्राउ गरेको हो ।

यस घटनाले जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूको अनुसन्धान क्षमता अब्बल रहेको स्थानियवासीहरूले बताए । भारतमै पुगेर अपराध गर्नेलाई नेपालको कानुनको दायरामा ल्याउन बर्दिया प्रहरी नेतृत्व सफल हुनुलाई माइल स्टोनको रूपमा हेरिएको छ भने पीडित परिवारले न्याय पाएको महसुस गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १७:०७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्