Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा देशभरका फार्मेसीमा अनुगमन सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा देशभरका फार्मेसीमा अनुगमन सुरु
नेपालकागज
सोमबार, साउन ८, २०८० नेपालकागज

काठमाडौँ ।  काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । 

औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो ।

अनुगमनका क्रममा आज मन्त्री बस्नेत स्वयम फार्मेसीको स्थलगत निरीक्षणमा पुग्नुभएको छ । उहाँले ललितपुर पाटनस्थिल टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि (फार्मेसी युनिट) र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको स्थलगत निरीक्षण गर्नुभयो ।

अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल र एकान्तकुनाको सेवा हेल्थ केयर फार्मेसीमा म्याद गुज्रिएका औषधि राखिएको पाइएको, मिति नाघेका औषधिको विल बनाउँदा स्पष्ट नलेखेको, कतिपय बेच्न नमिल्ने औषधि पनि राखेको पाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

फार्मेसीको निरीक्षणपछि स्वास्थ्यमन्त्री बस्नेतले देशभरका फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । गल्ती गर्ने फार्मेसीका विषयमा बेलुका मन्त्रालय र विभागसहितको टोलीले आवश्यक कारबाहीको निर्णय लिनेछ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया नपुर्‍याइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गरिने जानकारी दिनुभयो । 

मन्त्री बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा लागुऔषध ब्युरोका प्रतिनिधि, विभागका कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

काठमाडौँ उपत्यकामा फार्मेसी अनुगमनका लागि आज २० वटा टोलीले स्थलगत निरीक्षण गरेको थियो । देशभरका फार्मेसीको अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन संयन्त्र बनाइएको र यसले निरन्तर अनुगमन गर्ने मन्त्रालयको भनाइ छ ।


प्रकाशित मिति: सोमबार, साउन ८, २०८०, १५:५१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने मंगलबार, असोज २, २०८०
३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो
३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो सोमबार, असोज १, २०८०
स्वास्थ्य मन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
स्वास्थ्य मन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन बुधबार, भदौ २७, २०८०
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ :  मन्त्री बस्नेत
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत आइतबार, भदौ २४, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP