दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा भएको वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्। अधिवेशनले भरत गिरीको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गर्दै सबै पदमा सहमतिमै नेतृत्व टुंग्याएको हो।
सर्वसम्मत अधिवेशन सम्पन्न गर्न वडा सभापति भरत राज लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा तिलकबहादुर केसी, भरत गिरी, पदम वैद्य र दिल्लीबहादुर बस्नेत सदस्य रहेका थिए।
वडा सभापति भरत राज लामिछानेको सभापतित्व तथा पूर्व माननीय शंकर गिरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि सुष्मा लामिछाने गिरी र गोविन्दबहादुर शाह विशिष्ट अतिथिका रूपमा सहभागी थिए। जिल्ला सदस्य, क्षेत्र नं. ३ (क) का उपसभापति लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनबाट भरत गिरी सभापति, लिलाधर भण्डारी उपसभापति, उमा भण्डारी महिला उपसभापति र श्यामकुमार आचार्य सचिव र
सहसचिव निम बहादुर डाँगीमा सर्वसम्मत चयन भएका छन्।
को–को बने क्षेत्रीय प्रतिनिधि?
क्षेत्रीय प्रतिनिधितर्फ खुला समूहमा शंकर गिरी, गोविन्दबहादुर शाह, गेहेन्द्र वली, पुष्पराज गिरी, भरत राज लामिछाने, तिलकबहादुर केसी, डम्बरबहादुर भण्डारी, वसन्तबहादुर केसी, लालबहादुर बस्नेत, भीमप्रसाद भण्डारी, कृपाराम वली, ध्रुवप्रकाश गिरी, अशोक भण्डारी र टंकबहादुर खत्री चयन भएका छन्।
महिलातर्फ सुष्मा लामिछाने गिरी, मञ्जु घिमिरे आचार्य, इन्दिरा शर्मा गौतम, पार्वती बस्नेत, ममता न्यौपाने, कल्पना शर्मा र अनिता केसी भण्डारी चयन भएका छन्।
पेशागत विषय विज्ञतर्फ गौरव गिरी चयन भएका छन्।
युवातर्फ राधिका खड्का, झरना केसी, मदन खत्री, जोयल गिरी र सुशील गिरी चयन भएका छन्।
त्यस्तै, समानुपातिकतर्फ तुलसीराम वली, शेषमणि भण्डारी, धनराज गौतम, प्रमोद बुढाथोकी, कमल कुसुम आचार्य, घनश्याम बस्नेत, खडके कामी, पुष्कर दमाई, विसर्जन राहु मगर, आशा चौधरी र अमृता चौधरी सर्वसम्मत चयन भएका छन्।
श्रमिकतर्फ मदनकुमार वली तथा प्रजातन्त्र सेनानी, सहिद परिवार एवं द्वन्द्व प्रभाविततर्फ गुरुप्रसाद आचार्य चयन भएका छन्।
निर्वाचन अधिकृत सन्तोष केसीले वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिका सबै पदमा सर्वसम्मत चयन भएको जानकारी दिए।
अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरूलाई आजै प्रमाणपत्र वितरण गरिएको छ। साथै नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रमसमेत सम्पन्न गरिएको निर्वाचन अधिकृत केसीले जानकारी दिए।
सर्वसम्मत रूपमा वडा नेतृत्व चयन भएसँगै तुलसीपुर–१२ मा कांग्रेसको संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने अपेक्षा गरिएको छ।