Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
शिक्षा
  • Home
  • शिक्षा
  • आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द
आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द
नेपालकागज
शुक्रबार, भदौ १, २०८० नेपालकागज

भक्तपुर । चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ ।

सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले यहाँ सञ्चालिन विद्यालयहरुमा गरेको सर्वेक्षणमा करिब छ प्रतिशत विद्यार्थीमा रोगको सङ्क्रमण देखिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक विद्यालयमा अध्ययन गर्ने कूल विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण बढेको देखिएपछि विद्यालयको पठनपाठन बन्द गर्ने अधिकार नगरपालिकाले सम्बन्धित विद्यालयलाई प्रदान गरेको उहाँको भनाइ थियो ।

नगरप्रमुख खत्रीले भन्नुभयो, “आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै नजिकका नगरपालिकाले विद्यालय बन्द गराएको थाहा पाइयो, हाम्रो नगरपालिकाको अवस्था बुझ्न विद्यालयमा गरिएको सर्वेक्षणमा ३५ प्रतिशत विद्यार्थीमा सङ्क्रमण पाइयो तर नगरपालिकाले विद्यालय बन्द गराउनुभन्दा पनि यो रोगको सङ्क्रमण फैलिन नदिन अवस्था हेरेर सम्बन्धित विद्यालयले निर्णय लिनसक्ने अधिकार प्रदान गर्‍यो ।

नगरपालिकामा प्रमुख खत्रीको नेतृत्वमा बसेको शिक्षा, स्वास्थ्यलगायत बिभिन्न शाखाका पदाधिकारीको बैठकले विद्यालयका शिक्षक, विद्यार्थीको आँखा पाक्ने रोगको सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आफ्नो विद्यालयको परिवेशअनुसार बढीमा सात दिनसम्म विद्यालयको पठनपाठन स्थगन गर्न सकिने गरी व्यवस्था गर्ने अधिकार विद्यालयलाई दिएको बताउनुभयो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले शिक्षा शाखा, स्वास्थ्य शाखा र चाँगुनारायण अस्पतालको मेडिकल अधिकृतसहितको टोलीले नगर क्षेत्रभित्रका विभिन्न स्कुलमा आँखा पाक्ने रोगको स्क्रिनिङ तथा उपचारको क्रममा ३५ प्रतिशत विद्यार्थीमा समस्या देखिएको पाइएको बताउनुभयो ।

उहाँले करिब चार सय विद्यार्थीमा गरिएको परीक्षणमा एक सय ३५ भन्दाबढी विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण  देखिएकाले विद्यार्थीलाई औषधि उपलब्ध गराई घरमै बस्न सुझाव दिइएको बताउनुभयो । यो सरुवा रोग भएकाले विद्यार्थीमा सङ्क्रमण  बढ्न सक्ने बताउँदै उहाँले सङ्क्रमण धेरै बढे विद्यालयमा पठनपाठन स्थगन गर्न सकिने उल्लेख गर्नुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले भने कतै अत्यधिक र कतै न्यून मात्रामा सङ्क्रमण देखिएकाले यसको न्यूनीकरणका लागि केही दिनका लागि विद्यालय बन्द गर्नुपर्ने बताउनुभयो ।

यता सूर्यविनायक नगरपालिकाले पनि आँखा पाक्ने रोगको सङ्क्रमण  बढ्दै गएपछि तीन दिनका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकामा केहि दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेपछि नगरभित्रका सबै विद्यालय तीनदिनका लागि बन्द गराएको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो । महामारी रोकथामका लागि अहिले दिइएको बिदा हिउँदे बिदाबाट कट्टा गराउने व्यबस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पनि आफ्नो नगरभित्र आँखा पाक्ने रोगको सङ्क्रमण  बढेको भन्दै यसको रोकथामका लागि भदौ २ गतेसम्मका लागि यहाँका संस्थागत एवं सामुदायिक विद्यालय बन्द गराएको छ ।

नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले नगरपालिकाले सुरुमा दुई दिन र पछि तीन दिन थप गरि पाँच दिनका लागि सबै विद्यालय बन्द गराएको जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले भने विद्यालय बन्द गराउनेबारे कुनै निर्णय लिएको छैन ।

अभिभावकले भने दुईचार दिन विद्यालय बन्द गराएर आँखा पाक्ने रोगको सङ्क्रमण  न्यून नहुने भएकाले पठनपाठन बन्द गर्न नहुने बताए । सङ्क्रमण  रोक्न विद्यालयहरुमा आँखाको औषधि राख्नुपर्ने, साबुनपानीले हात धुन लगाउनुपर्नेबारे कक्षाकक्षामा चेतना फैलाउनुपर्ने र रोग लागेका विद्यार्थीलाई केही दिन बिदा दिएर अरुका लागि पठनपाठन चालु गराउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०, १७:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे बिहीबार, असोज ४, २०८०
विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह
विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह बुधबार, असोज ३, २०८०
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने मंगलबार, भदौ १२, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP