Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • मर्न भन्दा बाँच्न गार्हो भयो, छाक टार्न चिया पसल गर्छु सर
मर्न भन्दा बाँच्न गार्हो भयो, छाक टार्न चिया पसल गर्छु सर
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शुक्रबार, वैशाख १७, २०७८

बिन्दा खड्का

सन्दिप नाथ योगी । फेरि लकडाउन हुने गाँइगुइँ चलिरहेको थियो, बिहानी पख एरपोर्ट नजिक सुचना तथा प्रशारण बिभाग पछाडी रहेको गल्लिमा एक महिला बाटोमा एकोहोरो हेरिरहेको थिइन । सायद चिया खान मानिस आउँछन कि भनेर होला । धेरै बेर सम्म टोलाइसकेपछि उनी चिया बनाउन लागीन । म पनि चिया खान उनको चिया स्टल तिर लम्किए । उनले तातो चिया दिँदै भनिन- भाइ यो कोरोना कहिले जान्छ ? के अब लकडाउन हुन्छ? उनको प्रश्न अनपेक्षित रुपमा मतिर ठोक्किँदा म झस्किएँ । अन्तरकुन्तर मनमा प्रश्न खेली रह्यो तर उत्तर भेटाउन सकिन । उनी अँजै उत्तरको प्रतीक्षामा थिइन क्यार । म उत्तर दिन सक्ने अवस्थामा थिएन ।


उनले फेरि म तिर अर्को प्रश्न तेर्साइन । भाई भुकम्प पिडितले पाउने पैसाको किस्ता सरकारले कहिले दिन्छ?
मैले उत्तर खोज्ने प्रयास गरेँ अनि सोधेँ- दिदि के भयो र? के तपाईं भुकम्प पीडित हो? के समस्या भयो र?
यति सुनिसकेपछि उनी कुरा गर्न तम्सिइन । सायद उनले आफ्नो मनको बह र पिडा बाहिर ल्याउन नपाएको धेरै भएको थियो त्यसैले सुनिदिने ब्यक्ति भएपछी उनले आफ्नो व्यथा सुनाउन थालिन । सायद उनी आफ्नो कथा मार्फत आफ्नो जिवनको पीडा बगाउने प्रयासमा थिइन ।

उनले भनिन् – मेरो नाम बिन्दा खड्का हो । मेरो घर दोलखा हो । भुकम्पपछी मेरो घर भत्कियो । घर भत्किएपछी केही समय टेन्टमा बसेँ अनि भुकम्पका साना-साना धक्का आउन लागेपछी डरले रातारात श्रीमान छोरा छोरी लिएर काठमाडौँ आएँ । यहाँ श्रीमानले रोजगारी खोज्नु भयो तर पाउनु भएन । के गर्ने आफू भोको पेट बसे पनि छोरा-छोरीलाई भोको पेट बसेको हेर्न सकिँदो रहेनछ सर ।


अनि २-४ दिन मजदुरी गरेँ । कहिले पैसा पाउँथे त कहिले रित्तै हात फर्किन्थेँ । पैसा पाएपछी आफुले कम खाएर छोरा छोरी र श्रीमानलाई खुवाउँथे तर बाँच्ने आधार थिएन । बस्न र सुत्न छाप्रो थिएन । त्यस बेला मनमा लाग्थ्यो यो संसारमा त मर्न भन्दा बाँच्न पो गार्हो हुँदो रहेछ । मर्न त धेरै सजिलो छ सर तर परिश्रम गरेर बाँच्न पो गार्हो छ । हाम्रो देशमा त सोझो गरीबलाई बाँच्न पो गार्हो छ त ।

केही समयपछि नाता पर्ने नातेदारहरुको सहयोगमा ठेलागाढामा चिया पसल संचालन गरेँ । ठेलागाढामा चिया पसल सुरु गरेपछि जिविकोपार्जन गर्न धेरै सजिलो भयो । अहिले भने कोरोना आएपछी फेरि पहिलाकै अवस्थामा पुगेकि छु । अस्ति मेरो श्रीमान भुकम्प पिडितको किस्ता बुझ्न जानू भयो तर पाउनु भएन । सरकारले अब पैसा नदिने अरे । यो सरकारपनी मन लाग्दो गर्छ । हाम्रो पैसा किन रोकेको होला त्यसै । अहिले बिहान खायो साँझ के खाने अवस्थामा छौँ । अब यो कोरोना कहिले जान्छ होला…..?


यति सुने पश्च्यात मेरो मन भारी भयो तरपनी कुनै उत्तर दिन सकिन । मनमा अनेक भाव-भङ्गिमा आइनै रहे तर उनको प्रश्नवाचक चिन्ह मिश्रित कथाको आन्तर्यको उत्तर अँजै दिन सक्ने आँट रहेन र लुख्रुक्क पर्दै आफ्नो बाटो लागेँ ।
बिन्दा खड्का त नेपाली समाजको एउटा प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता लाखौँ नेपालीहरुको अवस्था दयनीय बन्दै गएको छ । यता नेपाली जनताहरु दिनप्रतिदिन दयनिय जीवन निर्वाह गर्न बाध्य छन भने केही मुठ्ठी भरका व्यक्तिहरु यस्तो बेलापनी समाजमा रजगज गरीनै रहेका छन । कोरोना महामारी केही साशक र शासन चलाउनेहरुका लागी आगामी चुनावको खर्च जोगाउने, बचाउने तथा जिताउने बस्तु बन्न गएको छ ।

कोभिडको महामारीमा जनता बचाउन भन्दा सराकर बचाउन गिराउन नेताहरूको खेल चलिरहेको सर्वविदितै छ ।

कुनै बेलाको समय थियो जहाँ बिपि कोइराला जस्ता महान नेता प्रजातान्त्रिक प्रणाली ल्याउन झ्यालखानाको चिसो छिँडिमा बस्दाबस्दै रोगी भएर मृत्युु वरण गर्न पुगे । मदन भण्डारी जस्ता महान नेताको जन्म भयो जस्ले कम्युनिस्ट सिद्धान्तलाई नै देश सान्दर्भिक बनाउँदै जनताको बहुदलीय जनबाद(जबज)को प्रतिपादन नै गरे । अरु सयौँ नेताहरुको जन्म भयो जस्ले देश र जनता बाहेक सम्पुर्ण थोकलाई मिथ्या सोँचे ।
बिडम्बना आज भने देशले यस्ता नेताहरु पाएको छ जो कोरोना महामारीका बेला कुर्सी बचाउने र फुत्काउने कसरतमा मरिहत्ते गरिरहेका छन । विश्वभरी कोरोनासंग लड्न र जनतालाई यो महामारीसंग बचाउन अनेक उपायहरु अबलम्बन गरिएको अवस्था छ तर नेपालीहरुको अभागी खप्परमा भने कोरोना संक्रमित भएर मर्नु लेखेको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
लोकप्रीय
  • Week
  • Month
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्