Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  •  जिल्लामै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा
 जिल्लामै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा
नेपालकागज
नेपालकागज शनिबार, असार १९, २०७८

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालले जिल्लामा नै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गरेको छ । अस्पतालले शुक्रबार साँझ शल्यक्रियामार्फत सफलरुपमा प्रसूति गराएको हो । 

अस्पतालका एमजिडिपी (जनरल प्राक्टिसमा स्नातकोत्तर गरेका) चिकित्सक कमलराज न्यौपाने तथा उहाँको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर प्रसूति गराएको अस्पताल व्यवस्थापन समितिका सदस्य नरनाथ पाण्डेले बताउनुभयो । “जिल्ला अस्पतालबाट सामान्य प्रसूति सेवा उपलब्ध भइरहेको थियो”, पाण्डेले भन्नुभयो, “तर हिजो भने जिल्लामै पहिलोपटक शल्यक्रिया गरेर प्रसूति गराउन सफल भएका छौँ ।” हालसम्म जिल्लाका अन्य कुनै पनि अस्पतालले शल्यक्रियाबाट प्रसूति गराएका थिएनन्। 

अस्पतालमा कावासोती–१२ की २६ वर्षीया गर्भवती मधु सुनारको शल्यक्रियाबाट प्रसूति गराइएको हो । “बिरामीमा प्रसूतिसम्बन्धी कडा खालको लक्षण देखिएको थियो, फेरि हिजो भरतपुर लैजानका लागि सडकसमेत अवरुद्ध भएका कारण यहाँका चिकित्सकले ठूलो जोखिम लिएर शल्यक्रियाबाट प्रसूति गराउनुभयो”, पाण्डेले भन्नुभयो, “सामान्यतया ३८ हप्तामा सुत्केरी हुनुपर्नेमा उहाँको गर्भ रहेको ४० हप्ता चार दिन भइसकेको रहेछ, त्यसैले पनि उहाँको अवस्था अलि जटिल थियो ।” 

एमजिडिपी चिकित्सकसहित बाल रोग विशेषज्ञ तथा तीनजना कन्सल्टेन्ट चिकित्सक तथा उहाँहरुको समूहले सुनारको सुरक्षित रुपमा प्रसूति गराएको पाण्डेको भनाइ थियो । सुनारको शल्यक्रियाबाट तीन किलो ३०० ग्रामको स्वस्थ शिशु जन्माइएको भन्दै अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको पाण्डेले बताउनुभयो । “गर्भवतीको अवस्था क्रिटिकल भएर डर लागेको भए पनि कन्फिटेन्स भएर आफूहरुले सुरक्षित रुपमा प्रसूति गराएको शल्यक्रियामा संलग्न डाक्टरहरुले बताउनुभएको थियो”, पाण्डेले भन्नुभयो, “अब प्रसूति गराउन भरतपुर लैजानुपर्ने समस्या हटेको छ, हामीले जस्तोसुकै जटिल प्रकारका प्रसूति पनि गराउन सक्छौँ भन्ने आत्मविश्वास यहाँका डाक्टरहरुमा पलाएको छ ।” अस्पतालमा केही समय अगाडिसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेका भए पनि हाल दरबन्दी रिक्त हुँदा स्त्री तथा प्रसूति रोग विशेषज्ञको माग गरिएको पाण्डेले बताउनुभयो । 

अस्पतालमा शल्यक्रियाको समयमा रगत माग भएमा नजीकै रक्तसञ्चार केन्द्रसमेत रहेकाले अब ढुक्क भएर शल्यक्रिया गरेर प्रसूति गराउन सकिने उहाँको भनाइ छ । मध्यविन्दु जिल्ला अस्पताल विसं २०७६ फागुन अगाडि सामुदायिक अस्पतालका रुपमा सञ्चालनमा थियो । करीब एक दशकअगाडि धनधाञ्याचल महायज्ञ लगाएर सङ्कलन भएको रकमबाट समुदायिक अस्पताल निर्माण गरिएकामा ७६ फागुनपछि प्रदेश सरकारको निर्णयअनुसार जिल्ला अस्पतालमा परिणत गरिएको हो । 

मध्यविन्दु अस्पताल व्यवस्थान समितिका अध्यक्ष डा गोपाल खनालले अस्पतालबाट जिल्ला अस्पतालले दिने सबै सेवा प्रदान भइरहेको बताउनुभयो । अस्पतालमा पाँच श्ययाको आइसियु तथा तीनवटा भेन्टिलेटर भएको भन्दै चिकित्सक खनालले गम्भीर प्रकृतिका बिरामीहरुको उपचार सहज रुपमा भइरहेको बताउनुभयो । “हामीसँग अपरेशन थिएटरमा दुईवटा टेबुल छन्, एकसाथ दुईवटा अपरेशन गर्न सक्छौँ”, डा खनालले भन्नुभयो, “केही समय अगाडि एपेन्डिसाइटका बिरामीको समेत सफल रुपमा शल्यक्रिया गरेका थियौँ ।” 

सामान्य स्वास्थ्य समस्या आउँदा पनि जिल्लावासी भरतपुर जानुपर्ने समस्याको अन्त्य भएको खनालले बताउनुभयो । “हामीले अहिले अस्पतालमा पिसिआर मेशिनबाट कोरोना परीक्षण गरिरहेका छौँ”, खनालले भन्नुभयो, “कोभिडका बिरामीसँगै अन्य बिरामीलाई समेत सुरक्षित सेवा दिइरहेका छौँ ।” अस्पतालले आफ्नै अक्सिजन प्लान्टबाट बिरामीलाई अक्सिजनसमेत प्रदान गरिरहेको उहाँको भनाइ छ । 

 


प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्