Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बर्दियाको मधुवनमा लागूऔषध दुर्व्यसनको कहाली लाग्दो वर्तमान र जोखिमपूर्ण भविष्य 
बर्दियाको मधुवनमा लागूऔषध दुर्व्यसनको कहाली लाग्दो वर्तमान र जोखिमपूर्ण भविष्य 
नेपालकागज
नेपालकागज शनिबार, मंसिर १७, २०७९

बर्दिया । लागू औषध दुर्व्यसन: परिचय तथा पृष्ठभूमि: मानिसमा तलतल लत ) सिर्जना गरी शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत बनाइ दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो । । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ । 

जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक तथा शारीरिक स्थितिमा परिवर्तन हुन्छ। यसलाई नशा पनि भन्ने गरिन्छ। लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ। यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै खतरा पैदा गर्दछ । 

कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकेन आदि अवैध लागू औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागू पदार्थ हो । विश्व स्वास्थ्य सङ्गठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ । 

यो मादक पदार्थ, रक्सीभन्दा दशौँ गुणा हानिकारक हुन्छ। अहिले मधुवनमा लागू पदार्थको प्रयोगकर्ता बढिरहेको र त्यसमा युवाको सङ्ख्या अधिक रहेको छ । युवाहरूमा यो समस्या डरलाग्दोसँग बढिरहेको छ । युवा शक्ति कुलतमा फसेपछि उनीहरू आफ्ना लागि मात्र नभएर परिवार एवं समाजको समेत बोझ बनेका छन् । यस्ता दुर्व्यसनीको सङ्ख्या मधुवनमा उदेकलाग्दो तरिकाले वृद्धि भइरहेको छ।


लागू औषधका प्रकारहरू:

प्राकृतिक लागूपदार्थ- प्राकृतिक रूपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरू जस्तै– गाँजा, चरेस, भङ्ग, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागि पदार्थ भनिन्छ ।
कृतिम औषधि जन्य लागूपदार्थ:– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तैः- नाइट्रोसन, नाइट्रोभेट, प्रोक्सीभोन, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।

लागूऔषध दुर्व्यसनीमा फसेका ब्यक्तिको लक्षणहरुः

स्वभाव र बोल्ने शैलीमा अचानक परिवर्तन आउनु, 
आँखा रातो हुनु, आँखाबाट आँसु आइरहनु, बोली लर बरिनु, 
बिना कारण झगडा गरेर आवश्यकताभन्दा बढी पैसा माग्नु र खर्च गर्नु, 
कक्षामा नियमित नहुनु तथा पढाइको स्तर घट्दै जानु, 
लगाएको कपडाबाट बेग्लै किसिमको गन्ध आउनु, 
घरबाट नगद तथा बहुमूल्य सामान हराउनु, 
एक्लोपना रुचाउनु तथा बोली-चाली कम गर्नु, 
पुरानो साथीहरू छोड्दै जानु, नशा तथा अन्य क्रियाकलापको लागि ढाँट्दै जानु, 
शारीरिक रूपमा कुपोषण भए जस्तो कमजोर देखिनु,
शरीरमा काटिएको, रगत, निला डाम र चोट पटक देखिनु 
खल्तीमा, कोठामा चुरोट, लाइटर, सलाई, मैनबत्ती चम्चा झिलझिले कागज आदि भेटिनु, 
अचानक निर्णय परिवर्तन गर्नु तथा तुरुन्त आवेगमा आउनु, 
खानामा रुचि नहुनु, मुटुको चाल घटबढ हुनु, 
धेरै जसो घरबाहिर बस्न खोज्नु, ढिलो घर आउनु, 
आँखा जुधाएर वा सिधा भएर कुरा गर्न नसक्नु, 
सुत्ने र उठ्ने समयमा अचानक परिवर्तन आउनु, राति उठ्नु र बिहान अबेरसम्म सुत्नु, आदि । 

लागू औषध/ मादक पदार्थको दुर्व्यसनबाट बच्ने उपायहरू:

