Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न  : घण्टाघरको सुई कहिले घुम्छ ?
सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न  : घण्टाघरको सुई कहिले घुम्छ ?
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख २३, २०७९

प्रकाश अधिकारी, कर्णाली । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् ।

विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् । यसपटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, “घण्टाघरको सुई कहिले घुम्छ रु” 

प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन् ।

वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांगे्रस, नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहो¥याउने गरेका छन् । 

वीरेन्द्रनगर–६ घण्टाघर लाइनका तिलक भण्डारीले सामान्य काम नगर्ने नेताहरूबाट ठूला–ठूला आश्वासन पूरा हुन्छन् भन्ने विश्वास नरहेको बताउनुभयो ।

“१० वर्षदेखि बन्द रहेको घडी चलाउन सक्ने जनप्रतिनिधि पाएनौँ”, उहाँले भन्नुभयो, “यसपटक पनि उम्मेदवारका घोषणापत्रमा यो कुरा उल्लेख भएको रहेनछ, त्यसैले भोट माग्न आउने जतिसँग घण्टाघरले कहिले पुनर्जन्म पाउँछ रु भनेर सोध्न थालेका छौँ ।”

वीरेन्द्रनगर–५ को घरदैलोमा आउनुभएका रापप्रा नगरप्रमुखका उम्मेदवार मुकुन्दश्याम गिरीलाई पनि मतदाताले यही प्रश्न तेस्र्याए । गिरीले मतदातामाझ आफू निर्वाचित भएलगत्तै नयाँ घडी राख्नुका साथै घण्टाघर क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विसं २०६१ मा नगरप्रमुख तथा तत्कालीन लाटीकोइली गाउँपञ्चायतको प्रधानपञ्च भई काम गरिसक्नुभएका उहाँले वीरेन्द्रनगरको गुरुयोजनाबमोजिम काम गर्नुपर्ने बताउनुभयो ।

भेरी नदीमा पक्की पुल निर्माण सम्पन्नपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो ।

घण्टाघरबाट सुर्खेत उपत्यका अवलोकन गर्न सकिन्छ । पछिल्ला वर्ष नगरपालिकाले घण्टाघर उद्यानको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिए पनि घडी भने परिवर्तन गरिएको छैन । नगरवासीले घण्टाघरको पहिचान गुम्न नदिन कम्तीमा घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका छन् ।

घण्टाघरको आँगनमा रहेको नगरपालिका कार्यालय र उत्तरपूर्वी क्षेत्रमा अवस्थित प्रदेश सरकारसमेत अनदेखा भएको नगरवासीको गुनासो छ । स्थानीय होटल व्यवसायी जनक कार्कीले प्रदेश सरकारले पर्यटनमा बर्सेनि करोडौँ बजेट खर्च गरे पनि घण्टाघरमा नयाँ घडी राख्न नसकेर गैरजिम्मेवारपन देखाइरहेको आरोप लगाउनुभयो ।

राप्रपा नगरप्रमुखका उम्मेदवार गिरी मात्र होइन, यसपटक मतदाताले कांगे्रस र एमाले नगरप्रमुखका उम्मेदवारसमक्ष ठूला–ठूला विकास योजना मागेका छैनन् ।

मतदाताले घण्टाघरमा नयाँ घडी राख्नुपर्ने, खानेपानीको समस्या चाँडो अन्त्य हुनुपर्ने, सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, पार्किङ व्यवस्थापन, नगरबस सञ्चालनजस्ता माग राखेका छन् । जबकि मतदाताका अघिल्लोपटक पनि यिनै माग थिए । 

उम्मेदवारले प्रतिबद्धतापत्रमा अघिल्लोपटक जस्तो यसपाला महत्वाकाङ्क्षी योजना समावेश गरेका छैनन् । नगरवासी मतदातालाई उम्मेदवारले पाँच वर्षको अनुभवका आधारमा स–साना काम पूरा गरेर मात्र ठूला काममा हात हाल्ने वचन दिने गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वडा छन् । मतदाता सङ्ख्या ६७ हजार छ । वीरेन्द्रनगरको प्रमुख पदका लागि कांगे्रस–माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कांगे्रसका उपेन्द्र खड्का, एमालेकी मोहनमाया ढकाल, एकीकृत समाजवादीकी धना शाही, राप्रपाका मुकुन्दश्याम गिरीलगायत चुनावी मैदानमा छन् । 
 


प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ०९:४१
#सुर्खेत #निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्