Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री दाहालको भारत भ्रमण: असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग
प्रधानमन्त्री दाहालको भारत भ्रमण: असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग
नेपालकागज
नेपालकागज बुधबार, जेठ १७, २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न माग गरेको छ ।

पार्टीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका विवादबारे कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न माग गरिएको छ । 

यसबारेमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको भारत भ्रमणमा, द्विपक्षीय समझदारी भई कूटनीतिक तहमा कुराकानीसमेत प्रारम्भ भएको विभागले जनाएको छ ।

नेपाली र भारतीय विज्ञ सहभागी रहेको नेपाल–भारत सम्बन्धमा गरिएको प्रभुत्व व्यक्ति समूह (इपिजी)को अध्ययन प्रतिवेदनलाई अविलम्ब ग्रहण गर्न भारतीय पक्षलाई आग्रह गर्ने, नेपाल–भारतबीचको व्यापार सन्धिलाई समयानुकूल परिमार्जन गर्ने र व्यापारघाटालाई न्यूनीकरण गर्ने, नेपालको क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्नका लागि सिधा हवाईमार्ग उपलब्ध गराउन अनुरोध गर्ने, नेपालको ऊर्जा, पर्यटन, औद्योगिकीकरण, भौतिक पूर्वाधार तथा कृषिको औद्योगिकीकरण र बजारीकरणमा भारतीय लगानी अभिवृद्धि गर्न, दुई देशबीचको सीमा वारपार हुने तस्करी तथा अनौपचारिक आर्थिक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने सुझाएको छ ।

दुई देशीबीचको खुला सिमानामा आवतजावत गर्ने नेपाली र भारतीयको अभिलेख व्यवस्थित गर्न आवश्यक प्रणालीको विकास गर्ने, पशुजन्य सङ्क्रमित रोग नियन्त्रण तथा रोकथामका लागि सहयोगको अनुरोध गर्ने, भारतमा काम गरी फर्केर आउने नेपाली श्रमिकमाथि सीमा क्षेत्रमा हुने अनावश्यक झन्झट, ठगी, गुण्डागर्दी तथा सीमा सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मीबाट हुने दुव्र्यवहारलाई नियन्त्रण गर्ने, पञ्चेश्वर परियोजनाको कार्यान्वयन दुई पक्षलाई लाभ हुने गरी यथाशीघ्र सञ्चालनमा ल्याउन जोड दिने, नेपालको पूर्व–पश्चिम रेलमार्ग र काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणमा भारतको सहयोगका लागि अनुरोध गर्ने, नेपालमा उत्पादित जलविद्युत्को विभेदरहित ढङ्गले भारतीय बजारमा बिक्री वितरणको सुनिश्चित गर्नुपर्ने, नेपालबाट बङ्गलादेश विद्युत् निर्यात गर्न भारतीय प्रसारण लाइनको प्रयोग गर्नका लागि भारतलाई अनुरोध गर्ने, ऊर्जा विकास र वितरणका लागि नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय साझा समझदारी कायम गर्न पहल गर्न विभागले सुझाव दिएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन आयोजना गर्ने विषयमा रहेको गतिरोध अन्त्य गर्ने र सार्कलगायत अन्य क्षेत्रीय सङ्गठनको प्रभावकारिता वृद्धि गरी आपसी सहयोग विस्तार गर्न जोड दिने, लामो समयदेखि राष्ट्र बैंकसँग मौज्दात रहेको  पाँच सय र एक हजारको भारतीय नोटलाई सटही गर्ने सुविधा प्रदान गर्न अनुरोध गर्ने, नेपाल–भारतबीच टेलिफोन महसुलमा रहेको फरक दरलाई एकरुपता कायम गर्ने र शुल्क कटौतीमा जोड दिने, नेपाल–भारतबीच रहेको सांस्कृतिक सम्बन्धलाई मजबुत तुल्याउने र धार्मिक तथा सांस्कृतिक पर्यटनमा जोड दिने, बुद्ध सर्किटलगायत नेपालका विभिन्न धार्मिक पर्यटकीय क्षेत्रलाई भारतीय धार्मिक पर्यटनसँग जोड्न पहल गर्ने, सीमावर्ती क्षेत्रमा भारतीय पक्षले एकलौटी ढङ्गले बनाएको बाँधले नेपालको तराई क्षेत्रमा पारेको डुबानको असरबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउन पार्टीले आग्रह गरेको छ ।


प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्