नकारात्मक प्रस्तावहरूलाई सदैव नाइँ भन्न सक्ने क्षमताको विकास गर्ने,
आफ्नो खाली समयलाई घरको काम काज, भ्रमण, किनमेल तथा सेवाको काममा मन लगाई प्राकृतिक तरिकाले आनन्द लिने प्रयास गर्ने, ध्यान, योग वा अन्य कुनै क्रियाकलापमा आबद्ध रहने, साहित्य, सङ्गीत, कला, खेलकुद र नृत्य जस्ता सृजनशील कार्यमा आफूलाई व्यस्त राख्ने,खराब आचरण भएका साथीहरूको समूहमा कहिले पनि सहभागी नहुने, गलत कार्यमा सहभागी भई आफ्नो छुट्टै पहिचान बनाउने कोसिस नगर्ने, अभिभावकहरूले छोराछोरीहरूलाई लागू औषध तथा मदिराको दुर्व्यसनमा पर्नबाट बचाउने उपायहरू छोराछोरीहरूको हरेक क्रियाकलाप साथी भाइ, विद्यालय समय बाहेक अरू बेला व्यतीत गर्ने ठाउँ, शारीरिक हाउभाउ, समयको पालना नगर्ने आदि बारे जानकारी राख्ने, आवश्यकताभन्दा बढी पैसा नदिने,mखेलकुद, कला तथा साङ्गीतिक कार्यक्रम लगायतका गतिविधिमा बढी संलग्न गराउने, छोराछोरीहरूलाई गलत साथीहरूको सङ्गतमा पर्न नदिने, 
छोराछोरीहरूलाई मद्यपान तथा ध्रुम्रपानको प्रयोगबाट टाढा राख्ने, लागूऔषध तथा मदिराको असरको बारेमा जानकारी गराउने, 
छोराछोरीको पढाइ तथा अतिरिक्त क्रियाकलाप बारे स्कुलमा बुझ्ने, छोराछोरीसँग पर्याप्त समय बिताउने र कुराकानी गर्ने, 
उच्छृङ्खल गतिविधि गर्न नदिने र सरसफाइमा विशेष ध्यान दिने, छोराछोरीको बानी ब्यहोरा, एकान्तमा बस्न रुचाउँछ वा रुचाउँदैन, पढाइमा दिलचस्पी दिए, नदिएको र गृहकार्य गरेको छ छैन आदि विषयमा निगरानी राख्ने । 


मधुवनमा लागूऔषध दुर्व्यसनको कहाली लाग्दो वर्तमान अवस्था:

घटनाक्रम:
मिति २०७९/०३/२० गते मधुवन नगरपालिका वडा नं.५ स्थित १७ नं. चोकमा  लागू औषध ब्राउन सुगरको कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थान बस्ने वर्ष २६ को युवक ब्राउन सुगर सहित पक्राउ ,
मिति २०७९/०३/ २१ गते वर्ष २८को युवक ३ ग्राम लागु औषध ब्राउन सुगर  सहित पक्राउ परेको,
 मिति २०७९/०४/०१ गते मधुवन न.पा. वडा नं.८ टिसीयन बस्तीको वर्ष २३ को युवक लागू औषध ब्राउन सुगर सहित प्रहरी टोलीले पक्राउ गरेको ,
मिति २०७९/०४/०४ गते मधुवन न.पा.८ सुकुम्वासी टोल बस्ने  वर्ष २० को युवक लागू औषध ब्राउन सुगर सहित पक्राउ परेको  ,

प्रस्तुत घटनाहरू इलाका प्रहरी कार्यालय ढोढरी र सानो श्री बर्दियाले लागू औषध दुर्व्यसनी विरुद्ध सञ्चालन गरेको १५ दिने विशेष अभियान अन्तरगत पक्राउ परी अनुसन्धानमा रहेका घटनाहरू हुन् र उक्त अभियान निरन्तर जारी रहेको छ । 

