Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता
अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता
नेपालकागज
नेपालकागज सोमबार, जेठ २२, २०८०

गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताउनुभयो । 

गोरखा भूकम्पले क्षति पुर्‍याएपछि पुनःनिर्माण सुरु गरिएको अकला मन्दिर २०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण पूरा हुन नसकेको हो । गोरखा नगरपालिकाले ‘अकला मन्दिर पर्यटकीय पूर्वाधार’ परियोजनामार्फत रु २४ लाख १० हजार आठ सय ८५ मा गोर्बुङ राना निर्माण सेवासँग मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीको लापर्बाहीका कारण मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको हो । मन्दिर पुनःनिर्माण अलपत्र पारेको कम्पनीलाई नगरपालिकाले पटक–पटक म्याद थप गर्दासमेत पुनःनिर्माणको काम सम्पन्न हुन नसकेको नगरपालिकाले जनाएको छ ।

दैनिक सयौँ भक्तजन पूजाआजाका लागि पुग्ने गरेको अकला मन्दिर पुनःनिर्माणको काम नहुँदा अलपत्र मन्दिरमा भक्तजन पूजा गर्न बाध्य भएको पुजारी जैसीले बताउनुभयो । “काठ भएन भनेर ठेकेकारले काम गर्न नसकेको भन्दै आएको छ”, उहाँले भन्नुभयो, “काम अपुरो गरेर ठेकेदार कता गयो भन्ने थाहा छैन ।”

नगरपालिकाले मन्दिर निर्माणका लागि स्टेमेट डिजाइन गर्ने क्रममा काठको मूल्य नराखी डिजाइन गरेर ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेकाले काठ कसले उपलब्ध गराउने भन्ने विवादका कारण निर्माणको काममा समस्या भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महतले बताउनुभयो । 

“नगरपालिकाले ठेक्का गराउँदा काठको मूल्य नै नराखी गराएको रहेछ”, उहाँले भन्नुभयो, “अहिले हामीले वरपर रहेको पाँच  समितिमार्फत काठ जोहो गरिरहेका छौँ, अब केही दिनमा बाँकी रहेको काम अघि बढाउँछौँ ।” मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता गर्ने क्रममा पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ स्थानीय वन समितिले काठ उपलब्ध गराउने सर्तमा ठेक्का सम्झौता भएको अध्यक्ष महतको भनाइ छ तर स्थानीय सामुदायिक वनले काठ उपलब्ध गराए पनि अपुग भएकाले मन्दिर निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

अहिले थप तीन सामुदायिक वनबाट तीन सय सेफ्टी काठ उपलब्ध भएकाले मन्दिरका लागि आवश्यक झ्याल ढोका निर्माणको काम सुरु भएको अध्यत महतले बताउनुभयो । मन्दिरका लागि आवश्यक झ्याल, ढोका कलात्मक र पुरानै संरचनाअनुसार हुनुपर्ने भएकाले बाहिरबाट कामदारले काम गरिरहेको उहाँको भनाइ छ ।  

मन्दिरको पुनःनिर्माणको काम अलपत्र परेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत निर्माणाधीन मन्दिरको अवलोकन गरेर निर्माणको काम अघि बढाउन निर्देशन दिनुभएको थियो । स्थानीयवासीले भने नगरपालिकाका प्राविधिकको कमजोरीका कारण पनि मन्दिर पुनःनिर्माणमा ढिलाइ भइरहेको आरोप लगाएका छन् ।

ठेकेदार कम्पनीका जीवन रानाले सम्झौताअनुसारको काठ नपाउँदा काम सम्पन्न गर्न नसकेको स्वीकार गर्नुभएको छ । “नगरपालिकासँग सम्झौताका क्रममा नै स्थानीय वन समूहले आवश्यक काठ दिने सर्तमा काम थालेको हो”, उहाँले भन्नुभयो, “समितिले समयमा काठ नदिँदा झ्याल, ढोका, नाल र मुसल बनाउन पाएनौँ अनि काम रोकियो ।” उहाँले आवश्यक काठ उपलब्ध भएको थप चार महिनामा काम सक्ने दाबीसमेत गर्नुभयो । 


प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्