Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • पाँच दिनमै एक सय २७ स्थानमा आगलागी, पाँचको मृत्यु, १२ घाइते
पाँच दिनमै एक सय २७ स्थानमा आगलागी, पाँचको मृत्यु, १२ घाइते राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँच दिनमा ४८ जिल्लामा आगलागी 
नेपालकागज
नेपालकागज मंगलबार, चैत ६, २०८०

काठमाडौँ । गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भोजपुरमा तीन तथा काठमाडौं र महोत्तरीमा एक–एकजनाको ज्यान गएको छ । आगलागीमा ८७ घर जलेका छन् भने आठ घरमा आंशिक क्षति पुगेको छ । दुई सय दुई परिवार प्रभावित भएका छन्  । ४० गोठमा क्षति पुगेको छ । २३ पशुचौपाया मरेका छन् । आगलागीबाट १२ करोड १० लाखको क्षति भएको प्रारम्भिक आकलन छ । 

देशभर आगलागी र डढेलोका घटना बढेका छन् । पछिल्लो पाँच दिनमै एक सय २७ स्थानमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भोजपुरमा तीन तथा काठमाडौं र महोत्तरीमा एक–एकजनाको ज्यान गएको छ । आगलागीमा ८७ घर जलेका छन् भने आठ घरमा आंशिक क्षति पुगेको छ । दुई सय दुई परिवार प्रभावित भएका छन्  । ४० गोठमा क्षति पुगेको छ । २३ पशुचौपाया मरेका छन् । आगलागीबाट १२ करोड १० लाखको क्षति भएको प्रारम्भिक आकलन छ । 

पाँच दिनमा ४८ जिल्लामा आगलागी भएको छ । सबैभन्दा बढी मोरङमा १२ ठाउँमा आगलागी भएको छ । मोरङमा मात्र २९ घर नष्ट भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लोपटक आगलागीसँगै वनजंगलमा डढेलो पनि बढेको छ । पाँच दिनमै डढेलोबाट दुईजना घाइते भएका छन् । डढेलो बस्ती पस्दा तीन घर पूर्ण र दुई घर आंशिक क्षतिग्रस्त भएका छन् । ६ गोठ नष्ट भएका छन् भने १७ चौपाया मरेका छन् ।


गत वर्ष फागुनमा चार सय ६९ ठाउँमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । ५६ घाइते भए । आगलागीले एक सय ३३ घर पूर्ण र ३३ घरमा आंशिक क्षति पुगेको छ । चार सय एक चौपाया मरेका छन् । यो महिना १८ करोड ५९ लाखको क्षति भएको छ । माघमा चार सय चार ठाउँमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । ९२ घाइते भएका छन् । ६७ घर पूर्ण र ३५ घरमा आंशिक क्षति पुगेको छ । १५ करोड १७ लाखको क्षति भएको छ । पुसमा तीन सय ९५ ठाउँमा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । ३८ घाइते भएका छन् । ५९ घर पूर्ण र १९ घरमा आंशिक क्षति पुगेको छ । कुल २० करोडको क्षति अनुमान छ । 

मंसिरमा आगलागीबाट बढी क्षति भएको देखिन्छ । तथ्यांकअनुसार मंसिरमा तीन सय ३० स्थानमा भएको आगलागीमा १५ जनाले ज्यान गुमाएका छन् । ३२ जना घाइते भएका छन् । ३७ घर पूर्ण र ४० घर आंशिक क्षतिग्रस्त बनेका छन् । मंसिरमा १९ करोडको क्षति भएको छ ।  

कात्तिकमा तीन सय दुई ठाउँमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । ५१ जना घाइते भएका छन् । ५८ घर पूर्ण क्षतिग्रस्त हुँदा ४८ घरमा आंशिक क्षति भएको छ । यो महिना २८ करोड ५८ लाखको क्षति भएको विवरण छ । असोजमा आगलागीका एक सय ३५ घटनामा तीनजनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । २१ घर पूर्ण क्षतिग्रस्त हुँदा ३५ घरमा आंशिक क्षति पुगेको छ ।

यो महिना १४ करोड क्षति भएको देखिन्छ । असार, साउन र भदौमा वर्षा धेरै हुन्छ, आगलागीको जोखिम कम मानिन्छ । तर, आगलागी र क्षति घटेको देखिँदैन । भदौमा एक सय १३ ठाउँमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् । १४ घर पूर्ण र १८ घरमा आंशिक क्षति पुगेको छ । यो महिना ६ करोडको क्षति अनुमान छ । साउनमा आगलागीका एक सय ५७ घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १९ घर पूर्ण रूपमा र ४२ घर आंशिक क्षतिग्रस्त भएका छन् । यो महिना नौ करोड ५५ लाखको क्षति भएको छ । असारमा एक सय ७६ ठाउँमा भएका आगलागीका घटनामा परी तीनजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । ५३ घर पूर्ण र ६ घर आंशिक क्षतिग्रस्त भए । यो महिना आठ करोड ६३ लाखको क्षति अनुमान छ ।

हावाहुरी चल्ने वैशाख–जेठमा पनि आगलागी र घर नष्टका घटना धेरै देखिन्छन् । जेठमा तीन सय ५३ ठाउँमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । ४४ जना घाइते भएका छन् । यो अवधिमा मात्र एक सय १३ घर पूर्ण रूपमा र १४ घरमा आंशिक क्षति भएको छ । जेठमा मात्र २२ करोड ९१ लाखको क्षति भएको छ ।  