घटनाक्रमलाई सूक्ष्म तरिकाले अध्ययन गर्दा लागू औषधको कारोबार, बिक्री वितरण तथा सेवन सार्वजनिक स्थल, खुल्ला सडक र घरबाट नै भइरहेको जसमा घर परिवारका सदस्य र साना बालबालिकाको प्रयोग  गरी लागऔषधको कारोबार भएको र सो बारेमा घरपरिवार, समाज, छरछिमेक समेतलाई जानकारी हुँदा समेत त्यस विरुद्ध आवाज/सूचना प्रहरी वा सरोकारवाला निकाय समक्ष नदिँदा लागु औषध दुर्व्यसनमा पसेका युवा विगत लामो समयदेखि लागू औषध सेवन तथा बिक्री वितरण गरी निरन्तर दर्ब्यसनीको जालो समाजमा भयावह रूपमा फैलिई ग्रामीण बस्ती, टोल-टोलमा ब्राउन सुगर जस्तो महँगो आयातित प्रतिबन्धित लागु औषधको सहजै बिक्री वितरण भइरहेको तथ्य उल्लेखित घटनाक्रमबाट देखिन्छ यसबाट समेत मधुवन नगरपालिका भित्रको लागु पदार्थ दुर्व्यसनको अवस्था, लागू औषध सेवनकर्ता र भविष्यमा हुने जोखिमका बारेमा जो कोहीले अनुमान गर्न सकिन्छ, मधुवन एउटा प्रतिनिधि पात्र मात्र हो,आजको हरेक युवा लागु औषध  दुर्व्यसनको जोखिममा छन् ,हरेक समाज र नागरिक दुर्व्यसनबाट सृजित अपराधबाट पीडित छन् । लागु औषध पदार्थ दुर्व्यसनी  गाउँ समाज टोल टोल सम्म भित्र भित्रै फैलिसकेको छ र यो साझा समस्याको रूपमा रहेको कुरामा दुई मत छैन । 

जबसम्म आफ्ना सन्तान दुर्व्यसनी (कुलत) मा फसिसकेको अवस्थामा पनि अभिभावकलाई विश्वास लाग्दैन, समाजमा बस्ने अन्य व्यक्ती लाई सरोकार र चासोको  विषय बन्दैन र सरकारी तथा सरोकारवाला निकायले प्रभावकारी कार्यसम्पादन नगरे सम्म लागु औषध दुर्व्यसनीको जालो नियन्त्रण गर्न सहज छैन ।  

अतः लागू औषध दुर्व्यसनी नियन्त्रण गर्न प्रत्येक व्यक्ति, नागरिक, घर परिवार, प्रहरी, स्थानीय निकाय, विद्यालय लगायत सरोकारवाला निकायहरूले सक्रिय रूपमा आ-आफ्नो भूमिका निर्वाह गर्नु पर्दछ  । 

यस जोखिमपूर्ण चुनौतीलाई निराकरण तथा  नियन्त्रण गर्न हरेक अभिभावकले आफ्नो बाल बालिकाको क्रियाकलाप माथि निगरानी राख्नु पर्दछ, समाज, जनप्रतिनिधि, राजनैतिक दल, सङ्घ संस्थाले लागू औषध दुर्व्यसनीलाई कठोर रूपमा बहिस्कार र निरुत्साहित गर्ने प्रण गर्नु पर्दछ र सरोकारवाला निकाय, प्रहरी, अदालतले लागू औषध सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, नियन्त्रण र न्यूनीकरण गर्न ईमान्दार प्रयासको जरुरी रहेको छ, साथै लागु औषध दुर्व्यसनी (कुलत) मा फसेका व्यक्तिको पुनर्स्थापना, उपचार र सामाजिकीकरण गर्न तथा लागु औषध दुव्यासनीको बारेमा जनचेतनामूलक कार्यक्रम लगायत व्यवस्थापकीय जिम्मा स्थानीय निकायले लिई लागु औषध साझा विकृतिको रूपमा मनन गरी यसका लक्षण , बेफाइदा र दुर्व्यसनीबाट बच्ने उपायको बारेमा गर्भित चिन्तन गरी सबैको सामूहिक प्रयासबाट भयावह रूपमा फैलिएको लागु औषध दुर्व्यसनीको जालोलाई चिर्दै दुर्व्यसनी मुक्त समाज बनाउन लाग्नु पर्ने आजको प्राथमिक आवश्यकता रहेको छ । जय होस ।


मोहन जङ्ग बुढथापा 
लेखक इलाका प्रहरी कार्यालय ढोढरी, बर्दियामा कार्यरत हुनुहुन्छ ।

 


प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:०१
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्