राष्ट्रिय प्रजातान्त्रिक पार्टीका युवा नेता, बर्दियाका समाजसेवी नेता, राप्रपाको प्रभावशाली संगठन केन्द्रिय सामाजिक बिभागका केन्द्रिय प्रमुख विनय रावलसँग अब देश कता जान्छ वा जानुपर्छ भन्नेबारेमा उहाँसँग संक्षिप्त कुराकानी गर्न खोजेका मात्र हामीले थियौँ की रावलले देश र जनताको बारेमा यस्ता शब्दभेदी बाँणहरूको बौछार गर्नुभयोकी हामी नै उल्टै सोँंचमग्न हुन पुग्यौँ ।
बर्दिया र बर्दियाली जनताको सेवा मात्र गरेर लोकप्रिय मत ल्याउन सफल राप्रपाका प्रभावशाली नेता विनय रावल आफैमा एउटा ब्राण्ड बनिसक्नुभएको छ । करिब ४०० भन्दा बढी मात्र त उहाँको सामाजिक कार्यहरू छन जुन उहाँले निस्वार्थ भावनाले गर्नुभएको छ र उक्त समाजसेवालाई निरन्तरता प्रदान गरिराख्नुभएको छ । एउटा अचम्मको कुरा के छ भने रावल आखिर समृद्धशाली हुनुहुन्छ, ब्यक्तिगत रुपमा नेपालमा मात्र होइन छिमेकी मुलुक भारतमा पनि उहाँको प्रभावको शिला कुँदिएको छ ।
शिलाको शिलान्यास रावलको अभियानबाट भैसकेको छ । अभियान रावलको के छ भन्ने प्रश्न सर्वतोमुखि रुपमा उठ्ने गर्छ ।
६०-७० वर्षको उमेरका आमाबुबाको सेवा गर्दै विश्वकै हेरिटेज पशुपति नाथको दर्शन गराउनु उहाँप्रति उठेको प्रश्नको उत्तर हो । आमाबुबाको सेवा गर्नु के समाजसेवा होइन र ? क्यान्सर पीडित देखि मृगौला पीडितलाई सहयोग गर्नु राजनीति हो र ?
यदी यो राजनीति हो भने हो आज हाम्रो देशलाई यस्तै राजनीतिको खाँचो छ । हो हामीलाई यस्तै मर्यादा पुरुषको आवश्यकता छ । खुट्टाको चोट लिएर बर्दियासँगको दोस्ती कहिल्यै तोड्दैन भनेर बाचा गर्ने ब्यक्ति आज सत्तामा पुगेनन होला तर जनताको मनको सत्तामा उनि बिराजमान छन । अबको क्रान्तिको ज्वारभाटाले आउने समयमा उहाँलाई सत्ताको शिखरमा पुर्याउने छ । यो धुर्वसत्य हो, आज हामी मानौँला नमानौँंला तर सत्य त सत्य नै हो ।
रावलको भिजन र ब्यक्तित्व
बर्दिया र बर्दियालीको विकास, समृद्ध बर्दियाली, विकसित बर्दिया, व्यवस्थित बर्दिया उहाँको सोँच हो । बर्दियामा रावललाई बिरोधिहरूले जे भनेता पनि समाजसेवी युवा नेता रावलको दृष्टि आजको बर्दियाली जनता भन्दा १० वर्ष अगाडी छ ।
सो कुरा बर्दियालीले क्रमिक रूपमा बुझ्दै जालान वा केही समयमा बुझ्नेछन तर युवा नेता रावल बर्दियाको हरेक समस्यामालाई आफ्नो समस्या सोँच्छ्न ।
सरकार कसको, को बन्ला प्रधानमन्त्री भन्ने चर्चा सर्वत्र चिया पसल देखि मिडियामा छौँदा रावल भने आफ्नै सारस्वतिक लयमा समाजसेवामा व्यस्त छन । मृत्युको संघारमा पुगेका बिरामीलाई जिवनदान दिने मात्र होइन मृत्युसंस्कार गर्न असमर्थ चेलीबेटीलाई सहयोगमा निरंतरता निरन्तरतामा स्वतन्त्र स्वविवेकका साथ लागि पारेका छन ।
यसर्थ ति नेता रावललाई बर्दियाले कहिले पहिचान गर्ला भन्ने सोँचमा म मात्र होइन हजारौँं मानिसहरू कुरेर बसेका छन । उनको अनुशाशित जिवनशैली र सहयोग गर्ने स्वभाव बर्दियालीले चिन्न मात्र बाँकी छ । धेरै बर्दियालीले युवा समाजसेवी नेतृत्व रावललाई चिनिसकेको अवस्था छ भने अब चिन्न तँपाइ र मलाई मात्र बाँकी छ ।
सुर्योदयको पहिलो किरणसँगै जिवनरुपी रेखा सुरु भए जस्तै अबपनि रावललाई हामीले चिन्न सकेनौँ भने गल्ती सुर्यओदयको किरण नभएर अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिए जस्तै अर्घागित रूपमा बर्दिया हुनेछ र यो सत्य नभएर यथोचित यथार्थ हो जसको भागीदार आउने समयमा हाम्रा पुस्ताले भोग्नुपर्नेछ ।