बर्दिया । बर्दियामा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं.-८ गणेश शिव दुर्गा सामुदायिक वनमा वयस्क पोथी पाटे बाघ मृत फेला परेको हो ।
अन्दाजी करिब १ सय पचास किलोग्राम तौल, १ सय ५७ से.मी. लम्बाई र ५ बर्ष उमेर रहेको पाटे बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत टंक बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
प्रजनन समय भएकाले भाले पोथी एक आपसमा जुधेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मृत पोथी पाटे बाघको शरीरको विभिन्न भागमा चोट पटक लागेको देखिन्छ ।
पोष्ट मार्टम रिपोर्टबाट सबै थाहा हुने डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण राज शर्माले नेपाल कागजलाई बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९, १६:२०:००