Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या
गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या
नेपालकागज
नेपालकागज बुधबार, असार १६, २०७८

डोटी ।  जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७ ÷७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्भपतन सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, समस्या परेको खण्डमा गरिने उक्त सेवा अस्थायी साधनका रुपमा प्रयोग गरिए महिलाको स्वास्थ्यमा नै असर पर्ने निकै सम्भावना छ ।” पछिल्लो समय गर्भपतन सेवा अस्थायी साधनका रूपमा प्रयोग हुन थालेका कारण यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मीमा चिन्ता थपिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भपतन सेवा लिने बानी खासै राम्रो होइन, जिल्लामा गर्भवतनको गलत नजीर बसेको छ, यसले आमा बन्नेहरुको ज्यान नै खतरामा पर्ने देखिन्छ ।”

चालु आवमा २० वर्षमुनिका २८ महिलाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९६६ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतनको भने रेकर्ड राखिएको छैन । निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ । गत आवमा २० वर्षमुनिका ४९ र २० वर्षमाथिका ९८२ किशोरी तथा महिलाले गर्भपतन गराएका थिए । यस आव सकिन अझै एक महिना बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्ने जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताउनुभयो ।

गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदापाउँदै पनि यहाँका महिला तथा किशोरीले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । गर्भपतन गर्नेकोे सङ्ख्या अधिक हुनुमा अशिक्षा, अवैध यौन सम्पर्क र पुरुष शिक्षित हुँदा पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने बानीका कारण बढ्दै गएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका वरिष्ठ अनमी विधि भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भपतन गराउनुमा पुरुष बढी दोषी छन्, आफू असुरक्षित यौन सम्पर्क गर्ने अनि बच्चा बसे महिलालाई गर्भपतन गर्न दबाब दिने गरेका कारण जिल्लामा समस्या उत्पन्न भएको हो ।” असुरक्षित गर्भ रोकिए निजी मेडिकलबाट समेत औषधि किन्ने, औषधि खाएर गर्भपतन गर्ने र औषधि असरले उच्च रक्तस्राव हुँदै पछि गएर जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन सकिने नेपाल सरकारले प्रावधान तयार गरे पनि जिल्लामा आफूअनुकूल तथा पायक पर्ने ठाउँबाट नै गर्भपतन गराउने बढेकाले झनै समस्या देखिएको छ ।

असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार परिवार नियोजनका थुप्रै साधन हुँदाहुँदै पनि गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको र यही कारणले आमाहरूमा समस्या हुने देखिन्छ । सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ । नेपालजस्तो पितृ सत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्ध कारण यहाँ गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।


प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्