Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बाढी प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास
बाढी प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास
नेपालकागज
नेपालकागज बुधबार, असार ९, २०७८

बाढी प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास

बाँके । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरस्थित कर्णाली नदीमा बाढी पूर्वाभ्यास सम्पन्न भएको छ । बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैँ यस वर्ष पनि कर्णाली नदीमा बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ । घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो । बाढीको कृत्रिम घटना अभ्यासमा सबै सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र मनसुन पूर्वतयारी कार्ययोजनाअनुसार सोको प्रभावकारिताका लागि योजनाको परीक्षणसमेत गर्नुपर्ने व्यवस्था भएबमोजिम कर्णाली नदीको दौलतपुरघाट नजिक कार्यक्रम आयोजना गरिएको हो। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक सन्तबहादुर सुनारले कृत्रिम घटना अभ्यासको ब्यानर पढेर उद्घाटन गर्दै अभ्यासले बाढीका बखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने बताउनुभयो ।

“यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारिता हुनेछ । मनसुन सक्रिय रहेको र बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ”, प्रजिअ सुनारले भन्नुभयो । बाढी कृत्रिम अभ्यास कार्यक्रममा नेपाली सेना र सशस्त्र प्रहरी बलसँग रहेको मोटरबोट, रवरबोटलगायतका खोज तथा उद्धार सामग्रीको प्रयोग गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा भैरवप्रसाद गण इमाननगर ब्यारेक राँझाका प्रमुख सेनानी, बर्दिया जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुख, राजापुुर नगरपालिकाका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति, उपशाखा राजापुरका सभापति, पत्रकार महासङ्घका उपसभापति, सञ्चारकर्मी, जिल्ला अगुवा सहयोगी निकाय (एक्सनएड र कमैया महिला जागरण समाज), सबै क्षेत्रगत अगुवा, विपद्सँग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका प्रतिनिधि, समुदायिक कार्यदलका सदस्यको उपिस्थिति थियो ।

कार्यक्रमको परिदृश्यबारे जानकारी र कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत, जिल्ला विपद् व्यस्थापन समितिका फोकल पर्सन नारायणप्रसाद ढकाल र सूचना व्यवस्थापन अधिकृत बुढाथोकीले गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०८:४६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्