वैशाखमा पाँच सय ४५ ठाउँमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । ५६ जना घाइते भए । एकै महिना दुई सय ५४ घर जलेर नष्ट भए । वैशाखमा मात्र ३६ करोड ३४ लाखको क्षति भएको छ । गत वर्ष चैतमा चार सय ७९ ठाउँमा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । ५२ जना घाइते भए । दुई सय सात घर पूर्ण रूपमा नष्ट भएका छन् । यो महिना २३ करोड ९४ लाखको क्षति भएको छ ।

एक वर्षमा तीन हजार नौ सय ९१ ठाउँमा आगलागी
 
एक सय सातको मृत्यु, एक हजार एक सय ४० घर नष्ट

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार एक वर्षमा तीन हजार नौ सय ९१ स्थानमा भएका आगलागीमा एक सय सातजनाको मृत्यु भएको छ । पाँच सय ९४ घाइते भएका छन् । ५ फागुन ०७९ देखि ५ फागुन ०८० सम्मको तथ्यांकअनुसार आगलागीमा एक हजार एक सय ४० घर पूर्ण रूपमा नष्ट भएका छन् भने तीन सय ४२ घरमा आंशिक क्षति भएको छ । तीन सय ३१ गोठ जल्दा एक हजार नौ सय ९७ पशु मरेका छन् ।

आगलागीबाट दुई अर्ब ४२ करोड ५४ लाख क्षतिको प्रारम्भिक अनुमान छ । केन्द्रको तथ्यांक हेर्दा आगलागीका घटना र मानवीय क्षति कात्तिकयता ह्वात्तै बढेको देखिन्छ । कात्तिकयताको पाँच महिनामा एक हजार नौ सय ८७ ठाउँमा आगलागी हुँदा ७३ जनाको मृत्यु भएको छ । दुई सय ७५ जना घाइते भएका छन् । चार सय ४२ घर पूर्ण रूपमा नष्ट हुँदा एक सय ८२ घरमा आंशिक क्षति पुगेको छ । तीन सय ४४ गोठ जलेका छन् भने नौ सय ४० चौपाया मरेका छन् । एक अर्ब १२ करोडको क्षति भएको छ ।

पानी नपर्दा चैत–वैशाखमा आगलागी र डढेलो अझ बढ्ने देखिन्छ

अनिल पोखरेल, कार्यकारी प्रमुख, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भन्छन-
यो वर्ष हिउँद सुक्खा रह्यो । पश्चिम नेपालमा केही पानी परे पनि पूर्वी नेपाल सुक्खामा बित्यो । आगलागी र डढेलोका घटना पनि पूर्वी नेपालमा बढिरहेका छन् । समग्रमा नेपालभर हरेक वर्ष डढेलो र आगलागीका घटना हुन्छन् । तर, यो वर्ष हिउँद सुक्खा हुनु र सन् २०२३ निकै तातो रेकर्ड हुनुका कारणले पनि आगलागीका घटना बढिरहेका हुन् ।

आगलागी र डढेलोका घटना चैत–वैशाखमा अझ बढी हुने अनुमान गरिन्छ । अहिले चट्याङ त परेको छैन, मान्छेको लापरबाहीले आगलागी र डढेलो बढेका हुन् । तर, सुक्खा हुँदा, तापक्रम बढ्दा आगो फैलन मद्दत गर्छ । अहिले भइरहेको पनि त्यही हो । जंगलको कुनै एक ठाउँमा आगो लागेमा चाँडै धेरैतिर फैलिरहेको छ । बस्तीमा भइरहेका आगलागीका घटनामा पनि त्यही समस्या छ । 

यता बर्दियाका डिभिजन वन कार्यालयका डिभिजन प्रमुख डिएफओ प्रबिण बिडारीले भन्नुभयो, ""फूस (खर घाँस) को छाना भएका घर बस्तीहरु र सहरका घरहरु आगलागीबाट बढी जोखिममा रहेका छन् । आगोको स्रोतको होशीयारीपूर्वक प्रयोग गर्ने र परिवार तथा गाउँका सबै सदस्यहरुमा जनचेतना जगाउन सकेमा यसको क्षतिबाट मानिस तथा सम्पत्ति जोगाउन सकिन्छ ।" त्यस्तै प्रमुख बिडारीले फेरि भन्नुभयो, "बालबालिकाहरुलाई जथाभावी आगो खेलाउन नदिएमा, चुरोटको ठुटो जथाभावी नफालेमा, बनभोज पछि होशियारीपूर्वक आगो निभाएमा, घरमा खाना बनाउँदा खाना खाइसकेपछि आगो राम्रोसंग निभाएमा, बिजुली सट हुनबाट जोगाउनपूर्व तयारी गरेमा, बनजंगलमा आगलागी पछि घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाएमा र अन्य प्रज्वलनशिल पदार्थको प्रयोगमा होशियारी गरेमा घर, गाउँ बस्ती र शहरहरुमा हुने आगलागी रोकथाम गर्न सकिन्छ । आगलागी भएको थाहा पाउने बित्त्तिकै पहिलो प्राथमिकता नजिकको प्रहरी, दमकल वन कार्यालयलाइ खबर गर्नु हो। घर भित्र भएमा घर वा कुनै भवनमा आगलागी भैहालेमा सबै भन्दा सुरक्षित स्थल भनेको घर वा भवन बाहिर नै हो । आगलागीको बेला तपाई घर भित्र हुनुहुन्छ भने तपाईको पहिलो प्राथमिकता घर बाहिर निस्कनु नै हो । यो कुराको ज्ञान हामिले विभिन्न कार्यक्रममा दिइरहेका हुन्छौँ र अब पनि त्यस्ता जनचेतना मुलक काम गर्छौँ, त्यसमा मिडियाले पनि यी कुरा जनतासामु पुर्‍याएर सज्ग र सहयोगको भुमिका खेल्नुपर्ने आवश्यकता छ ।"

 


प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्