Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
राजनीति
  • Home
  • राजनीति
  • राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढङ्गले राम्रो : प्रधानमन्त्री
राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढङ्गले राम्रो : प्रधानमन्त्री
नेपालकागज
शनिबार, जेठ ६, २०८० नेपालकागज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभएको छ । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रपछि विकास र समृद्धि, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा रेकर्ड बनेको बताउनुभयो । झण्डै साढे दुई सय वर्षसम्म राजतन्त्रले देशलाई कङ्गाल पारेको, विकृति र विसङ्गति, सांस्कृतिक विचलन धेरै नै ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र हरेक दृष्टिकोणले हिजोको निरङ्कुशतन्त्र र राजतन्त्रभन्दा गुणात्मक ढङ्गले राम्रो रहेको बताउनुभयो । 

“मैले सदनमा गणतन्त्र आउनुअघिको नेपालको विभिन्न तथ्याङ्क र सूचक यी थिए, शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्रलगायत विषयमा के थिए र अहिले २०८० सालसम्म आइपुग्दा ती तथ्याङ्कको अवस्था के छ भनेर तुलनात्मकरुपले राखेको थिएँ । त्यसले गणतन्त्र देश र जनताका पक्षमा छ भन्ने प्रमाणित भएको छ”, उहाँले भन्नुभयो । 

नेपाल सरकारअन्तर्गतको तथ्याङ्क कार्यालयको आधिकारिक र वैज्ञानिक तथ्याङ्कलाई आफूले संसद्मा प्रस्तुत गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले शुक्रबार संसद्मा पेस भएको नीति कार्यक्रममा श्रमिक र तल्लो वर्गलाई राहत दिने विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । “नीति कार्यक्रमले उत्पादन र रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “बजेटमार्फत थप सम्बोधन गरिनेछ । उत्पादनको वृद्धि र रोजगारीको सिर्जनामा वर्तमान सरकार दृढ छ ।”

भुटानी शरणार्थी प्रकरणलाई मात्र सरकारले प्राथमिकता दिएको भन्ने आरोप गतल रहेको उल्लेख गर्दै उहाँले सुशासनको दृष्टिकोणले आवश्यकपर्ने सबै विषयमा सरकारले पहलकदमी लिइरहेको बताउनुभयो ।  “पुँजीबजारसँग सम्बन्धित ‘सेटिङ’लाई भत्काएका छौँ, राजस्व वृद्धि गर्न त्यसलाई सुदृढ गर्न लागेका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विप्रेषण वृद्धि गर्न गम्भीर कदम चालेका छौँ । विदेशमा रहेका लाखाँै श्रमिकको जीवन र भविश्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आबद्धता गरेका छौँ ।”

सुशासनको कामलाई दृढताका साथ अगाडि बढाउन आफूलाई निकै गाह्रो परेको उहाँको भनाइ छ । “यसो गरिराख्न धेरै सजिलो होला भन्ने नठान्नु होला, नेतृत्वलाई धेरै खालका दबाब, घेरा र अप्ठ्यारा छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तर खुसीको कुरा के छ भने हामीले सुशासन, विकास, समृद्धि र आर्थिक समस्यालाई क्रमशः समाधान गर्दै जान थालेका छौँ, मुख्यतः भ्रष्टाचारका विरुद्ध गम्भीर कदम चालेका हुनाले आम जनसमुदायमा ठूलो आशा र भरोसा सञ्चार भएको छ ।”

सरकारले सुशासनको नयाँ अभियान सञ्चालन गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सुशासनको दृष्टिकोणले नयाँ अभियान, आन्दोलन र प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले सरकार सुशासन कायम गराउन दृढताका साथ अगाडि बढेको बताउनुभयो । “कोही पनि द्विविधामा नपर्नु होला, सुशासन कायम गर्न सरकार र पार्टी दृढ छ । यसलाई अन्तिम र तार्किक निष्कर्षमा पु¥याएर छाडिन्छ”, उहाँले भन्नुभयो । 

कहिलेकाहीँ सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख नेता बस्दा सुशासनको अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर प्रचार र शङ्का गर्ने गरिएको उहाँको भनाइ छ । “हामी बसेको संसद्लाई प्रभावकारी बनाउन हो । सदनभित्र सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कसरी कायम गर्ने भन्ने मूलभूत विषय हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 

शीर्ष नेताले छलफल गर्नुको तात्पर्य बाह्रबुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा एकसाथ उभिएका प्रमुख दल देशको वर्तमान परिस्थितिमा परिवर्तनको रक्षाका निम्ति एक ठाउँमा उभिनुपर्ने दिन आउनसक्छ भन्ने हिसाबबाट पनि आफूहरु निरन्तर छलफल गरिरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले सदनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने र परिवर्तन विरोधी प्रवृत्ति तथा शक्तिका विरुद्ध सहकार्यको आवश्यकताबारे छलफल गर्न मात्रै शीर्ष नेता भेटवार्तामा बस्ने गरेको प्रष्ट्याउनुभयो । 

“अहिले भुटानी शरणार्थीको विषयलाई लिएर हामीले साझा धारणा बनाएका छौँ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरोस् तथा प्रहरीको अनुसन्धानलाई कहीँकतैबाट दबाब र हस्तक्षेप हुन नपाओस्, हामीले भित्र, बाहिर गरेको कुरा यही हो, यसमा भ्रम पाल्नुपर्ने केही कारण छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०, १४:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली सोमबार, असोज ८, २०८०
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री सोमबार, असोज ८, २०८०
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह आइतबार, असोज ७, २०८०
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे बिहीबार, असोज ४, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP