काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन लागि पाँच बुँदे निर्देशन जारी गरेका छन्।
अज बिहान महासचिव पोखरेलले फेसबुकमार्फत कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने सङ्ख्याका आधारमा र आवश्यकताका आधारमा पार्टीको झन्डा, व्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिएका हुन् ।
जनपरिचालनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न पोखरेलको निर्देशन छ । घनावस्ती भएका ठाउँमा जनसङ्ख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलले जनाएका छन् । यस्तै जनप्रदर्शनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न पनि महासचिव पोखरेलले कार्यकर्तालाई निर्देशन दिएका छन् । जनप्रदर्शनका क्रममा भिडियोरफोटोहरू सामाजिक सञ्जालमा व्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरू आम सञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन छ ।
गत असोज २९ देखि ३१ गतेसम्म भएको एमाले केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार कात्तिक २२ गते सबै वडाहरूमा एमालेले भेला सम्पन्न गरिसकेको छ ।
यस्तो लेखेका छन् महासचिव पोखरेलले-
" २५ गते, पालिका स्तरमा हुने प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शनका लागि निम्नानुसारको तयारी गरौंः-आवश्यकता अनुसार झण्डा व्यानर प्लेकार्ड तयार गरौं । ह्याण्ड माईक वा हल्का खालको साउण्ड सिस्टम प्रयोग गरौ । जनप्रदर्शनका लागि घनावस्ती भएको बजार क्षेत्र चयन गरौ । जनप्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोण सभा गरौ । जनप्रदर्शनका भिडियो/फोटो सामाजिक संजालमा शेयर गरौं र सञ्चार माध्यममा पठाऔं।
नाराहरू:
प्रतिगामी षडयन्त्र – मुर्दावाद ।
विघटित प्रतिनिधिसभा – पुनर्स्थापना गर। २३ र २४ को अपराधिक घटनाको - निस्पक्ष छानविन गर। तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर। हत्या, हिंसा, आतंक – बन्द गर। नेकपा (एमाले) – जिन्दावाद। जनताको बहुदलीय जनवाद - जिन्दावाद।"