काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक एवं नयाँ सदस्यता लिनेका लागि आगामी बैशाख १ गतेदेखि नै खुला गरिने भएको छ ।
पार्टी सभापति गगनकुमार थापाले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा विशेष सम्बोधन गर्दै उक्त निर्णय गरेको बताएका हुन् । प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्दै बैशाख १ गतेदेखि अनिवार्य रूपमा क्रियाशील सदस्यता लिनुपर्ने बताएका हुन् ।
पहिलेदेखिका सदस्यले अद्यावधिक नगरे छुट्ने र नयाँले पनि सदस्यता लिने अवसर पाउने बताएका हुन् । उनले बैशाखभर क्रियाशील सदस्यता वितरण गरिने पनि बताए । उनले भदौ २४, २५ र २६ गते १५ औँ महाधिवेशन हुने बताए ।
उनले कुनै पनि जिम्मेवारीमा जानका लागि पब्लिक पोलिसीको कक्षा लिनुपर्ने पनि बताए ।
यस्तो छ कार्यतालिका-
१.वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने।
२. असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने।
३..असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने।
४. गाउँ, नगर वडा अधिवेशन-साउन ६ गते।
५.गाउँरनगरपालिका अधिवेशन-साउन १२ गते।
६. प्रदेश सभा क्षेत्र अधिवेशन- साउन २३ गते।
७.प्रतिनिधि सभा क्षेत्र अधिवेशन( साउन ३० गते।
८.जिल्ला अधिवेशन-भदौ ६ र ७ गते।
९.प्रदेश अधिवेशन-भदौ १५ र १६ गते।
१०.केन्द्रीय महाधिवेशन-भदौ २४ देखि २६ गतेसम्म।