Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो
३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो
नेपालकागज
सोमबार, असोज १, २०८० नेपालकागज

काठमाडौँ । विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीले सोमबारदेखि अनशन तोडेका छन् । 

मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने तयारीमा रहेको विश्वास दिएपछि १४ बुँदे माग राखेर अनशन बसेका उनीहरू सङ्घर्ष स्थगित गर्न तयार भएका हुन् । 

अनशन तोडाउन स्वास्थ्यमन्त्री आफ्नो सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलाललाई माइतीघरमा पठाउनुभएको थियो । 

मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनशनमा बसिरहेका सङ्घर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगित गर्नुभएको हो । 

अनशन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतसहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा.विकाश देवकोटा, डा. टङ्क वाराकोटीलगायत सहभागी हुनुहुन्थ्यो । 

सङ्घर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशी लगायतका पदाधिकारी थिए । 

वार्तामा सङ्घर्ष समितिका संयोजक सापकोटाले आफूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए । 

स्वास्थ्य मन्त्री बस्नेतले प्रधानमन्त्री विदेशमा रहेका बेला स्वास्थ्य मन्त्री र चिकित्सा सेवा आयोगको सहअध्यक्षको हैसियतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउनुभएको हो । 

मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका जायज माग समस्या समाधानका लागि अगाडि गर्नुपर्ने पहल कदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटालाई फोकल व्यक्तिको रूपमा तोक्नुभएको छ । 

चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सिटिइभिटीको तुरुन्त पुनर्संरचना गर्नुपर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नु पर्ने, पारामेडिकल अन्तरगत नर्सिङका विषयहरू चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्नु पर्ने, छात्रवृतिमा भइरहेको विभेद अन्त्य गर्नुपर्ने, शिक्षामा कोटा प्रणाली खारेज हुनुपर्ने लगायतका १४ वटा माग राखेर सङ्घर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनसन जारी राखेको थियो । 


प्रकाशित मिति: सोमबार, असोज १, २०८०, १७:५२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने मंगलबार, असोज २, २०८०
स्वास्थ्य मन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
स्वास्थ्य मन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन बुधबार, भदौ २७, २०८०
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ :  मन्त्री बस्नेत
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत आइतबार, भदौ २४, २०८०
आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द
आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द शुक्रबार, भदौ १, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP