Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • टोखाको वजेट पारित, कांग्रेसद्धारा बैठक बहिस्कार
टोखाको वजेट पारित, कांग्रेसद्धारा बैठक बहिस्कार
नेपालकागज
नेपालकागज शनिबार, असार १९, २०७८

काठमाडौँ ।  टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । 
टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८÷०७९ का लागि प्रस्तुत गरेको  रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको वजेट शुक्रबारको दोस्रो बैठमार्फत पास गरेको हो । 

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाको दोस्रो बैठकमा पेश गर्नुभएको उक्त वजेट नगरप्रमुख प्रकाश अधिकारीले पारित गर्न नगरसभा समक्ष पेश गर्नुभएको थियो । उक्त बजेट वहुमत सदस्यले ताली बजाएसँगै पास भएको हो । 
टोखाले आव २०७८÷०७९ को वजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाहेक सामाजिक विकास, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदा संरक्षण, कृषिको आधुनिकीकरण, खेलकूदलाई पनि बजेटले प्राथमितामा राखेको छ । गरपालिकाले ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर भन्ने मूल नाराका साथ समग्र नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको छ । 
नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, संगठन संरचना, न्यायिक समितिको प्रतिवेदन लगायत पारित गरेको नगरप्रवक्ता बच्चुराज बस्यालले राससलाई जानकारी दिनुभयो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् । 
वजेटसभा नेपाली कांग्रेसका जनप्रतिनिधीहरुले भने बहिस्कार गरेका छन् । वजेट टोखाको समग्र विकासका लागि लक्षित नभइ आगामी निर्वाचनलाई प्रभाव पार्नेगरी आएको भन्दै उनीहरुले बहिस्कार गरेका हुन् । 
कोरोना महामारीले पीडामा रहेका व्यवसायीलाई करमा ५० प्रतिशत सहुलियत दिनुपर्ने, कोरोना खोप व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, वडा स्तरीय विनियोजित बजेट बढाउनुपर्नेलगायतका आफ्ना मागलाई सम्बोधन नगरेपछि नगरसभा बहिस्कार गरिएको कांग्रेसको तर्फबाट टोखा–११ मा निर्वाचित वडाअध्यक्ष उत्तम अधिकारीले राससलाई जानकारी दिनुभयो । 

टोखाको नगरसभामा कांग्रेसको तर्फबाट पाचजना वडा अध्यक्षसहित २१ नगरसभा सदस्य रहनुभएको छ । टोखा वडा नं २ का वडाअध्यक्ष दिपकराज जोशी, वडा नं ३ का वडाअध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष महेश्वर केसी, वडा नं ८ का वडा अध्यक्ष केशवबहादुर खत्री र वडा नं ११ का वडाअध्यक्ष अधिकारी कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधी हुनुहुन्छ । 
नगरपालिमामा आव २०७७÷०७८ मा एक अर्ब ७२ करोडको बजेट विनियोजन भएकोमा आव २०७८÷०७९ मा उक्त वजेटलाई बढाएर रु एक अर्ब ८९ करोड पु¥याइएको छ । आव २०७७÷०७८ मा सानो आकारको बजेट आउँदापनि प्रत्येक वडालाई रु दुई करोड ७१ लाख विनियोजन गरिएपनि आव २०७८÷०७९ मा उक्त वजेटलाई घटाएर प्रत्येक वडालाई रु दुई करोड ५० लाख वजेट विनियोजन गरेको भन्दै जनप्रतिनिधीहरुले असन्तुष्टी जनाएका हुन् । 

“वडालाई कम वजेट विनियोजन गरेर नगरप्रमुख र उपप्रमुखको तोक आदेशमा वजेट चलाउन खोजेकाले हामीले नगरसभा बहिस्कार गरेका हौँ”, वडा अध्यक्ष अधिकारीले भन्नुभयो । नगरसभामा आफू अल्पमतमा रहेकाले कतिपय बैठकको निर्णय नगरसभामा कार्यपालिका सदस्यलाई थाहा समेत नदिने गरेकोे उहाँले गुनासो गर्नुभयो ।
 


प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्