Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • प्रवद्र्धन गर्नुपर्ने समयमा आयुर्वेदिक चिकित्साप्रति सरकारी बेवास्ता, ६०० जनाभन्दा बढी कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण
प्रवद्र्धन गर्नुपर्ने समयमा आयुर्वेदिक चिकित्साप्रति सरकारी बेवास्ता, ६०० जनाभन्दा बढी कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण
नेपालकागज
नेपालकागज आइतबार, असार २०, २०७८

पाँचथर । कोभिड–१९ सङ्क्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन आवश्यक देखिएको भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा पद्धतिको प्रयोग प्रभावकारी हुँदै गएपछि यस पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । 

जनस्तरमा आकर्षण बढेपछि सेवाको प्रवद्र्धनका लागि पर्याप्त बजेट र कार्यक्रमको माग गरिँदै आएको छ तर प्रदेश सरकार मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रहरुका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा निकै न्यून बजेट छुट्याएको छ । आगामी आव २०७८÷७९ को बजेटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक आयुर्वेदिक सेवा कार्यक्रमका लागि रु तीन लाख, महामारी रोकथामका लागि रु दुई लाख र केन्द्रको स्तरोन्नतिका लागि रु एक लाख बजेट विनियोजन भएको छ । कोभिड–१९ का सङ्क्रमितको उपचारमा मेहनतका साथ लागेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरको कार्यप्रगतिले समेत यो बजेट र कार्यक्रमले आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन नहुने तथा सरकारले बेवास्ता गरेझैँ देखिने सरोकारवालाले बताएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरले हालसम्म जिल्लाका ६०० जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । सङ्क्रमण व्यापक फैलिएका स्थानमा पुगेर केन्द्रले आयुर्वेदिक औषधि वितरण गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउने, योग, ध्यान, प्राणायम गर्ने, स्थानीय जडीबुटीको प्रयोग गर्नेलगायत विषयमा सङ्क्रमित तथा तिनका आफन्तलाई जानकारी गराउँदै आएको छ । आयुर्वेदिक चिकित्सकको सल्लाहबमोजिम आयुर्वेदिक औषधि सेवन गरेका अधिकांश सङ्क्रमितमा जटिल स्वास्थ्य समस्या देखिएको छैन । अधिकांश सङ्क्रमित सहजै कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । प्रत्येक सङ्क्रमितलाई करिब रु ७०० पर्ने आयुर्वेदिक औषधि वितरण गर्दा केन्द्रसँग रहेको बजेटले भ्याएन ।

“सङ्क्रमणमुक्त गराउन तथा रोग प्रतिरोधात्मक क्षमता बलियो पार्न आयुर्वेदिक औषधिको प्रभावकारिता देखिए पनि स्रोत साधनको अभावले राम्रो सेवा दिन सकेनौँ”, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका प्रमुख डा सञ्जीवकुमार यादवले भन्नुभयो, “बट्टाको औषधि खरिद गर्दा धेरै मूल्य पर्ने भएपछि सिधै उद्योगबाट औषधि खरिद गरी धेरै सङ्क्रमितलाई पु¥याउने प्रयास ग¥र्यौँ ।” यसरी आयुर्वेदिक औषधि वितरण गर्ने, लक्षित समुदायको रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्यक्रम सञ्चालन गर्ने कुनै पनि योजना तथा कार्यक्रम प्रादेशिक निकायले जिल्लालाई दिएका होइनन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गर्ने भनी गरेको निर्णयका आधारमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले औषधि वितरणलगायतका कार्यक्रम गर्दै आएको हो । “सामाजिक विकास मन्त्रालय र निर्देशनालयले महामारी नियन्त्रणमा यसरी जाने भनेर कार्ययोजनासमेत दिएका थिएनन्”, केन्द्रका प्रमुख डा यादवले भन्नुभयो, “आयुर्वेदिक चिकित्सा पद्धतिलाई जनस्तरमा पु¥याउने समयमै ठोस कार्यक्रम र बजेट प्राप्त नहुँदा प्रभावकारीरूपमा काम गर्न सकिएन ।” आफूहरुले कार्यालयबाट सञ्चालन हुने सेवाका अतिरिक्त महामारी नियन्त्रणमा सघाउ पु¥याउँदै आयुर्वेदिक चिकित्सालाई जनस्तरमा पु¥याउन काम मागेको भए पनि कामविहीन भएर बस्नुपरेको यादवको भनाइ छ ।

बजेट अभावका कारण सबै ठाउँमा औषधि पु¥याउनसमेत नसकिएको केन्द्रका कविराज निरीक्षक खगेन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार केन्द्रले जिल्लाको फिदिम नगरपालिकासहित हिलिहाङ र याङवरक गाउँपालिकाका गाउँगाउँमा पुगेर सङ्क्रमितलाई सेवा दिएको थियो । यस्तै जिल्लाको कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङमा रहेका सेवा केन्द्रले समेत आयुर्वेदिक औषधिसहितका सेवा प्रदान गरेका थिए । “हामीले वितरण गरेका औषधिको सही प्रयोग र स्वस्थ जीवनशैली अपनाउनेमा गम्भीर स्वास्थ्य समस्या देखिएनन्”, कविराज निरीक्षक पौडेलले भन्नुभयो, “तर सबै ठाउँ मागअनुसार औषधि पु¥याउन बजेटले पुगेन ।”

कोभिड–१९ सङ्क्रमणपछि ज्वरो, रुघाखोकी, घाँटी, छाती तथा फोक्सोमा हुने समस्या निदान गर्न आयुर्वेद स्वास्थ्य केन्द्रले शरीरको तापक्रम बढाउने, श्वासप्रश्वास सहज बनाउन मद्दत गर्ने, अक्सिजनको मात्रा बढाउने, पाचन प्रणाली राम्रो बनाउनेजस्ता गुणयुक्त औषधि वितरण गर्ने गरिएको पौडेलले जानकारी दिनुभयो । यी औषधिको नियमित र सल्लाहबमोजिमको सेवाले धेरै सङ्क्रमितले सहजै सङ्क्रमणलाई जितेको अनुभव सुनाउने गरेका छन् । आफूहरुले दिएको सुझावअनुसार जडीबुटीको प्रयोग गर्नेले समेत समस्या भोग्नु नपरेको पौडेलको भनाइ छ ।

जनस्तरमा बेवास्ता गरिँदै आएको आयुर्वेदिक पद्धतिप्रति कोभिड–१९ सङ्क्रमणको महामारीद्वारा सिर्जित कठिनाइमा आकर्षण बढेको भए पनि बजेट र स्रोत साधनको प्रबन्ध नभएसम्म आकर्षणलाई व्यावहारिक प्रयोगमा ल्याउन नसकिने कविराज निरीक्षक पौडेल बताउनुहुन्छ । पाँचथरमा गत वर्षमात्रै इलामसँगको सीमावर्ती राँके बजारबाट सदरमुकाममा सारिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नै भवन तथा पर्याप्त सवारीका साधन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।
 


प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्