Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन
प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन
नेपालकागज
नेपालकागज मंगलबार, भदौ २६, २०८०

गण्डकी । प्राचीन तपोभूमिका रुपमा प्रतिष्ठत पोखरा महानगरपालिका– ३१ स्थित शिवगोरक्षनाथपीठ सिद्धाश्रममा नाथ योगीको तीन दिने राष्ट्रिय परिषद्को सम्मेलन सुरु भएको छ । सोमबारदेखि सुरु राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानबाट आउनुभएका एक सय ८३ जना नाथ योगीको सहभागिता  छ ।

समाजमा कानचिरा जोगीका रुपमा विशिष्ट पहिचान बनाएका नाथ सम्प्रदायका योगीको राष्ट्रिय परिषद्ले नाथ योगीहरूद्वारा सञ्चालित पीठ, तिनको भौतिक अवस्था, समिति तथा गुरुहरूको सम्बन्धका साथै यस सम्प्रदाय संरक्षणको उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम नवलपुरका पीठाधीश आचार्य योगी खेचरनाथले जानकारी दिनुभयो ।

नेपालभर एक हजारभन्दा बढी सङ्ख्यामा नाथयोगी रहेको जानकारी दिँदै उहाँले नेपाल र नेपाली समाजको एकीकरणमा नाथ योगीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

गाउँ बस्तीमा शङ्ख फुक्दै हिँड्ने क्रममा त्यहाँको अवस्था, आम सर्वसाधारणको बुझाइआदिबारे जानकारी ल्याउने काम गरी नाथ योगीले नेपालको एकीकरणमा विशिष्ट भूमिका खेलेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा नाथ सम्प्रदायलाई सङ्गठित गर्न योगी नरहरी नाथले विशिष्ट योगदान गर्नुभएको बताउँदै योगी खेचरनाथले राणा प्रधानमन्त्री मोहन शमशेरले उहाँँलाई मृगस्थलीको पीठाधीश घोषणा गरी रथारोहण गराउनुभएको उल्लेख गर्नुभयो ।

तत्कालीन समयमा राज संस्थाले पनि यस सम्प्रदायलाई उच्च महत्व दिएको बताउँदै उहाँले प्रत्येक सवारी अघि नाथको स्वीकृति लिनुपर्ने प्रावधान थियो । 

उहाँका अनुसार भारतको गोरखपुरमा रहेको गोरखनाथ धाममा प्रत्येक वर्षको माघ १ गते गोरखास्थित गोरखनाथ गुफाबाट लगिएको खिचडिमा प्रयोग हुने दाल र चामल चढाएपछि मात्रै अन्य पूजा सुरु हुने प्रचलन अहिले पनि कायमै छ । 

सम्मेलनको स्थानीय व्यवस्थापन शिवगोरक्षनाथपीठ सिद्धाश्रमले गरेको सो संस्थाका संरक्षक राममणि अधिकारीले जानकारी दिनुभयो । शिवगोरक्षनाथपीठ सिद्धाश्रम यस क्षेत्रको प्राचीन तपोभूमिका रुपमा प्रसिद्ध रहेको उहाँले बताउनुभयो । 

विसं २०१० सालतिर अभदुत देवनाथ योगी(नागा बाबा)ले यही क्षेत्रमा बसी साधना गर्नुभएको जानकारी दिँदै अधिकारीले यो क्षेत्रमा पाण्डव दाजुभाइले वनबासका क्रममा केही समय विताएको किंबदन्ती रहेको बताउनुभयो । ऐतिहासिकस्थलमा भएको यस सम्मेलनले यहाँको गरिमा र महत्व अझै बढाएको उहाँको भनाइ छ । 

संस्कृतिविद् डा जगमान गुरुङले पञ्च पाण्डव घुम्दै केही समय यही आएर बसेका कारण यसस्थलको नाम पछि पचभैया भएको बताउनुभयो । नाथ सम्प्रदायको आफ्नै विशिष्ट महत्व रहेको र उच्च मनोबलका साथ यस परम्पराको अनुशरण गर्न उहाँले नाथ योगीहरूलाई आग्रह गर्नुभयो । 

विश्व हिन्दू महासङ्घका अध्यक्ष अस्मिता भण्डारीले नाथ राष्ट्रिय परिषद्को सम्मेलनले नाथ सम्प्रदायको मौलिक संस्कार र संस्कृतिलाई जीवन्त राख्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्