Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
नेपालकागज
नेपालकागज शनिबार, फागुन १२, २०८०

काठमाडौँ । बच्चा चोरीमा संलग्न महिला सहित उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र उनको दिदी शारदा शाहीलाई पनि प्रहरीले काँडाघारीको डेराबाट नियन्त्रणमा लिएकाे छ

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी गर्ने महिला पक्राउ परेकी छिन् । बच्चा चोरीमा संलग्न महिला सहित उनका श्रीमान् र अर्की एक महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उपचारको फलोअपका लागि अस्पताल ल्याइएको बच्चा शुक्रबार बिहान ११ बजेतिर अस्पतालबाटै चोरी भएको थियो । काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठले बोकिराखेकी २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले चोरेर फरार भएकी थिइन् ।

फरार भएकी महिलालाई प्रहरीले गएराति कागेश्वरी मनोहरा नगरपालिका वडा नं-९ काँडाघारीबाट पक्राउ गरेको छ । दैलेखको नौमुले गाउँपालीका-१ घर भई काठमाडौंको काँडाघारी बस्ने २४ वर्षीया महिलालाई प्रहरी गएराति नियन्त्रण लिएको हो । 

चोरीमा संलग्न महिला सहित उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र उनको दिदी शारदा शाहीलाई पनि काँडाघारीको डेराबाट प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको छ । उद्धार गरिएको शिशुको अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा अभिभावकको साथमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बच्चामा जन्डिसको समस्या देखिएर उनकी आमा सविना र काकीले उपचारका लागि शुक्रबार बिहान अस्पताल ल्याएका थिए । नवजात शिशुमा समस्या देखिएपछि तीन दिन अस्पताल राखेर दुई दिनअघि मात्रै डिस्चार्ज गरिएको थियो । थप उपचारका लागि शुक्रबार अस्पताल ल्याइएको थियो । 

अस्पतालको कम्पाउन्डमा घाम ताप्न आमासँगै रहेका वेला बच्चा चोरी भएको प्रहरीले जनाएको छ । बच्चा र आमासँगै अस्पताल आएकी आफन्त (बच्चाकी काकी) स्वास्थ्य परीक्षणको रिपोर्ट लिन गएको समयमा ती अपरिचित महिलाले एकछिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएकी थिइन् ।


प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १३:१०
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्