Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • ज्येष्ठ नागरिकको सुख दुःख बिसाउने चौतारी बन्दै दाङका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र
ज्येष्ठ नागरिकको सुख दुःख बिसाउने चौतारी बन्दै दाङका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र
नेपालकागज
नेपालकागज बुधबार, पुस १३, २०७९

देउखुरी । दाङमा सञ्चालन भएका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकको मन भुलााउने चौतारी बनेका छन् । 

घोराही–१४ का ८१ वर्षका खिमप्रसाद खनाल दैनिक सो केन्द्रमा आउनुहुन्छ । त्यहाँ आफ्नै उमेरका साथी र आफन्तसँग भलाकुसारी, सुखदुख बाँड्न, भजनकीर्तन गर्न, नाच्न गाउन, कथाव्यथा सुन्न, सुनाउन उहाँलाई आनन्द लाग्ने गरेको बताउनुहुन्छ । 

रामायण महाभारतका श्लोेक सुन्दा मनमा आन्नद आउँछ । घरमा बस्दा पट्यार लाग्ने र समय बिताउन गाह्रो भएको थियो । “केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ”, उहाँँले भन्नुभयो । घोराही– १७ की सुशीला अधिकारी उमेरले ८३ वसन्त पार गर्नुभयो । उहाँको आजभोलि दिनचर्या फेरिएको छ । घोराही –१५को उत्साहटोलमा रहेको सो केन्द्रमा नगइ उहाँको मन मान्दैन । यहाँ पुगेपछि दुख पीडा भुल्ने गरेको उहाँँ बताउनुहुन्छ  । 

आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने नाचगान भजनकीर्तन गरेर दिन बिताउन सजिलो भएको छ । “आफूसँगैका साथीसँग भेट हुन्छ । धेरै वर्षदेखि भेट्न नपाएका साथी र आफन्तीसँग भेट हुन पाँउदा पहिलेको समयको याद आउछ”, उहाँले भन्नुभयो । 

घोराही १५ का ७६ वर्षीय नारायणकुमार शर्मालाई एकदिन पनि केन्द्र छुट्टाउन मन लाग्दैन । “केन्द्रमा पुराना साथी भेट हुन्छन्, आफ्ना दुःखसुख साट्न पाइन्छ, मलाइ त घरमा बस्न मन लाग्दैन”,उहाँँले भन्नुभयो । सेवाकेन्द्र आउन थालेपछि ऊर्जा थपिएको छ ।  शरीर हलुङगो भएको उहाँले सुनाउनुभयो । “आफूजस्तै साथी भेटिएपछि मन भुल्दो रहेछ, नाचगान गर्दा झनै मज्जा आउँछ”, उहाँको भनाइ छ । 


घोराही १४ को दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यले २०७४ सालमा केन्द्र स्थापना भएको बताउनुभयो । घोराही उपमहानगरपालिका र १४ नम्बर वडा कार्यालयको सहयोगमा हल बनेको छ । वडाले प्रत्येक वर्ष ५० हजार चिया नास्ताको व्यवस्था गरेको छ । घोराही नगरपालिकाले पनि सहयोग गरेको छ । दैनिक २५-३० ज्येष्ठ नागरिक आउनुहुन्छ । यहाँ आउनलाई कसैलाई रोकतोक छैन । जम्मा हुँनासाथै आरती गाउने, त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको उहाँले बताउनुभयो ।  दुई बजे चियाको व्यवस्था छ । खानेपानी, शौचालयको राम्रो व्यवस्था छ । 

आफू समानका साथीसँग भलाकुसारी गर्न पाउँदा उहाँ दङग हुनुहुन्छ । उहाँहरु दिवा सेवामा आएर रमाइलो गर्ने गर्नुहुन्छ । घोराही १५ र १७ वडाका ज्येष्ठ नागरिक एकै स्थानमा जम्मा भएर दिन बिताउन सजिलो भएको छ । घोराही उपमहानगरपालिकाले पाँच लाखमा निर्माण गरेको दिवा सेवा केन्द्रमा दैनिक ४५ देखि ५५ ज्येष्ठ नागरिक भेला हुने गरेको केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो । 

६० वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ । उहाँहरुलाई चिया र बिस्कुटको व्यवस्था नगरपालिकाले गरेको छ । तीन वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, मुरली, खैजडी, मुजुरा जस्ता बाद्यवादनका सामग्री उपलब्ध छन् । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गर्नुहुन्छ । खनाल अगाडि थप्नुहुन्छ, “यस केन्द्रमा विभिन्न दाताबाट टेलिभिजन र कम्प्युटर सौजन्य गरिएका छन् । विभिन्न किसिमका धार्मिक, ज्ञानयुक्त पुस्तक र दैनिक प्रकाशन हुने पत्रपत्रिका प्रशस्त छन् । धार्मिकग्रन्थको पाठ र प्रवचन कार्यक्रम समय तालिका अनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ४ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउनुहुन्छ । 

उपमानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले १० वटा वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको बताउनुभयो । उहाँँहरुको नगरले नियमित स्वास्थ्यपरीक्षण गर्छ । 


प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १५:०७
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्