Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • भारतबाट नेपाल फर्किँदै गरेका ६ नेपालीको मृत्यु, पाँच मृतक बाँकेका, एक बर्दियाका (मजदुरको मृत्युले स्तब्ध)
भारतबाट नेपाल फर्किँदै गरेका ६ नेपालीको मृत्यु, पाँच मृतक बाँकेका, एक बर्दियाका (मजदुरको मृत्युले स्तब्ध) भारतबाट नेपाल फर्किँदै गरेका ६ नेपालीको मृत्यु, पाँच मृतक बाँकेका, एक बर्दियाका (मजदुरको मृत्युले स्तब्ध)
नेपालकागज
नेपालकागज बुधबार, चैत २८, २०८०

बर्दिया । भारत उत्तराखण्डको नैनीताल बेतालघाटमा दुर्घटना हुँदा ६ नेपालीको मृत्युु भएको छ । नेपालमा रोजगारी नपाएर भारत मजदुरी गर्न गएका गरिब विपन्न परिवारका सदस्यहरू नै मृत्युको मुखमा परे । यसले सबैलाई स्तब्ध पारेको छ । 

मिडिया रिपोर्टहरुका अनुसार भारतमा मजदुरी गरेर नयाँ वर्ष मनाउन घर फर्किँदै गर्दा सवार जिप उत्तराखण्डको नैनीताल बेतालघाटमा दुर्घटना हुँदा एउटै वडाका पाँचसहित ६ नेपालीको ज्यान गएको छ । पाँच मृतक बाँकेको बैजनाथ गाउँपालिका– ८ फत्तेनगर र हसनापुरका हुन् भने एकजना बर्दियाका हुन् । जिपमा रहेका अर्का एक नेपालीको अवस्था अज्ञात छ ।

घटनास्थलदेखि झन्डै १८ किलोमिटर पूर्व मल्लागाउँ उचाकोटमा खानेपानी आयोजनाको पाइप बिछ्याउने काम सकेर घर फर्किन लागेका नेपालीले बुकिङ गरेको युके ०४ सिसी ०४९५ नम्बरको जिप सोमबार मध्यराति दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा बैजनाथ– ८ फत्तेनगरका उदयराम चौधरी, ५० वर्षीय अन्तराम चौधरी, ५० वर्षीय विनोद चौधरी, ४५ वर्षीय धीरज चौधरी र हसनापुरका ५२ वर्षीय तिलकराम चौधरीको ज्यान गएको विभिन्न एजेन्सी तथा मिडिया रिपोर्टमा जनाइएको छ । त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका– १, बबई चेपाङका ६० वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परेका फत्तेनगरकै विश्राम थारूको अवस्था भने अज्ञात छ । एउटै वडाका पाँचजनाको मृत्यु हुँदा गाउँनै शोकमग्न अवस्थामा छ ।

फत्तेपुरका धीरज चौधरी र उनकी पत्नी शान्ति सँगै घर फर्किँदै थिए । दुर्घटनामा शान्तिले श्रीमान् गुमाइन् । उनी घाइते भएकी छिन् । शान्ति चौधरी र अर्का घाइते दशरथ चौधरीको तिवारी राजकीय अस्पताल हलद्वानीमा उपचार भइरहेको छ । अन्य मृतकको शव पोस्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ । 

हसनापुरका तिलकराम १७ पुसमा मजदुरी गर्न नैनीताल गएका थिए । होलीताका फोनमा कुरा गर्दा उनले नयाँ वर्ष मनाउन घर आउन लागेको पनि बताएका थिए । तर मृत्युको खबर आयो ।तिलकरामकी पत्नी शान्तिदेवी थापा चौधरीका अनुसार दुर्घटनामा परेकाहरू गत पुसमा एकसाथ नैनीताल गएकाहरू हुन् । घटनाको खबर पाएलगत्तै परिवारका सदस्य र आफन्त नैनीताल गएका छन् । 
 


प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्