दाङ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा आफ्नो आभार र प्रतिबद्धता सार्वजनिक गरेका छन्।
गिरीले नेपाली लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा निरन्तर साथ, सहयोग र विश्वास दिने पार्टीका नेता–कार्यकर्ता, अग्रज, युवावर्ग, सञ्चारकर्मी, शिक्षाविद्, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
आफ्नो राजनीतिक संघर्ष र उपलब्धिमा जनताले देखाएको अटल विश्वासले उनलाई थप ऊर्जा, हौसला, साहस र आत्मविश्वास दिएको उल्लेख गर्दै गिरीले आगामी दिनहरूमा पनि राष्ट्रियता, समृद्धि, शान्ति, सद्भाव र लोकतन्त्रको मार्गमा सेवा र समर्पणका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दीपक गिरी दाङ निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् र स्थानीय विकास, सुशासन र जनताको हक–हितका पक्षमा जिम्मेवार प्रतिनिधिका रूपमा काम गर्ने लक्ष्य राखेका छन्।
उनले फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रूख’मा अमूल्य मत दिएर विजयी गराउन मतदातासमक्ष हार्दिक अपिल गरेका छन्।