बर्दिया । बर्दियाको क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य सञ्जय कुमार गौतम विजयी हुनु भएको छ ।
नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतले पराजित गरी विजयी हुनु भएको हो । गौतमले ३० हजार ६११ मत प्राप्त गर्नु भएको छ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले २३ हजार ९९३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रवेश भुसाल ११ हजार ४ मत, जनमत पार्टीका साेहरवा पठान २ हजार ३५५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्य बहादुर सिंह २ हजार २६६ मत, जनता समाजवादी पार्टीका रेसम बहादुर खत्री एक हजार मत, नेस्नलिस्ट पार्टीका राम रतन थारु २०७ मत र स्वतन्त्र तर्फ देवी प्रसाद तिवारीले २१७ मत प्राप्त गर्नु भएको छ ।
बर्दिया क्षेत्र नम्बर १ मा जम्मा एक लाख ४ हजार ४०२ मत खसेको थियो । त्यसमध्ये कुल ९७ हजार ९८१ मत सदर र ६ हजार ४२१ मत बदर भएको निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९, २२:४०:००