Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारद्वारा हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र निर्धारण, क्वारेन्टिनका लागि पाँचतारे होटल सूचिकरण
सरकारद्वारा हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र निर्धारण, क्वारेन्टिनका लागि पाँचतारे होटल सूचिकरण
नेपालकागज
नेपालकागज बुधबार, जेठ १९, २०७८

सरकारद्वारा हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र निर्धारण, क्वारेन्टिनका लागि पाँचतारे होटल सूचिकरण

काठमाडौँ । सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेकोे छ । गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश

गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल भएको अवस्थामा कारबाही हुनेछ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरेको छ । 

सो सूचीमा टेलिफोन तथा सञ्चार सेवालाई पनि अत्यावश्यक सेवाको रुपमा राखिएको छ । यसबाहेक हाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल तथा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा, हवाईअड्डा तथा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बनिधत सेवा, प्रिन्ट वा सरकारी छापाखाना, हातहतियार खरखजामा वा अरु कुनै सैनिक सर–सामानको उत्पापदन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्र्य, खानेपानीको सञ्चालन तथा वितरण, पर्यटन आवास, मोटेल, होटल, रेष्टुराँ र रिसोर्ट, पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डाराण र वितरणसम्बन्धी  छन् । 

यस्तै, अस्पताल तथा स्वास्थ्य केन्द्रसञ्चालन, औषधि निर्माण तथा बिक्री वितरण, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निमार्ण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिङ सेवा, बीमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धि सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, भेटिरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभाग र इन्टरनेट सेवा लगायतका सेवाहरु रहेका छन् ।

पाँचतारे होटल क्यारेन्टिनमा सूचिकरण

भारत लगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई  क्यारेन्टिन होटल बनाइएको छ । पर्यटन विभागमा दर्ता भएका ७८ वटा होटललाई क्यारेन्टिन होटलको रुपमा सूचिकरण गरिएको हो । 

पर्यटन विभागले आज पर्यटकदेखि पाँचतारे स्तरसम्मका ७८ वटा होटलको नाम क्यारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो । बिहीबारदेखि भारतलगायत कतार, टर्की र चीन गरी चार गन्तव्यका लागि उडान खुला गरिएको छ । उक्त चार गन्तव्यबाट स्वदेश आउँने यात्रुका लागि उक्त होटललाई क्यारेन्टिन बनाइएको हो । 

कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतलगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, खाडी मुलुकाबाट आउनेले पाँच दिन बसे पुग्छ भन विशेष परिस्थिति भएकालाई होम क्वरेन्टिनमा पठाउने व्यवस्था पनि रहेको छ । 

विभागले सार्वजनिक गरेको ७८ वटा होटलमध्येमा पाँचतारे स्तरका ७ वटा होटल रहेका छन् । विभागको सूचना अनुसार काठमाडौंमा सञ्चालित सांग्रिला, होटल ¥याडिसन, होटल याक एण्ड यति, ह्यात रिजेन्सी सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटललाई क्वारेन्टिन तोकिएको हो । पाँचतारे होटलका सञ्चालकले २५ भन्दा बढी कोठा क्यारेन्टिनका लागि छुट्टाएका छन् । 

यस्तै, चारतारे स्तरका होटल शंकर र होटल हिमालय, तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्क गरी ७ होटल क्यारेन्टिनका रुपमा सूचिकरण भएका छन् । यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन्  ।


यसअघि नै एयर बबल अवधारण अनुरुप नेपाल भित्रनेहरुका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ८ वटा होटललाई क्यारेन्टिन होटलका रुपमा छुट्टाएको थियो । उक्त होटलमा ७० हाटल थप गरी ७८ वटा होटललाई क्यारेन्टिन बनाईएको हो । 

विभागले पर्यटकस्तरका होटलको दैनिक शुल्क रु तीन हजार (बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खाना) तोकेपनि तारे होटलकोे शुल्क तोकिएको छैन । तारे होटललाई क्यारेन्टिन होटल बनाइएको भन्दै शुल्क निर्धारण नगरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तारे होटलका सञ्चालकले क्यारेन्टिन शुल्क आफैँ निर्धारण गर्नुपर्नेछ ।
 


प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्