Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
प्रदेश
  • Home
  • प्रदेश
  • सामुदायिक वनबाट सालको रुख नै गायब, यसरी बरामद भयो मधुवनबाट १५ लाखको अवैध काठ
सामुदायिक वनबाट सालको रुख नै गायब, यसरी बरामद भयो मधुवनबाट १५ लाखको अवैध काठ
नेपालकागज
आइतबार, वैशाख ३१, २०८० नेपालकागज

जोयल गिरी, बर्दिया । करिब एक महिना अघि झुरिया महिला सामुदायिक वनबाट एउटा सिंगो सालको रुख र सालकै ११ वटा गोलिया नै गायब भयो । रातारात रुख नै सामुदायिक वनबाट गायब भएपछी मधुवन नगरपालिका वडा नम्बर ३ बिपतपुरका वासिन्दा अचम्म र रनभुल्लमा परे । 

उक्त सामुदायिक वनमा आवद्ध उपभोक्ता तथा स्थानीयले यो अचम्मित पार्ने गम्भीर घटनाको आफै सुक्ष्म रुपले अनुसन्धान गर्न थाले । आफै गरेको अनुसन्धानमा उनिहरुले बिपतपुरकै केही ठाउँहरूमा काठहरू लुकाइराखेको पत्ता लगाए ।

त्यसपछि स्थानीयहरूले सो घटनाको बारेमा डिभिजन वन कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय ढोढरीमा जानकारी गराए ।

ईलाका प्रहरी कार्यालय ढोढरी, प्रहरी कार्यालय धनौराबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।२९ गते राती करिब ११ बजे छापा हान्यो । छापा मार्दा प्रहरीले चौध लाख, पैंसठ्ठी हजार , पाँच सय पचास रुपैंया बराबरको अवैध काठ बरामद गर्‍यो ।

गोप्य सुचना पाएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा २८३.६१ क्यूफिट काठ फेला पार्‍यो । ईलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक बखत बहादुर शाहीको नेतृत्वमा १२ जना र प्रहरी चौकी धनौराबाट प्रहरी सहायक निरीक्षक निरक बहादुर बस्नेतको कमाण्डमा ४ जना गरी जम्मा १६ जनाको संयुक्त प्रहरी टोलीले शंका गरेका स्थानमा खोजतलास गर्दा ठुलो परिमाणमा काठ बरामद भयो । 

यता यस घटनाको विषयमा ईलाका प्रहरी कार्यालय ढोढरीले प्रेस विज्ञप्ति जारी गरेको छ । उक्त प्रेस बिज्ञप्तिमा भनिएको छ, "बिपतपुर स्थित धर्म बहादुर खत्रीको पुरानो खाली घर भित्र चिरान गरी लुकाई छिपाई राखेको साल जातको काठ ३८.७४ क्यू.फिट, क्रमश सोही घर नजिकै रहेको मकै बारीमा लडियामा लुकाई- छिपाई राखेको ३५ क्यू.फिट, ऐ ऐ स्थित बालकुमारी स:मिल तथा फर्निचर उद्योगमा लुकाई छिपाई राखेको सिसौ जातको चिरान काठ १७६.८७ क्यू. फिट, ऐ जातको गोलिया १२.८२ क्यू.फिट, खएर जातको काठको गोलिया २०.१८ क्यू. फिट र ऐ-ऐ बस्ने जग्गा प्रसाद पाण्डेको ऐ-ऐ स्थानमा रहेको माछा पोखरी नजिकै खाल्डो खनी लुकाई राखेको साल जातको झाप १० क्वीन्टल गरी जम्मा २८३.६१ क्यूफिट काठ अन्दाजी मुल्य रु. १४,६५,५५० ।-( चौध लाख, पैंसठ्ठी हजार , पाँच सय पचास रुपैंया ) बराबरको काठ रित-पूर्वक बरामद गरी खाता सव डिभिजन बन कार्यालय सानोश्री बर्दियामा बुझाईयो ।"

ईलाका प्रहरी कार्यालय ढोढरी र डिभिजन वन कार्यालय बर्दियाले यस विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०, १२:१५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ सोमबार, भदौ २५, २०८०
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध शुक्रबार, भदौ १५, २०८०
पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध
पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध मंगलबार, साउन २३, २०८०
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु बुधबार, साउन १०, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP