Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिए, ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन स्वास्थ्य मन्त्रालयसँग आग्रह
चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिए, ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन स्वास्थ्य मन्त्रालयसँग आग्रह
नेपालकागज
नेपालकागज शनिबार, असार ५, २०७८

चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिए, ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन स्वास्थ्य मन्त्रालयसँग आग्रह
काठमाडौँ । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ ।
 
कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरीद गरिएको थियो । चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिएपछि आयातकर्ता विध म्यानेजमेन्टले ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन सहजीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आग्रह गरेको छ ।
 
विधले स्वास्थ्य मन्त्रालयललाई पत्र लेख्दै एयर लिफ्टिङका लागि सेनाको एमआई १७ हेलिकोप्टरको व्यवस्था गरिदिन भनेको छ । “लिपिङ भन्सार यार्डबाट एयर लिफ्टिङ गर्न सकिने सम्भावना छ”, विध म्यानेजमेन्टका निर्देशक विके भण्डारीले भन्नुभयो, “त्यहाँबाट करीब ५०० मिटर दूरीसम्म एयर लिफ्टिङका लागि सहजीकरण गरिदन अनुरोध गरिएको हो ।”
 
सानो क्षमताको हेलिकप्टरले उक्त सामग्री बोक्न नसक्ने भएकाले सेनाकै हेलिकोप्टरका लागि सहजीकरण गरिदिन मन्त्रालयसमक्ष आग्रह गरिएको निर्देशक भण्डारीले बताउनुभयो । कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख प्राडा जागेश्वर गौतमले सडक अवरुद्ध भएर रोकिएका अक्सिजन प्लान्ट ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो ।
 
ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टले लिपिङ पुल बिग्रिएकाले तत्कालै सडकमार्गबाट अक्सिजन प्लान्ट काठमाडौँ लैजान नसकिने भएकाले एयर लिफ्टिङका लागि विध म्यानेजमेन्टलाई अनुरोध गरिएको जनाएको छ । “हामीले एयर लिफ्टिङको सुझाव दिएको छौँ”, सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले भन्नुभयो । पचास क्युविक लिटर प्रतिघण्टा क्षमताको आठ थान र १५ क्युविक मिटर प्रतिघण्टाका तीन थान ३० क्युविक मिटर प्रतिघण्टाको दुई थान अक्सिजन प्लान्ट तातोपानी क्षेत्रमा रोकिएको हो । त्रिवि शिक्षण, वीर र निर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर प्रतिघण्टा रहेको छ ।
 
केन्द्रीय कोभिड युनिफाइड अस्पातल (वीर) मा नबिल बैंक लिमिटेड र टिचिङ अस्पतालमा नेपाल उद्योग परिसङ्घले अक्सिजन प्लान्ट सहयोग गर्न लागेका हुन् । चौधरी फाउण्डेशनको सहयोगमा सुर्खेत र धनगढी तथा अन्य स्थानका अस्पतालका लागि प्लान्ट ल्याइएको आयातकर्ताले जनाएको छ । ठूला अस्पतालका लागि ल्याइएका ती प्लान्ट सडक अवरुद्ध हुँदा बीच बाटामै रोकिएका हुन् ।


प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्