Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • १७ करोड गायब गर्दै डिडिसीका गाडीका ईन्जिन बेच्ने महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाइयो
१७ करोड गायब गर्दै डिडिसीका गाडीका ईन्जिन बेच्ने महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाइयो
नेपालकागज
नेपालकागज मंगलबार, पुस २४, २०८०

तस्बिर - १७ करोड गायब, गाडीका इन्जिन बेच्ने भ्रष्टाचार आरोपित महाप्रबन्धक सञ्जीव झा

काठमाडौँ । १७ करोड गायब गर्दै डिडिसीका गाडीका ईन्जिन समेत बेच्ने महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाइएको छ । दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोसहित विभिन्न १० आरोपमा दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई सरकारले जिम्मेवारीबाट हटाएको हो । कृषिमन्त्री डा. बेदुराम भुसालको निर्देशनमा सोमबार झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो ।

झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको पत्र सोमबार प्राप्त भएको डिडिसीको सञ्चालक समिति अध्यक्ष डा. बेदबहादुर क्षेत्रीले पुष्टि गरे ।

अब आरोपमाथि अनुसन्धान गरी झामाथि कारबाही प्रक्रिया अघि बढ्नेछ । विगतमा डिडिसीले क्षेत्रीय कार्यालयबाटै दूध खरिद तथा बिक्रीको रकम संकलन र भुक्तानी गर्दै आएकोमा झा आएयता सबै रकम केन्द्रीय कार्यालयमै संकलन र यतैबाट भुक्तानी गर्दै आएका थिए । जसकारण नियमित प्रणालीमा दूध बिक्री गरेको १७ करोड रुपैयाँ दाखिला भएको नदेखिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

१४ चैत ०७८ मा नियुक्त भएका झा सुरुवातदेखि नै आर्थिक अपचलनमा क्रियाशील भएका कारण संस्थानले उनको कार्यकालको दुवै वर्ष नोक्सानी खेपेकोसमेत आरोप लाग्दै आएको छ । डिडिसी ०७८/७९ मा ३७ करोड र ०७९/८० मा ६० करोड रुपैयाँ नोक्सानीमा गएको छ ।

डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्नसमेत सक्रियता नदेखाएको झामाथि आरोप छ । उनलाई गत दसैँअगाडि नै सो बक्यौता तिर्न निर्देशन दिए पनि दसैँ र तिहारमा विभिन्न अफर ल्याएर दूध धेरै बिक्री गर्ने र पैसा जम्मा गरेर किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर, बक्यौता तिर्नुको साटो झन् वृद्धि भएको र सो रकम तिर्नुको सट्टा विभिन्न बहानाबाजी गरेको मन्त्रालयको भनाइ छ ।

किसानको बक्यौता रकम तिर्न दबाब बढेपछि मन्त्री भुसालको उपस्थितिमा गत २२ मंसिरमा डिडिसीको बोर्ड बैठक राखिएको थियो । सो बैठकले पुराना सामान बिक्री गरी रकम जोहो गर्ने र किसानको बक्यौता तिर्दै जाने निर्णय गरेको थियो । तर, लिलामी गर्ने पुराना सवारीसाधनको सोधीखोजी गर्दा इन्जिन झिकेर बिक्री गरेको भेटिएको छ । यो कार्यमा उनको पनि संलग्तना रहेको आशंका छ ।

सोही बैठकले किसानको बक्यौता चुक्ता नभएसम्म कर्मचारीले प्राप्त गर्ने नियमित तलब–सुविधा तथा अत्यावश्यक खर्चबाहेकका अतिरिक्त सुविधालाई तत्कालका लागि स्थगन राख्ने निर्णय गरे पनि कार्यान्वयन नगरेको आरोप लगाइएको छ । 

त्यस्तै, पोखरा र सुर्खेतमा बजार विस्तार गर्ने कार्ययोजना १५ पुसभित्र तयार गरी मन्त्रालयमा पेस गर्न दिएको निर्देशनसमेत झाले अटेर गरेको स्रोतको भनाइ छ । उनले सुशासन कायम गर्न नसक्दा अख्तियारले चार–पाँच विषयमा अहिले छानबिन गरिरहेको र यसबाट संस्थानको छविमा आँच पुगेको, अर्थ मन्त्रालयको परिपत्रअनुसार इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको र कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको आरोप लगाइएको छ ।

त्यस्तै, गत वैशाखमा महाप्रबन्धक झाले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेका थिए । तर, सञ्चालक समितिले हालै गरेको एक अध्ययनमा जेठमा किसानबाट संकलन भएको दूध बिक्री नभई पाउडर बनाएर गोदाममा थन्क्याएर राखेको पत्ता लागेको छ । कमिसनका लागि भारतबाट कच्चा दूध ल्याउन मन्त्रालयमा प्रस्ताव पेस गरेको प्रारम्भिक अनुमान छ । यस विषयमा बुझ्न निलम्बित महाप्रबन्धक झालाई पटक–पटक फोन गर्दा पनि उठाएनन् भने म्यासेजको रिप्लाई समेत गरेनन् ।

 


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्